समाचार

आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छ : अध्यक्ष नेपाल

गुल्मी । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताएका छन् । गुल्मीमा आज एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन आफूहरु कलम चिह्न लिएर अघि बढेको उल्लेख गरे । गुल्मीको सन्दर्भमा उनले एमालेबाहेकका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको जानकारी दिए । रासस पुरा पढौ

प्रधानमन्त्री देउवासँग चिनियाँ परराष्ट्रमन्त्री वाङको भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ एक घण्टा भएको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिए । भेटमा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायत विषयमा कुरा उठान भएको उनले बताए । चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत… पुरा पढौ

बिटी कपको तयारी तिब्र

पोखरा । बुद्धटोल युवका क्लबले आयोजना गर्ने १५ औं बिटी कप पाँचौं विरेन स्मृति सेभेन ए साइड खुल्ला नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको तयारी तिब्र पारेको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी १८ गते देखि २४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तिब्र पारिएको आज (शनिबार) पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । प्रतियोगिताको प्रचारप्रसार संयोजक अमृत गुरुङले सो प्रतियोगिताको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त… पुरा पढौ

बागलुङ समाज पोखरामा शर्मा

पोखरा । बागलुङ समाज पोखरामा डिल्लीप्रसाद शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनिएको छ । शनिबार भएको समाजको २१ औं साधारणसभा तथा ११ औं अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ समिति चुनेको हो । समितिको उपाध्यक्षमा ठाकुरप्रसाद सापकोटा, सचिव नरेश सुवेदी, सहसचिव मीना थापा र कोषध्यक्षमा भवानीशंकर शर्मा छन् । सदस्यमा बालकृष्ण सापकोटा, गंगाबहादुर पुन, तीलकबहादुर थापा, प्रकाश मल्ल, लक्ष्मी सापकोटा र हरि सुनार छन् । समाजका अध्यक्ष सुनिल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेल, जिल्ला अदालत कास्कीका न्यायाधीश… पुरा पढौ

‘एक्स्पर्ट ग्राण्ड एजुकेसन फेयर’ पोखरामा सम्पन्न

पोखरा । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसको आयोजनामा ‘एक्स्पर्ट ग्राण्ड एजुकेसन फेयर’ पोखरामा सम्पन्न भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि लक्षित गर्दै आयोजना गरिएको फेयरमा ५ सय जना विद्यार्थी सहभागी भएको आयोजक संस्थाका प्रवन्ध निर्देशक रमेश थापाले जानकारी दिए । विशेष गरि उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, युके, क्यानडा र युएसए जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित आयोजना गरिएको फेयरमा विदेशस्थित प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसंगै सहभागीले प्रत्यक्ष भेटेर त्यसको बारेमा जानकारी लिएको प्रवन्ध… पुरा पढौ

जाल्पादेवी तायःमचामा जुद्दमान

पोखरा । पोखरामा रहेका नेवार समुदायको संयुक्त संस्था जाल्पादेवी तायः मचाको दशौ अधिवेशनले जुद्दमान जोशीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्व कुमार विजुक्छे, सचिव भगवान विजुक्छे, कोषाध्यक्ष अशोक श्रेष्ठ, सदस्यहरुमा जिवन श्रेष्ठ, केदार कुँवर, राजकुमार ठुसाजु, राजेन्द्र जोशी, श्रवणलाल जोशी, राजेन्द्र श्रेष्ठ, श्रीप्रसाद श्रेष्ठ रहेका छन् । त्यस्तै महिला मिसा पुचको अध्यक्षमा सविना विजुक्छे, उपाध्यक्ष इन्द्र श्रेष्ठ, सचिव सजना विजुक्छे, कोषाध्यक्ष विन्धवरी श्रेष्ठ र सहसचिवमा सङ्गिता बाटाजु चयन भएका छन् । यस्तै युवा पुचातर्फ अध्यक्षमा राजिव श्रेष्ठ,… पुरा पढौ

जन्मगाउँ राम्चे पुगेर मुख्यमन्त्री पोखेरेलले सम्झे बाल्यकाल

तनहुँ । जन्मठाउँ कसलाई प्यारो लाग्दैन र रु आफू जन्मेको घर आँगन, अनि खाइखेली गरेका भीरपाखा, बाल्यकालका साथीभाइ । साँच्चिकै विगत सम्झँदा मन पुलकित हुन्छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बिहीबार जन्म गाउँ तनहुँको राम्चे पुगे । खाली खुट्टा कुदेका खरबारी, साथीभाइसँग खेलेको आँगन, भैंसी चराएको पाखो देखेर उनी रमाइ । उनीसँगै थिए दाजु रामचन्द्र र भाइ जगदीशचन्द्र पोखरेल । विगत सम्झँदै उनले दाजुतिर हेरेर भने, ‘दाइ हामीभन्दा अलि सिनियर उहाँको खेल्ने टिम फरक थियो, हाम्रो फरक, हामी गाईभैंसी चराउँदै… पुरा पढौ

जनप्रेमी विद्यालयलाई घान्द्रुक समाज जापानको आर्थिक सहयोग

पोखरा । अन्नपूर्ण गाउँपालिका १०/११ मा रहेको जनप्रेमी आधारभुत विद्यालयलाई ब्रेज मेश्रो घान्द्रुक समाज जापानले आर्थिक सहयोग गरेको छ । जिर्ण रहेको विद्यालयको व्यवस्थापन र संरक्षणको लागि ब्रेज मेश्रो घान्द्रुक समाज जापानले १ लाख ६६ हजार १ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो । समाजका पूर्व अध्यक्ष बुद्धि गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर विक, प्राध्यानाध्यापक बाबुराम सापकोटा र विद्यालय निर्माण समितिका संयोजक सोम गुरुङलाई संकलित सो रकम हस्तान्तरण गरे । रकम ग्रहण गर्दै विद्यालयका प्रध्यानाध्यापक बाबुराम सापकोटाले सहयोगको… पुरा पढौ

मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा शैक्षिक सामाग्री वितरण

पोखरा । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले आफ्नो २३ औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनका अवसरमा ३ लाख ८० हजार बराबरको छात्रवृत्ती र शैक्षिक सामाग्री वितरण गरेको छ । कास्कीका विभिन्न सरकारी विद्यालयका गरिब तथा जेहेन्दार १४ जना कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई १ लाख ४० हजार छात्रवृत्तीका लागि नगद र ६ विद्यालयलाई २ लाख ४० हजार बराबरको गणितिय र सामाजिक शिक्षा सामाग्री प्रतिष्ठानले वितरण गरेको हो ।शैक्षिक सामाग्री पाउने विद्यालयमा माछापुच्छ्रे मावि सार्दिखोला, निष्पक्ष मावि हुम्दी, कालिका… पुरा पढौ

मानव अधिकार रक्षक सञ्जाल गण्डकीको संयोजकमा जिसी

पोखरा । मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको संयोजकमा लक्ष्मी जिसी चयन भएकी छन् । सञ्जालको शनिबार पोखरामा सम्पन्न पहिलो बैठकले बाग्लुङकी जिसीको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको सह–संयोजकमा कास्कीका रामबहादुर पौडेल, महसचिवमा पर्वतका माधव पौडेल, सचिवमा नवलपुरका खड्कमान मानन्धर, कोषाध्यक्षमा लमजुङका चन्द्रबहादुर मिश्र चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा मिनकाशी गुरुङ (मनाङ), पुष्पा शेरचन (मुस्ताङ), हरिप्रसाद पौडेल(म्याग्दी ), कल्पना पौडेल (तनहुँ), ओमप्रसाद शर्मा (स्याङ्जा), हरेराम उप्रेती (गोरखा) छन् । यस्तै समितिले अपाङ्गता समुहका अन्जना… पुरा पढौ