समाचार

जिल्लामा उम्मेदवार छनोटका लागि जुटे दलहरु

बेनी । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा दलहरु उम्मेदवार छनोटमा जुटेका छन् । चुनावी प्रचारप्रसार गर्दै घरदैलोमा पुग्न थालेका दलहरुले वडा र पालिकामा आफ्नो पार्टीबाट उम्मेदवार बनाउने विषयलाई समेत छलफलको प्राथमिकतामा राखेका छन् । दलहरुबीच चुनावमा तालमेलको सम्भावना रहेपनि अहिलेसम्म औपचारिक रुपमा छलफल भने अघि बढ्न सकेको छैन । नेपाली कांग्रेसले एकमहिने जागरण अभियान सञ्चालन गरेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले टोल कमिटी गठन र घरदैलो अभियान सञ्चालन गरेका छन् ।… पुरा पढौ

कास्कीका पाँचवटै पालिकामा एमालेले क्लिन स्वीप गर्नुपर्छ : अर्याल

पोखरा, चैत २० नेकपा एमालेकी सचिव पद्मा अर्यालले कास्कीका पाँचवटै पालिका जित्नेगरी चुनावको तयारी गर्न निर्देशन दिएकी छन् । गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले आफू सांसद भएपछि पछिल्लो चार वर्षमा गरेका कामहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्,‘कास्कीमा पाँचवटा पालिका छन् महानगरसहित । यी सबै जित्नुपर्छ, क्लिन स्वीप गर्नुपर्छ, त्यही अनुसार तयारी गर्नूस् ।’ पूर्व मन्त्रीसमेत रहेकी उनले कास्कीमा अघिल्लो पटक गुमेका पालिका र वडापनि जित्नेगरी चुनावको तयारी गर्न निर्देशन दिईन् । अघिल्लो स्थानिय तहको चुनावमा कास्कीको अन्नपूर्ण… पुरा पढौ

समृद्ध कर्णालीका लागि छ वटा ‘ब’ आवश्यक: मुख्यमन्त्री शाही

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकासका लागि छ वटा ‘ब’लाई ध्यान दिनुपर्ने बताएका छन् । ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा उहाँले कर्णालीको समृद्धि र विकास भएको हेर्न चाहने हो भने राज्यका सबै निकायले छ वटा ‘ब’ लाई ध्यान दिनुपर्ने बताएका हुन् । मुख्यमन्त्री शाहीले सङ्घीय सरकारले गरिबी, भोक, रोग र पिछडिएको उपमा दिएको कर्णालीको मुहार फेर्नका लागि छ वटा ब ९बाटो, बिजुली, बिचार, वन, बजार र व्यवस्थापन० लाई ध्यान दिन आवश्यक रहेको बताए। मुख्यमन्त्री शाहीले… पुरा पढौ

उदाहरणीय मीना : सांसदको रुपमा प्राप्त तलब, भत्ता समाजसेवामा खर्चिईन्

पोखरा, चैत २० आम राजनीतिककर्मीको चाहना हुन्छ पदमा पुगेपछि तलबभत्ता खाने । मौका पाउने वित्तिकै भ्रष्टाचार गर्ने । तर गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङ भने अरु भन्दा फरक छिन् । समानुपातिकबाट सांसद बनेकी उनले भ्रष्टाचार त परको कुरा, आफूले पाएको तलबभत्तापनि सामाजिक काममा खर्चेर उदाहरणीय बनेकी छन् । प्रदेश सांसद गुरुङले आफू सांसद भएर आएपछिको पछिल्लो ४ वर्षमा झण्डै ११ लाख रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरेकी छन् । ‘मैले मेरो तलबभत्ता सामाजिक कार्यमा… पुरा पढौ

रोकिएन कालीगण्डकीको दोहन

गलेश्वर । वर्षौँदेखि अवैधरुपमा दोहन हुँदै आएको कालीगण्डकी कुरुप बन्दै गएको छ । नदी दोहन रोक्नका लागि समय समयमा दवाव र सचेतनामूलक कार्यक्रम हुने गरेका भएपनि कालीगण्डकी दोहन रोकिएको छैन । अवैधरुपमा नदीको दोहनहुने क्रम बढेसँगै यहाँको पर्यावरणमा समेत नाकारात्मक प्रभाव पर्दै गएको छ । नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका वस्ती खतरामा परेका छन् भने विश्वको एकमात्र नदी कालीगण्डकीमा पाइने धार्मिक तथा आर्थिक महत्वका (शिला) शालिग्राम पनि लोप हुने अवस्थामा पुगेको छ । गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन्… पुरा पढौ

शहीद स्मारक ‘बी’ डिभिजन लिग: खेल बराबरीमा

काठमाडौ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित (एन्फा) अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् । बराबरी खेलसँगै मध्यपुरले ११ खेलमा १४ अङ्क जोडेको छ भने समान खेल खेलेको भगवतीले १५ अङ्क जोडेको छ । लिगमा विभिन्न १४ क्लबको सहभागिता रहेकामा शीर्ष दुई टोली ‘ए’… पुरा पढौ

भ्यू टावरमा लगानी अनावाश्यक पैसा खर्च हो: डा कोइराला

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिएका हुन् । डा कोइरालाले तनहुँ सुगम भए पनि मानिस अझै पनि डोकामा पानी लिन जानुपर्ने अवस्था विडम्बना रहेको बताए । डा कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने… पुरा पढौ

वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ: अध्यक्ष नेपाल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताएका हुन् । उनले चुनावमा जाने कुराका सन्दर्भमा हाम्रो पार्टी सबैसँग तयार भएर सबै ठाउँका कमिटीलाई निर्देशन पनि दिइसकेको बताए । उनले पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश… पुरा पढौ

श्रीलङ्कामा कफ्र्यु उलङ्घन गरेको आरोपमा ६६४ जना पक्राउ

कोलम्बो । श्रीलङ्कामा सरकारले लागू गरेको कफ्र्यु उलङ्घन गरेको आरोपमा कम्तीमा ६६४ जनालाई गिरफ्तार गरिएको छ । स्थानीय समय अनुसार शनिबार राती १० बजेदेखि आइतबार बिहान ६ बजेको बिचमा देशको पश्चिमी प्रान्तबाट उनीहरूलाई गिरफ्तार गरिएको हो । सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कफ्र्यु आदेश जारी गरेको छ । कफ्र्यु लागू भएका बेला अनुमति विना हिँड्डुल गर्न नपाइने भएपनि हिँड्डुल गरेकाले उनीहरूलाई पक्राउ गरिएको बरिष्ठ प्रहरी निरीक्षक निहाल थाल्डुवाले जानकारी दिए । आर्थिक सङ्कटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरु… पुरा पढौ

राष्ट्रिय युवा संघ नेपाल पोखरा १० को अध्यक्षमा कार्की

पोखरा । राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा सन्तोष कार्की चयन भएका छन । राष्ट्रिय युवा संघ नेपालको पोखरा महानगर १० को वडा भेला तथा प्रथम अधिवेशनले सन्तोष कार्कीको अध्यक्षतामा ४७ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । हालै सम्पन्न अधिवेशनबाट जुझारु युवा सन्तोष कार्कीको संयोजकत्वमा नया कार्यसमिति चयन गरिएको थियो । कमिटिको उपाध्यक्षमा शंकर नेपाली, सचिवमा अनुज सुवेदी, कोषाध्यक्ष आयुषा ब्रखेल, उपसचिविमा डेविड डिमडुङ तामाङ र शेर वहादुर गुरुङ चयन भएका छन । त्यसैगरी… पुरा पढौ