समाचार

निःशुल्क भिडियो एक्स–रे सेवा सुरु

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाले निःशुल्क भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गरेको छ । रिङ्गनेरह स्वास्थ्य चौकीमा स्थापना गरिएको सो सेवा प्रत्येक महिनाको एक दिन घुम्ती शिविरको आयोजना गरी वडावडाका स्वास्थ्य संस्थामार्फत सेवा दिने उद्देश्यले भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए । नागरिकको स्वास्थ्य आधारभूत आवश्यकता रहेकाले पालिकाले त्यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारसँग समन्वय गरी भिडियो एक्स–रे सेवाको सुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । सामान्य एक्स–रे र रगत… पुरा पढौ

गुर्जा खोलामा ट्रस पुल

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ ढुलढुनास्थित गुर्जा खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । गुर्जा हिमालको आधार शिविर र चरन खर्कमा जाने पदमार्गमा पर्ने ढुलढुनास्थित गुर्जा खोलामा पुल निर्माण भएको हो । उपभोक्ता समितिका अध्यक्ष पदम छन्त्यालले पुल बनेपछि दुई घण्टा ३० मिनेटको यात्राअवधि ४५ मिनेटमा छोटिएको बताए । यसअघि सो ठाउँमा काठको अस्थायी पुलबाट जोखिम मोलेर आवतजावत गर्ने गरिएको थियो । बस्तीदेखि टाढा रहेको सो ठाउँमा पुल बनाउन गुर्जावासीहरु जङ्गलमै बास बसेका थिए । पुल जडान गर्ने मजदुरसहित… पुरा पढौ

करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन

पर्वत । झण्डै रु दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ । स्थानीयवासीको विरोध हुँदाहुँदै कमजोर भूबनोटमा निर्मित स्वास्थ्यचौकी भवन आसपासको जमिन भासिएका कारण राज्यको करोडौँ रकम बेकामे भएको हो । पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन सकेको छैन । जनशक्ति, बर्थिङ सेन्टर, गर्भवती जाँचलगायत सेवाका लागि आवश्यक उपकरणसमेत उपलब्ध भए पनि भवन प्रयोगविहीन भएको छ । खाल्टाथरमा निर्मित भवनसहित जमिन भासिने र पहिराले पुर्न थालेपछि स्वास्थ्यचौकी निर्माण सम्पन्न भएको दुई वर्ष… पुरा पढौ

काभ्रेपलाञ्चोक कोरोनामुक्त जिल्ला

काभ्रेपलाञ्चोक । चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक जिल्लालाई कोरोनामुक्त भएको जनाइएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो । चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो क्षण देखिएकाको परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीएमसी)का सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तमराज सेढाईँले जानकारी दिए । उनका अनुसार यसअघि कोरोना सङ्क्रमणको दोस्रो लहरपश्चात अर्थात् मङ्सिरमा पहिलोपटक जिल्ला कोरोना… पुरा पढौ

टी–२० सिरिज : नेपालले पीएनजीलाई १५ रनले हरायाे

काठमाण्डौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनी १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमा समेटियो । पपुवा न्यूगिनीका लागि नोरमान भानुले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २९ बल खेल्दै ४ छक्का र ५ चौका प्रहार गरे । यस्तै सेसे… पुरा पढौ

कांग्रेसका अधिकांश केन्द्रीय सदस्य चुनावी तालमेलका पक्षमा

काठमाण्डौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य आगामी स्थानीय तह निर्वाचनमा हाल सत्ता गठबन्धनमा कायम रहेका दलसँग चुनावी तालमेलका पक्षमा धारणा व्यक्त गरेका छन् । शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले स्थानीय आवश्यकता र पार्टीको उपस्थितिका आधारमा चुनावी तालमेल गर्दा नै उपयुक्त हुने राय व्यक्त गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकमा कांग्रेसले स्थानीय तहको निर्वाचनका सन्दर्भमा हाल सञ्चालन गरिरहेको एक महिने ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियानको समीक्षाका साथै आगामी निर्वाचनमा पार्टीलाई कसरी बढीभन्दा बढी सिटमा विजयी… पुरा पढौ

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा निस्कँदै

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा पनि रहनेछिन् । प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री डा नारायण खड्का, नेपाल सरकारका अन्य वरिष्ठ मन्त्री, सचिव र अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौँ पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने… पुरा पढौ

नेप्सेमा ३०.४३ अङ्कको गिरावट

काठमाण्डौं । धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक आज ३०.४३ अङ्कले घट्दै दुई हजार ५४१.८३ मा आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचकका साथै कारोबार रकमसमेत घटेको छ । आज २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर रु दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ मा खरिद बिक्री भएको नेप्सेले जनाएको… पुरा पढौ

पाथीभरा दर्शनका क्रममा तीर्थयात्रीको निधन

ताप्लेजुङ । पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ । बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको इटहरी नगरपालिका– ९ का खिनबहादुर ढुङ्गानाको निधन भएको हो । प्रहरीका अनुसार ६० वर्षीय ढुङ्गाना मन्दिर परिक्रमा गर्ने क्रममा अचानक भूइँमा ढल्नुभएकोमा प्राथमिक उपचार केन्द्र फेदीबाट गएका स्वास्थ्यकर्मीद्वारा प्रारम्भिक उपचार भई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालले ढुङ्गानालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पाथीभरा मन्दिर जानेक्रममा लेक लागेर स्वास्थ्यमा समस्या आएको हुनसक्ने स्थानीयवासीको… पुरा पढौ

न्यायमा आम नागरिकको पहुँच बढेको छ : राष्ट्रपति भण्डारी

पोखरा । पोखरामा न्यायीक समितिको राष्ट्रिय सम्मेलन शुरु भएको छ । पोखरा महानगरपालिका न्यायीक समितिको आयोजनामा पोखरा सभागृहमा न्यायीक समितिको राष्ट्रिय सम्मेलन शुरु भएको हो । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । सम्मेलनमा देशभरका न्यायीक समितिका प्रमुखहरुको सहभागिता रहेको छ । आयोजक पोखरा महानगरपालिका न्यायीक समितिकी प्रमुख मञ्जुदेवी गुरुङका अनुसार देशभरका करीब ७ सय जना न्यायीक समितिका प्रमुखहरुको सम्मेलनमा सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले न्यायीक समितिको क्षेत्रअधिकार बढाउनुपर्नेमा जोड दिएका छन् । न्यायीक समितिको… पुरा पढौ