समाचार

लेखनाथ महोत्सवमा साढे ६ करोड कारोबार

१७ औँ संस्करणको लेखनाथ महोत्सवमा करिब साढे ६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक छत्रधर आत्रेयका अनुसार सोमवार सम्पम्न महोत्सवमा ६ करोड ४५ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। कास्कीको पोखरा महानगरपालिकामा भएको महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको आत्रेयले बताए। महोत्सव अवधिभर विभिन्न क्षेत्रमा उत्कृष्ट भएका सहभागीलाई पुरस्कृत गरेको थियो। महोत्सव फागुन २६ देखि चैत ७ गतेसम्म संचालन भएको थियो। महोत्सवमा विभिन्न बस्तु तथा सेवाका ३… पुरा पढौ

ग्रीन भेञ्चर्स लिमिटेडको आईपीओ खुला

ग्रीन भेञ्चर्स लिमिटेडले आईपीओ खुला गरेको छ। आईपीओमा आउँदो शुक्रवारसम्म आवेदन दिन सकिनेछ। ११ गतेसम्म सबै सेयर बिक्री नभएमा आउँदो २२ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिशेयर एक सय अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार सात ५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। यस्तै, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार… पुरा पढौ

आईसीसी विश्व कप क्रिकेट लिग–२ः युएईसँग नेपालको लगातार हार

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय क्रिकेटमा नेपाल ९९ रनले पराजित बनेको छ। युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ओभरमा अलआउट हुँदै १०३ रनमा सीमित बन्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए। यस्तै, आरिफ शेख र सोमपाल कामी समान १५/१५ रन बनाएर आउट बने। बलिङतर्फ युएईका जुनेद सिद्दिकीले ४ विकेट लिए। यस्तै, काशिफ दाउद र अहमद राजाले समान २/२ विकेट लिए। यसअघि, दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि… पुरा पढौ

साफ यु–१८ महिला च्याम्पियनसीपः भारतसँग नेपालको फराकिलो हार

साफ यु–१८ महिला च्याम्पियनसीप फुटबलमा नेपाल आयोजक भारतसँग पुनः पराजित भएको छ। जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ ले निराश बनायो। भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक पूरा गर्दा हेमाम सिल्की देवी र अनिता कुमारीले १÷१ गोल गरे। नेपालका लागि सन्दीपा भोलानले १ गोल गरिन्। हेमामले १६ औं मिनेटमा भारतलाई सुरुआती अग्रता दिलाइन्। लिन्डाले २३ औं मिनेटमा भारतको अग्रता दोब्बर बनाइन्। लिन्डाले ३८ औं मिनेटमा अर्को गोल थपिन्। ५६ औं मिनेटमा अनिता कुमारीले भारतका लागि चौथों गोल गरिन्। लिन्डाले ६२… पुरा पढौ

एनआरएनएको निर्वाचन तत्काल नगर्न अन्तरिम आदेश

काठमाण्डौं । उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले आज नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग लिन पाउने अधिकारबाट वञ्चित हुने आशङ्का देखिएको उल्लेख गर्दै सो आदेश गरेको हो । अदालतले यही चैत ९ गते दुवै पक्षलाई बोलाएर छलफल गर्ने तय गरेको छ । उक्त आदेशसँगै सङ्घको यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचन अदालतको… पुरा पढौ

सृजना कपबाट छानिए छात्रवृत्ति प्राप्त गर्ने र तीन महिने पोषण (डाइट) सामग्री प्राप्त गर्ने विद्यार्थी

पोखरा, चैत ७ कास्की जिल्ला भलिबल संघले तीन महिने डाईट सामग्री प्राप्त गर्ने दश विद्यार्थी छनौट गरेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा भएको सृजना कप सामुदायीक मावि स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिताबाट तीन महिने डाइट सामग्री प्राप्त गर्ने दश विद्यार्थी छनौट गरिएको हो । तीन दिनसम्म भएको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका छात्रतर्फ ५ र छात्रातर्फ ५ गरी दश खेलाडी गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट प्रदान गरिने तीन महिने डाइट सामग्री… पुरा पढौ

विन्ध्यवासिनी माविको हीरक जयन्तीको उद्घाटन

पोखरा ०७ चैत शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग भएको सम्झौता संघियता विपरीत नभएको स्पष्ट पारेका छन् । केही विज्ञहरुले सम्झौतालाई लिएर अनावश्यक टिप्पणी गरेको वताउँदै, मन्त्री पौडेलले विद्यालय शिक्षालाई सुर्धान ५१ वँुदे सम्झौंता गरेको हुँदा त्यसलाई गहिरोसँग अध्ययन गर्न विज्ञलाई सुझाव समेत दिए । पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी मा विको हीरक जयन्तीको सोमवार उद्घाटन गर्दै मन्त्री पौडेलले सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाएर मात्रै, निजी विद्यालयलाई गाँभ्ने गरी राज्यले निती ल्याउन लागेको बताए । उनले ५१ वँुदे शिक्षा… पुरा पढौ

सृजना कप भलिबलमा शान्ता माविलाई दोहोरो उपाधि

पोखरा, चैत ७ शान्ता माविले सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको दोहोरो उपाधि जितेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा शान्ता माविले छात्र तथा छात्रा दुबै तर्फको उपाधि जितेको हो । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सोमबार भएको फाइनल भिडन्तमा छात्रतर्फ शान्ता माविले मेश्रम वराह मावि र छात्रातर्फ शान्ता माविले नै लक्ष्मी माविलाई सोझो सेटमा हराउँदै दुबै तर्फ नगद एक÷एक लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । उपबिजेतामा… पुरा पढौ

अस्पताललाई विशेषज्ञ सेवा दिन सम्झौता

हुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । एक महिना अघिदेखि सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिन विशेषज्ञ चिकित्सक प्रतिष्ठानले पठाउने भएको छ । हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको छ । सम्झौताको आधारमा हुम्लाको स्वास्थ्य सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले बताए । प्रतिष्ठानका उपकुलपति डा रावल र मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीबीच सम्झौता भएको हो… पुरा पढौ

यौन दुव्र्यवहारको आरोपमा शिक्षक पक्राउ

चितवन । बालयौन दुव्र्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोमेश्वर माध्यामिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका हुन् । माडी नगरपालिका–५ निवासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनलाई कक्षा ९ मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुव्र्यवाहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । पक्राउ परेका शिक्षकमाथि अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । रासस पुरा पढौ