समाचार

चैत २६ मा अटेरी अभियानले पोखरा लक्षित कार्ययोजना सार्वजनिक गर्ने

पोखरा । आउदो चैत २६ गते अटेरी अभियानले पोखरा लक्षित कार्ययोजना सार्वजनिक गर्ने भएको छ । आउँदो स्थानीय तह निर्वाचनका लागि विभिन्न वडाबाट उम्मेदवारी घोषणा गरेका अभियन्ताहरुले कार्यक्रममा सहभागी भएर उम्मेदवारीबारे प्रष्ट्याउने छन् । कार्यक्रम मार्फत सहभागीहरुलाई अभियानबारे प्रष्ट पारिने छ । अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार कार्यक्रममा उम्मेदवारी घोषणा गरेका अभियन्ताहरुले आफ्नो उम्मेदवारी र अभियानबारे बारे कार्यक्रममा सहभागी अभियानका शुभेच्छुकहरुलाई बुझाउने छन् । पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियानमा अहिले २ सय बढीले स्थानीय तह निर्वाचनका… पुरा पढौ

स्थानीय तहमा औचित्य र आवश्यकता अनुसार तालमेल गर्नुपर्छ : काग्रेस नेता डा कोईराला

पोखरा चैत्र २१ गते । नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले स्थानीय तहमा औचित्य र आवश्यकता अनुसार अगाडी बढन कार्यकर्तालाई निर्देशन दिएका छन । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा सोमबार आयोजित कार्यकर्ता भेटधाट कार्यक्रममा बोल्दै उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले औचित्यता आवश्यकता अनुसार निर्णय लिन कार्यकर्तालाई निर्देशन दिए । नेता कोईरालले जथाभावी टिकट वितरण गर्ने होईन सक्षम र योग्य उमेदावरलाई निर्वाचनमा टिकट दिनुपर्छ र प्रदेशले काग्रेसको विधान अनुसार प्रदेश भर समन्वयकारी भूमिका निर्वाहा गर्ने… पुरा पढौ

कास्की लिग सुरु, २२ टिम भिड्ने

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा कास्कीमा क्लब स्तरिय कास्की लिग फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । पोखरा महानगरपालिका २५ स्थित गौरीशंकर खेलमैदानका गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङका सल्लाहकार कुमारध्वज गुरुङको प्रमख आतिथ्यतामा लिग सुरु भएको हो । लिगको उख्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन आदर्श क्लब र हेम्जा युनाईटेड बिच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ । एन्फा कास्की अध्यक्ष मिलन गुरुङका अनुसार उक्त खेलबाट दुवै टोलीले समान १÷१ अंक बटुलेको छ । त्यसैगरी दोस्रो खेलमा… पुरा पढौ

बिटी कपमा पहिलो चरणका खेल सम्पन्न, मंगलबारदेखि दोस्रो चरणका खेल हुने

पोखरा । पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । बुद्धटोल युवा क्बलको आयोजनामा जारी प्रतियोगितामा भोलीदेखि दास्रो चरणका खेहरु क्लबका अध्यक्ष विजया गुरुङले जानकारी दिईन् । उनका अनुसार बगर स्थित पुरानो टुडिखेलमा आज सम्पन्न भिमकाली निलो र डेभिजफल्स एफसी बिच भएको खेल निर्धारित समय बराबरीमा सकिएपछि टाईबेकरमा भिमकाली निलोले १–० गोल अन्तरले जित निकाल्यो । त्यसैगरी दोस्रो खेलमा भिमकाली क्लब टिमएले… पुरा पढौ

गण्डकी प्रदेशको ह्याण्डवल टोली उदयपुर प्रस्थान

पोखरा । गण्डकी प्रदेशको ह्याण्डवलको टोली उदयपुर प्रस्थान गरेको छ । उदयपुर जिल्ला ह्याण्डवल संघको आयोजनामा यही चैत २१ देखि २४ गतेसम्म वेलका नगरपालिकामा संचालन हुने खुल्ला राष्ट्रिय पुरुष ह्याण्डवल प्रतियोगितामा सहभागिताको लागि गण्डकी प्रदेशको टोली आइतबार उदयपुर प्रस्थान गरेको हो । राष्ट्रिय खेलाडी बिशाल नेपालीको कप्तानीमा उदयपुर प्रस्थान गर्नु पूर्व कास्की जिल्ला ह्याण्डवल संघले प्रदेशका खेलाडीलाई पोखरा रंगशालाबाट खादा लगायर बिधाई गर्दै सफलताको कामना गरेको छ । उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषद सदस्य… पुरा पढौ

समय बचत तथा ऋण सहकारीमा ५१ यूनिट रगत संकलन

पोखरा । समय बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ यूनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापनाको १४ औं वािर्षकोत्सवको अवसर पारेर आयोजना गरेको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष रामराज लामिछानेले गरे । उनले संस्थाका शेयर सदस्य आशिष गुरुङलाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा रक्तसञ्चार केन्द्रका वरिष्ट प्रविधिक महेन्द्र केसीले रक्तदानको महत्वका बारेमा प्रकाश पारे । संस्थाका अध्यक्ष शिव… पुरा पढौ

अन्तर जिल्ला सुरक्षा समन्वय बैठक : भयरहित निर्वाचनका लागि सुरक्षा योजना बनाउन मुख्यमन्त्रीको निर्देशन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् । आइतबार तनहुँमा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा ७ जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष र चुनौतीका बारेमा प्रमुख जिल्ला अधिकारीहरुको प्रस्तुति सुनेपछि उनले उक्त निर्देशन दिएका हुन् । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गरेको कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा, नवलपुर, गोरखा लमजुङ र मनाङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुख सहभागी थिए । कार्यक्रममा… पुरा पढौ

एमाले पार्टी कार्यालय अत्याधुनिक भवनमा सर्दै

काठमाडौँ । नेकपा (एमाले)को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालय सचिव डा भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते पार्टी कार्यालय सर्ने जानकारी दिए । कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ । एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति… पुरा पढौ

जुम्लाका ७७ क्षेत्रमा कृषि गणना गरिँदै

जुम्ला । जुम्लामा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत ७७ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयका प्रमुख लक्ष्मण कँडेलका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिका र हिमा गाउँपालिकाका ११ स्थानमा कृषि गणना गरिने भएको छ । तिला गाउँपालिका, कनकासुन्दरी र तातोपानीकाका १० स्थानमा कृषि गणना गरिने छ । सिञ्जा गाउँपालिका र पातारासी गाउँपालिकाका नौ स्थानमा गणना गरिनेछ । सबैभन्दा कम सात स्थानमा गुठीचौर गाउँपालिकामा कृषि गणना हुने छ… पुरा पढौ

एआइजी बढुवा विवाद हेर्न नमिल्ने सूचीमा

काठमाडौ । सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक ९डिआइजी०लाई अतिरिक्त महानिरीक्षक ९एआइजी०मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा सूचीमा परेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले उक्त विवाद हेर्न नमिल्ने थियो तर गोला प्रक्रियाबाट पेसी तोक्दा उहाँकै इजलासमा प¥यो । त्यसैले आज पनि सुनुवाइ हुन सकेन । एआइजी बढुवाविरुद्ध डिआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल… पुरा पढौ