समाचार

भारतको रक्सौलाबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुन्छ : मन्त्री यादव

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भारतको रक्सौलाबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताएकी छन् । जनकपुरधामस्थित रेल्वे स्टेशनमा आज आयोजित जयनगर–कुर्था रेल सेवा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भारतको रक्सौलबाट सिमरा र सिमराबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताइन् । “पहिलो चरणमा जयनगरबाट बिजलपुरासम्मको ७० किलोमिटर रेल्वे ट्याक्ट तयारी भइसकेको छ”, मन्त्री यादवले भनिन्, “अब हस्तान्तरण हुन मात्र बाँकी छ, हस्तान्तरण भएपछि बिजलपुरासम्म रेल चल्ने छ ।” यसका साथै विराटनगरबाट बर्दिबाससम्म पनि रेल सेवा विस्तार गर्ने… पुरा पढौ

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तासँग प्रधानमन्त्री देउवाको आग्रह

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज भएकाले ऊर्जा, पूर्वाधार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता, उद्योगी एवं व्यवसायीसँग आग्रह गरेका हुन् । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवाले भारतीय व्यापारिक समुदायसँगको अन्तरक्रियामा नेपालमा भारतीय लगानी बढाउन र भारततर्पmकोे निर्यात सहजीकरणका लागि सरकार सकारात्मक रहेको उल्लेख गरे । उनले भारतले २१औँ शताब्दीको आर्थिक विकासमा फड्को मार्दै गरेको हुँदा नेपालमा लगानी गर्न र दुई देशबीचको आर्थिक सम्बन्ध अझ विस्तार गर्ने सम्भावना प्रशस्त रहेको बताए । कोभिड मारामारीका कारण आम… पुरा पढौ

खानेपानीको सुविधा पुर्‍याउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका नागरिकलाई आधारभूत खानेपानीको सुविधा पु¥याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । पोखरा महानगरपालिका–११ काहुँडाँडामा वृहत खानेपानी आयोजनाको आज उद्घाटन गर्दै उनले नागरिकको मौलिक अधिकारअनुसार नै प्रदेश सरकारले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेको बताए । बीसौँ वर्षसम्म आयोजना अलपत्र भएर नागरिक खानेपानीबाट वञ्चित रहेको अवस्थामा काहुँमा निर्धारित समयमै काम सकिएकोप्रति खुसी व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले यतिखेर प्रदेशमा मात्र नभएर मुलुकभर लिफ्टङ प्रणालीका खानेपानी आयोजनाले प्राथमिकता पाए पनि विद्यु्त महसुलका कारण… पुरा पढौ

१५ औं बिटी कप जारी, सार्दीखोलामाथी धम्पुसको संघर्षपूर्ण जित

पोखरा । पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा आज (शनिबार) ९ खेल सम्पन्न भएका छन् । बुद्धटोल युवा क्बलको आयोजनामा जारी प्रतियोगितामा आज भएको पहिलो खेलमा हेम्जा युवा क्लबलाई हेम्जा युनाईटेडले ४–१ गोल अन्तरले पराजिगत गर्याे । युनाईटेडको जितमा मनिस थापाले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरे भने सुमन सुनारले एक गोलको योगदान दिए । बिटी क्लबका अध्यक्ष विजया गुरुङका अनुसार आयोजक सेतो र हिमालयन मेलवर्न बिच भएको दोस्रो… पुरा पढौ

फिस्टेल एकेडेमीमा अभिभावक अभिमुखिकरण कार्यक्रम

पोखरा । पोखरा – १७ तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमीले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न तहमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाइ छुट्टा–छुट्टै रुपमा अभिभावकले आफ्ना विद्यार्थीले ध्यान दिनु पर्ने बिषयका बारेमा प्रशिक्षण प्रदान गरिएको हो । सो अवसरमा विद्यार्थीमा शारीरिक वृद्धि बिकासको अबस्था आइपर्ने , विभिन्न समस्या र समस्या समाधानका विधिका बारेमा विद्यालयका मिडल स्कुल को–अर्डिनेटर कमल लामिछाने , प्राचार्य डा. त्रिदेब उपाध्यायले अभिमुखिकरण गरेका थिए । कार्यक्रममा विद्यार्थीको चारित्रीक तथा मानसिक बिकासमा अभिभावकको… पुरा पढौ

पशुपतिनाथको शैलीमा अकला मन्दिर पुनः निर्माण

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित धार्मिक महत्व बोकेको अकलादेवी मन्दिर पुनर्निर्माण सकिएको छ । पशुपतिनाथ मन्दिरको शैलीमा अकलादेवी मन्दिरको पुनर्निर्माण गरिएको हो । विसं २०७६ वैशाख १६ गतेदेखि पुनर्निर्माण थालिएको मन्दिरको काम हालै सम्पन्न भएको मन्दिर निर्माण समितिका अध्यक्ष रामभक्त घिमिरेले जानकारी दिए । रु ८० लाखको लागतमा मन्दिर निर्माण भएको छ । मन्दिरमा तामाको छानो राखिएको छ । छानो राख्नका लागि मात्रै रु १२ लाख भन्दा बढी खर्च भएको घिमिरेले बताए। यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास… पुरा पढौ

कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । चैते दसैँ नजिकिएसँगै गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङको कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । अहिले मन्दिर परिसरको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्ने ठाउँको अभाब हुनाका साथ पूजा सामग्री खरिद गर्ने पसलमा भीड लागेको छ । मन्दिरमा लागेको भीड मूल प्रवेशद्वारसम्म नै पुगेकाले पोखरा–बागलुङ राजमार्गसमेत बेलाबेलामा जाम हुन थालेको छ । कोरोनाको महामारीका कारण विगत दुई वर्षको चैते दसैँमा नखुलेको कालिका मन्दिरमा अहिले काठमाडौँ, चितवन, भैरहवा, पोखरालगायत स्थानबाट भक्तजन दर्शनका लागि आएका छन् । उक्त मन्दिरमा… पुरा पढौ

पोखरा–३ मा महेश उदास बन्ने अटेरी उम्मेदवार

पोखरा, चैत १९ पोखरा महानगरपालिका वडा नम्बर ३ मा महेश उदासले उम्मेद्वारी घोषणा गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन अन्तर्गत पोखरा–३ को वडाध्यक्ष पदमा अटेरी उम्मेदवारका रुपमा आफूले उम्मेद्वारी दिने उनले घोषणा गरेका हुन् । वडाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उदास शारिरिक सुगठनका खेलाडी हुन् । तेर्सापट्टीका स्थानिय उनी युवा उम्मेदवार हुन् । उनलाई स्थानिय युवा, युवती, खेलाडीलगायतको समर्थन रहेको दाबी गरिएको छ । पार्टी भन्दा माथि उठेर काम गर्नका लागि आफूले अध्यक्षमा उम्मेदवारी घोषणा… पुरा पढौ

प्रतिभा माविको प्रतिभा सम्मानबाट प्रा.डा.सुबेदी र क्रिकेटर मल्ल एक\एक लाख राशीसहित सम्मानित

पोखरा, चैत १९ साहित्यकार प्रा.डा.अभी सुबेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । पोखराको प्रतिभा माविले वार्षिक रुपमा प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रम अन्तर्गत यस वर्ष सुबेदीलाई ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान–२०७८’बाट सम्मान गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापा, निर्देशक राजेन्द्र चापागाईं, विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीलगायतले सुबेदीलाई नगद एक लाखसहित ताम्रपत्र, खादा, माला र अवीर लगाएर सम्मान गरेका थिए । सुबेदीले ६० वर्षदेखि कला र साहित्य तथा शैक्षिक… पुरा पढौ

मादी गाउँपालिकाको अध्यक्षमा सुनिलको उमेद्वारी घोषणा

आगामी स्थानीय निर्वाचनका लागि कास्कीको मादी गाउँपालिकाको अध्यक्ष पदमा अटेरी समूहबाट सुनिल ढकालले आफ्नो उमेदवारी घोषणा गरेका छन्। ‘परिवर्तन संभव छ’ भन्दै सुनिलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उमेदवारीको घोषणा गरेका हुन्। उनले लेखेका छन्, स्थानीय निर्वाचनलाई दलीय नबनाउ। यसपालि को निर्वाचन मा राजनितीलाई पर राखेर स्वतन्त्र उमेदवारलाई बिजय गराउँ। राजनीति खेल अति भो आउनुस अब त अटेर गरौँ। आउँदो यही बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा मैले मादि गाउपालिकाको अध्यक्ष पदमा उमेदवारि दिने निर्णय गरेको छु। हजुरहरूको साथ सयोग… पुरा पढौ