समाचार

गण्डकीमा चैत २५ गतेदेखि टाइफाइडबिरुद्धको खोप निःशुल्क लगाइने

पोखरा, चैत १४ गण्डकी प्रदेशमा चैत अन्तिम साताबाट टाइफाइडबिरुद्धको खोप लगाइने भएको छ । बहुवर्षिय खोप कार्ययोजना २०१७–२१ को लक्ष्य अनुरुप यहि चैत चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म गण्डकी प्रदेशमा टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको हो । प्रदेशमा पहिलोपटक सञ्चालन गर्न लागिएको टाइफाइडबिरुद्धको खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने जनाइएको छ । अभियान अन्तर्गत करीब २२ दिनमा गण्डकी प्रदेशका ५ लाख ६० हजार २ सय २७ बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाइने प्रदेश स्वास्थ्य… पुरा पढौ

सु.प. मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको बिजेता गण्डकी प्रदेश टीमका सदस्यहरुलाई प्रदेश सरकारले जनही ५० हजार दिने

पोखरा १३, चैत १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोलीलाई प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । मन्त्रालयमा आइतबार आयोजित खेलाडी सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा खेलाडीहरुलाई सम्मान गर्दै मन्त्री बरालले प्रदेशको नाम उचो राख्न खेलाडीहरुले पुराएको योगदानको प्रशंसा गर्दै उक्त टोलीमा रहेका प्रत्येक खेलाडीलाई प्रदेश सरकारको तर्फबाट आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । टोलीमा १४ खेलाडी, एक प्रशिक्षक, एक व्यवस्थापक र दुई सहायक प्रशिक्षक… पुरा पढौ

शेयर बजार : नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आज बजार १.५९ प्रतिशतले घटेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९५ प्रतिशतले घटेको छ । यस्तो परिसूचक ९.५५ अङ्कले ओरालो लागेर ४७९.३९ पुगेको छ । आज २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता… पुरा पढौ

देशैभरका सुनचाँदी र रत्न व्यवसायी पोखरामा

पोखरा । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पोखरामा दुई दिने गोष्ठी सम्पन्न गरेको छ । महासंघले विगतको समीक्षा र आगामी कार्यदिशा, व्यवसायीको हकहित र नीतिगत प्रक्रियाको सन्दर्भमा शनिबार गोष्ठी सम्पन्न गरेको हो । गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मणिभद्र शर्माले व्यवसायीसमक्ष स्वदेशी कालीगढ उत्पादन गर्नुपर्ने धारणा राखे । मन्त्री शर्माले आफ्नो गृह जिल्ला बाग्लुङमा अधिकांश कालीगढहरु भारतीय रहेको उल्लेख गर्दै स्वदेशी नागरिक नै कलाकौशलमा लाग्नुपर्ने सुझाव दिए । ‘बाग्लुङमा मैले देखेका कालीगढहरु प्रायः भारतीय… पुरा पढौ

तनहुँका किसानलाई अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकाले आइतबार स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण वितरण गरेको छ । एक्काइस २१ मिनीटिलर, २० कुटानी पिसानी, पाँच घाँस काट्ने र तीन स्टे उपकरण वितरण गरिएको हो । गाउँपालिका मातहतका छवटै वडाका किसानलाई लक्ष गरी गाउँपालिकाको रु १४ लाख र किसानको रु १४ लाख गरी कूल रु २८ लाखको लागतमा उक्त सामाग्री खरिद गरेर ल्याइ वितरण गरिएको हो । व्यक्तिगत र समूहगतरुपमा माग भई आएका सबै किसानलाई सामग्री उपलब्ध गराइएको अध्यक्ष… पुरा पढौ

३ दिने भ्रमण पुरा गरि चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फिर्ता

काठमाण्डौं । चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाई गरे । परराष्ट्रमन्त्री डा नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार नेपाल आइपुगेका थिए । नेपाल भ्रमणका क्रममा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी… पुरा पढौ

राईजिङ क्रिकेट क्लबको ४ रनको रोमाञ्चक जित

पोखरा । ऋतिक थापा मगरले उत्कृष्ट बलिङ गरेपछि माछापुच्छ्रे क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबमाथि २५ रनको जितको नजिता निकालेको छ । ९० रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लबलाई ६४ रनमै अलआउट गर्दै माछापुच्छ्रे क्रिकेट क्लबले जित आत्मसात गरेको हो । वाईनकिङ्ग टी–२० कास्की क्लबस्तरीय च्याम्पियनसिपमा मध्यक्रमका दिपेश खत्री र विमल तिवारीले महत्वपूर्ण साझेदारी गरेपछि माछापुच्छ्रे क्रिकेट क्लबले ८९ रनको योगफल तयार परेको थियो । पुजन शर्मालाई ६ रनमै पभेलियन फर्काउँदै सांग्रिलाललाई पहिलो सफलता मिलेको थियो । दुई चौका प्रहार गर्दै… पुरा पढौ

सैनिक अस्पतालद्वारा पोखरा बृद्धाश्रममा स्वास्थ्य शिविर

पोखरा । पोखरा बृद्धाश्रमको २५ औं स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फुलवारी पोखराको प्राविधिक सहयोगमा पोखरा वृद्धाश्रममा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । शिविरमा सैनिक अस्पतालका डा. अमृत घिमिरे, डा. स्वेता राज्यलक्ष्मी राणा, डा. शिशिर श्रेष्ठ, डा. अभिशेख थापा, व्यवस्थापक सेनानी विज्ञानराज पोखरेल सहितको १३ सदस्यीय टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा पोखरा बृद्धाश्रम र आसपासका ५३ जना जेष्ठनागरिकको स्वास्थ्य परिक्षण गर्नुका साथै दुई लाख मुल्य बरावरको औषधि तथा पौष्टिक आहार वितरण गरिएको थियो । आश्रममा आयोजित शिविरको नेपाली… पुरा पढौ

विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

काठमाण्डौं । नेकपा (एमाले) ले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको त्रिदिवसीय भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटका क्रममा सो आग्रह गरिएको हो । एमाले नेता राजन भट्टराईले आज भएको भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रुपमा फर्कने वातावरण बनाइदिन आफूहरुले आग्रह गरेको जानकारी दिए ।… पुरा पढौ

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो । ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले बहुआयमिक दुईपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरिन् । साथै उनले नेपालको सामाजिक–आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा हार्दिक कृतज्ञता व्यक्त गरे । आफ्नो प्रतिनिधिमण्डलका उच्च अधिकारीहरूसहित राष्ट्रपति भवन, शीतल निवास पुग्नुभएका चिनियाँ विशिष्ट पाहुनालाई राष्ट्रपति… पुरा पढौ