समाचार

गण्डकी प्रदेशले उपाधि जित्यो

गण्डकी प्रदेशले मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि उचालेको हो। गण्डकीले उपाधिसँगै २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र जितेको हो। उपविजेता कर्णाली प्रदेशले १ लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा जित्यो। फाइनल खेलका लागि टस जितेर ब्याटिङ रोजेको कर्णाली प्रदेशले गण्डकी सामु निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६४ रनको लक्ष्य प्रस्तुत गरेको… पुरा पढौ

जुनियर टेनिसमा विश्व विशेषलाई दुई स्वर्ण

पोखरा । विश्व विशेष डल्लाकोटीले मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता –२९७८ मा दुईवटा स्वर्ण पदक जितको छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिता अन्तर्गत उनले यु–९ र यु–१० गरि दुई इभेण्टमा स्वर्ण जितेका हुन् । यु–९ को फाइनल खेलमा डल्लाकोटीले निश्चल ज्ञवालीलाई पराजित गरे । पोखराका आर्यश राज पौडेलले तेश्रो तथा संघर्ष फोकदारले चौंथो स्थान हाँसिल गरे । ९ वर्ष मुनिको इभेण्टमा तेश्रो भएका आर्यश राज पौडेल ८ वर्ष मुनिको इभेण्टमा भने पहिलो हुँदै स्वर्ण… पुरा पढौ

विनोदको ‘बानी पर्यो सुरामा’ सार्वजनिक (भिडियो सहित)

पोखरा । गजलकार उदीपराज ढुंगानाले एउटा गजल लेखे । समय साँझको रमझम थियो । साथीभाई सँग सुरामा रमाउँदै थिए उदीप पनि । मात चढीरहेका बेला गजल फुर्यो । उनले सुनाईहाले । त्यहिँ थिए अर्का गजलकार तथा गीतकार मन क्षेत्री । उदीपको गजलको पहिलो हरफ मनको दिमाखमा बस्यो । पछिल्लो दिन गायक विनोद बानियाँ सँग साँझकै बेला सुरामा रमाउँदै गर्दा मनले भने ‘दाई उदीपले एउटा मिठो गजल लेखेको छ, संगीत भर्न पर्यो ।’ बानियाँले उक्त गजल सुने । पहिलो हरफ नै… पुरा पढौ

एमालेले स्थानीय निर्वाचनमा बहुमत ल्याउछ : उपमहासचिव गुरुङ

तनहुँ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने दाबी गरेका छन् । एमाले तनहुँ जिल्ला कमिटीले आज बेलचौतारामा आयोजना गरेको घोषणासभामा उनले स्थानीय तहको निर्वाचनमा एमालेको जितलाई कसैले रोक्न नसक्ने जिकीर गरे । “एमालेप्रति देशभर जनताको आकर्षण बढेको छ, सोही कारण एमालेको जित निश्चित छ,” उनले भने, “एमालेलाई हराउने कुनै शक्ति छैन ।” विगतमा पार्टी छाडेर जाने पनि पुनः एमालेमै फर्किने लहर चलेको उनको भनाइ थियो । एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले केपी… पुरा पढौ

कांग्रेस केन्द्रीय समितिको बैठक जारी

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । शुक्रबार प्रारम्भ भएको बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत फागुन २९ देखि यही चैत २९ गतेसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको… पुरा पढौ

‘गठबन्धनले देशभर साझा उम्मेदवार चयन गर्छ’ : माधव नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनवटै तहको निर्वाचनमा सत्ता गठबन्धनले देशभर साझा उम्मेदवार चयन गर्ने बताएका छन् । आज आयोजित महिला सङ्गठनको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले वामपन्थी र लोकतान्त्रिक शक्तिको एकताका कारण लामो सङ्घर्षबाट प्राप्त राजनीतिक व्यवस्था र संविधानको रक्षा भएकाले आगामी निर्वाचनमा देशभर गठबन्धनका साँझा उम्मेदवार तय हुने विश्वास व्यक्त गरे । विदेशीहरूको दलाली गर्ने पार्टीसँग आफूहरूको कुनै पनि हालतमा तालेमेल नगर्ने बताउँदै उनले देश र जनताप्रति घात गरेकाले उनीहरूलाई चुनावमा जनताले दण्डित गर्ने… पुरा पढौ

कोरोना अपडेट: शुक्रबार थप १८ संक्रमित

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ३०९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १०५ रहेको छ । पछिल्लो समय थप २७१ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६४… पुरा पढौ

एकदिवसीय क्रिकेट:पपुवा न्युगिनीसंग नेपाल ६ रनले पराजित

काठमाडौ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपाललाई ६ रनले पराजित गरेको छ । जितका लागि २९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले आठ विकेटको क्षतिमा दुई सय ८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहितकुमार पौडेलले ऐतिहासिक शतक प्रहार गरे । उनले एकदिवसीय खेलमा पहिलो पटक शतक प्रहार गरेका हुन् । एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पूर्वकप्तान पारस खड्कापछि १९ वर्षीय पौडेल दोस्रो खेलाडी बनेका छन् । एकदिवसीय खेलमा उनी सर्वाधिक रन बनाउने तथा पाँच सय रन पूरा गर्ने… पुरा पढौ

सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ :अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले दलहरु एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गरे। दलहरुको सहकार्यबाटै संविधान बनेको भन्दै उनले भने “सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्यो रु के संविधानसभा हुन्थ्यो रु के संविधान जारी हुन्थ्यो रु” गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम समयसम्म सहमति सहकार्यलाई मन्त्रको रुपमा भन्ने गरेको स्मरण गर्दै… पुरा पढौ

पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगत्लाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुुपर्ने बताएका छन् । सञ्चारिका समूहको आठौँ अधिवेसन तथा २५औँ वार्षिक साधारणसभामा उनले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राज्यका कुरा जनतामा र जनताका विषय राज्यसम्म पु¥याउन सञ्चार माध्यमको भूमिका रहेको उपराष्ट्रपति पुनको भनाइ छ । पछिल्लो समय सञ्चारमाध्यमप्रति नागरिकको गुनासो उत्तिकै रहेको उनले बताए । पत्रकार आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सजग रहनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिए । सञ्चारमाध्यमले आम… पुरा पढौ