समाचार

न्यायिक समितिका माध्यमबाट न्यायमा पहुँच पुगेको छ : प्रदेश प्रमुख गुरुङ

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले न्यायिक समितिमार्फत सर्वसाधारणमा न्यायको पहँुच पुगेको बताएका छन् । पोखरा महानगरपालिकाद्वारा आज पोखरामा आयोजित न्यायिक समितिको सम्मेलनमा उनले जनताको नजिक रहेर स्थानीय सरकारको न्यायिक उपस्थिति जनाउने र न्याय निरुपण तथा मेलमिलाप गराउने उद्देश्यका साथ स्थापित समितिका माध्यमबाट मुद्दा मामिला गर्न नसक्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको न्यायमा पहुँच बढेको बताए । नेपालमा सङ्घीय शासनको सुरुवातसँगै स्थानीय तहमा न्यायपालिकाको स्वरुपमा स्थानीय न्यायिक समिति गठन र क्रियाशील भएको बताउँदै उनले मुलुक सङ्घीय संरचनामा गएपछि सिंहदरबारमा… पुरा पढौ

तनहुँ जलविद्युत् : प्रसारण लाइन विस्तार तीव्र

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तार कार्य तीव्र रुपमा अघि बढाएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादनको लागि निर्माणधीन उक्त आयोजनाले २० वटा टावर निर्माण गरिसकेको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको ९४ टावरमध्ये ४१ वटाको जग निर्माण गरी २० टावर गाड्ने काम सम्पन्न गरेको हो । आयोजनाको मुख्य काम तीन प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए… पुरा पढौ

नेपाली सेनामा खुल्यो ठूलो संख्यामा रोजगारी

नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले लेखा उप सेनानी, प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूका लागि दरखास्त आह्वान गरेको हो। सोमवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै सेनाले दरखास्तका लागि आह्वान गरेको हो। सेनाले विभिन्न पदमा करिब २ सय कर्मचारी माग गरेको हो। आवेदन चैत १४ देखि बैशाख १३, २०७९ सम्म र दोब्बर दस्तुरसहित थप सात दिन बैशाख १४ देखि बैशाख २० गतेसम्म दिन सकिने… पुरा पढौ

७३ दलले आफ्नै चुनाव चिह्न पाउने

वैशाखमा ३० मा हुने निर्वाचन आयोगबाट राष्ट्रिय मान्यता नपाएका ७३ दलले आफ्नै दलले चुनाव चिह्न पाउँदैछन। निर्वाचन आयोगले ति राजनीतिक दललाई उनीहरूको आफ्नै दलको चुनाव चिह्न उपलब्ध गराउने भएको हो। आइतबार बसेको आयोगको बैठकले दलहरूले बुझाएको विवरणको आधारमा उनीहरूलाई आफ्नै चुनाव चिह्न उपलब्ध गराउने निर्णय गरेको हो। राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरूको संगठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत ६ गतेसम्म समय दिइएको थियो। सो विवरण बुझाएका ७३ दललाई चुनाव चिह्न दिनेबारे बैठकले निर्णय गरेको हो। राष्ट्रिय दलको मान्यता नपाएका… पुरा पढौ

स्थानीय चुनावमा कुन पदका उम्मेदवारले कति खर्च गर्न पाउँछन् (हेर्नुहोस, खर्चको सूची सहित)

निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवारले अधिकतम खर्च गर्न पाउने सीमा तोकेको छ। ३० वैशाखमा हुने स्थानीय चुनावमा महानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने भएका छन्। त्यस्तै, उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले ५ लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन्। यस्तै, नगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन्। जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले… पुरा पढौ

२६ गतेका लागि तय भएको शाखा अधिकृतको परीक्षा पुनः स्थगित

लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन पुनः स्थगित गरेको छ। आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेशअनुसार विज्ञापन स्थगित गरेको जानकारी गराएको हो। आयोगले खुल्ला र समावेशीको एकीकृत लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको हो। परीक्षा यही चैत्र २६ गते बिहान ११ बजेदेखि संचालन हुने कार्य तालिका थियो। गत मंसीर महिनामा प्रकाशित भएको शाखा अधिकृतको विज्ञापन कर्मचारी समायोजनको विवाद टुंगो नलाग्दै परीक्षा लिन नपाइने भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै स्थगित भएको थियो। पछि अन्तरिम… पुरा पढौ

निर्वाचन घोषणापत्रमा सुझाव दिन एमालेको आग्रह

काठमाण्डौं । नेकपा (एमाले) आजको स्थायी कमिटीको बैठकले आशन्न स्थानीय तहको निर्वाचन केन्द्रित प्रतिबद्धतापत्रमा सुझाव दिन सार्वजनिक आह्वान गरेको छ । बैठकले केन्द्रस्तरबाट जारी हुने पार्टीको घोषणापत्रको मस्यौदालाई अन्तिमरूप पनि दिएको छ । केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यले यही २० चैतसम्ममा आफ्नो लिखित सुझाव पेस गर्नेछन् । एमालेले स्थानीय तहमा चुनावी प्रतिबद्धतापत्र घोषणा गर्नेछ भने कार्यान्वयनका लागि यही १६ चैतमा भर्चुअल बैठक बस्ने निर्णय पनि गरेको छ । उक्त बैठकमा केन्द्रस्तरका नेता भौतिकरूपमा तथा प्रदेश, जिल्ला र पालिकास्तरमा भने… पुरा पढौ

कांग्रेस बैठक : केन्द्रीय सदस्यले धारणा व्यक्त गर्ने क्रम जारी

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । शुक्रबार प्रारम्भ भएको बैठकमा आइतबार पनि स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत फागुन २९ देखि यही चैत २९ गतेसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको… पुरा पढौ

व्यवसाय जीवन रक्षा कोष सम्वन्धी अन्तरक्रिया सम्पन्न

पोखरा । नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी गण्डकी प्रदेशको आयोजनामा आइतबार व्यवसाय जीवन रक्षा कोष सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित व्यवसायीले कोविडको पछीको समय बैंकहरुले कर्जा दिन आनाकानी गरेको भन्दै गुनासो व्यक्त गरेका छन् ।कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमीका केन्द्रिय अध्यक्ष रोशनी उपाध्यायले अहिले धेरथोर लगानी गरेर उद्यमशील बन्दै गएको बताए ।उनले उद्यममा केही समस्या भएकाले अव समस्या समाधान गर्न पनि अग्रसर हुन आग्रह गरे । उपाध्यायले कुनै व्यवसायीको गुनासो… पुरा पढौ

स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

काठमाण्डौं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ । निर्वाचन आयोगको आजको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य यौनिक तथा अल्पसङ्ख्यक समुदायका १८३ मतदाता कायम गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगका अनुसार सवैभन्दा बढी मतदाता सात लाख १५ हजार २२३ भएको जिल्ला मोरङ हो भने सबैभन्दा कम छ हजार ४१६… पुरा पढौ