समाचार

नेपाल विकास समाज लेखनाथमा मधुमेह बारे सचेतना जगाउँदै

पोखरा, चैत १२ नेपाल विकास समाजले साविक लेखनाथमा मधुमेह रोगबारे सचेतना जगाउँदै आएको छ । गैरराजनीतिक र गैरनाफामूलक संस्था नेपाल विकास समाजले साविक लेखनाथ नगरपालिका र हालको पोखरा महानगरपालिका वडा नम्बर २६ देखि ३३ सम्मका वडाहरुमा मधुमेह रोगबारे सचेतना जगाउने काम गरिरहेको हो । समाजले मधुमेह के हो र यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा स्थानियको घर÷गाउँमै पुगेर सचेतना जगाउने गरेको समाजका कार्यक्रम संयोजक पवित्रमणी सोतीले जानकारी दिए । उनका अनुसार मधुमेह तीन फरक उमेर समूहलाई हुने गर्छ । वंशाणुगत मधुमेह… पुरा पढौ

पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न

कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विमानस्थलको मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सकिएपछि चिनियाँ निर्माण कम्पनी सिएएमसीइले हस्तान्तरण गर्ने भएको छ । चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई हस्तान्तरण… पुरा पढौ

सङ्क्रमणको खतरा रहेकाले स्वास्थ्य मापदण्डको परिपालना अनिवार्य: अध्यक्ष तिमिल्सिना

जनकपुर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुसँग आग्रह गरेका छन्। विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ सङ्क्रमणको खतरा अझै कायम रहेकाले स्वास्थ्य मापदण्डको परिपालना गर्नुपर्ने बताएका हुन् । जनतामा मत माग्न जाँदा विकास र समृद्धिका नारा मात्र होइन कोभिड–१९ बारे जोगिने विषयमा जनचेतनासमेत फैलाउन आग्र्रह… पुरा पढौ

बुबाको काजक्रियामा ६ छोरी

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् । स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उनका छ जना छोरीले हिन्दु संस्कारअनुसार दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की सेतो वस्त्रमा काजक्रिया गरेका हुन् । एकातिर शिक्षा र चेतनाको कमीले बुबाआमाको मृत्युपश्चात् काजक्रियामा छोरा नै चाहिन्छ भन्ने पुरानो चलन छ भने विस्तारै मानिस पनि शिक्षित बन्दै गएपछि छोरासरह नै छोरीले जिम्मेवारी पूरा गर्न काजक्रिया बसेको साहिली छोरी प्रेमकुमारी बताए ।… पुरा पढौ

महिला विश्वकप क्रिकेट: अपराजित अष्ट्रेलिया

आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियाले लगातार सातौं खेलमा जित हात निकालेको छ। न्यूजिल्यान्डको वेलिङटनमा भएको खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै लगातार ७ खेल जितेको हो। अष्ट्रेलियाले जितका लागि चाहिएको १ सय ३६ रनको लक्ष्य ३२ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो। अष्ट्रेलियाको जितमा बेथ मुनीले अविजित रहँदै सर्वाधिक ६६ रनको योगदान गरिन्। बंगलादेशका लागि सलमा खातुनले सर्वाधिक ३ विकेट लिइन्। यसअघि, पहिले ब्याटिङ गरेको बंगलादेशले ४३ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाएर १ सय ३५… पुरा पढौ

२०२३ बाट महिला आईपीएल गर्ने तयारी

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले महिलाको इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०२३ बाट सुरुआत गर्ने तयारी गरेको छ। बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले २०२३ बाट महिलाको आईपीएल सुरु गर्न लागिएको बताएका छन्। पहिलो संस्करणमा ५ देखि ६ टिमको सहभागिता रहने बताइएको छ। महिला आईपीएलका लागि ४ पुरुष आईपीएल टोलीले टिम बनाउन चासो राखेको बताइएको छ। पुरुषको आईपीएल आज (शनिबार) बाट सुरु हुँदैछ। यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ। खेलपाटीमा समाचार छ। पुरा पढौ

आईपीएल आजबाट, उद्घाटनमा चेन्नई र कोलकत्ता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट आज (शनिबार)बाट सुरु हुँदैछ। आईपीएल अन्तर्गत पहिलो दिन शनिबार एक (उद्घाटन) खेल मात्रै हुनेछ। वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ। चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ। आज दुबै टोली जित निकाल्दै नयाँ सिजनमा सुखद सुरुआत गर्न चाहन्छ। चेन्नई र कोलकत्ताबीचको खेलमा चेन्नई हाबी हुँदै आएको छ। गत संस्करण दुबै भेटमा चेन्नईले जित निकालेको थियो। यस पटकको आईपीएलमा १० टोलीको सहभागिता… पुरा पढौ

साफ यु–१८ महिला च्याम्पियनसीपः भारतलाई उपाधि

भारतले साफ यु–१८ महिला च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ। जमसेदपुरमा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–० ले पराजित भएपनि घरेलु टोली भारत च्याम्पियन बनेको हो। बंगलादेशको जित मोस्ट अक्लिमा खातुनले ७४ औं मिनेटमा निर्णायक गोल गरिन्। तर, गोल अन्तरमा अघि रहेको भारतले शीर्ष स्थानमा रहदै उपाधि जितेको हो। भारतले ४ खेलमा ९ अंक जोड्यो। बंगलादेशले पनि ४ खेलमा ९ अंक जोड्यो। तर, गोल अन्तरमा भारत शीर्ष स्थान रहेको हो। प्रतियोगितामा नेपाल जितविहीन बनेको थियो। पुरा पढौ

नेपालले पाहुना टोली पपुवा न्युगिनीसँग दोस्रो टेस्ट खेल्दै

नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज (शनिबार) पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा बिहान ९ः३० बजे पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ। नेपाल आज पपुवा न्युगिनी –पीएनजी) लाई हराउँदै सिरिज बराबरी गर्न चाहन्छ। पहिलो खेल गुमाएको कारण नेपाललाई दोस्रो खेलमा दबाब थपिएको छ। सिरिज जोगाउन नेपाललाई जित्नैपर्ने दबाब छ। पपुवा न्युगिनी (पीएनजी) पनि नेपाललाई हराएर सिरिज कब्जा गर्न चाहन्छ। एकदिवसीय र त्रिदेशीय टी–२० सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो। मैदान टियु… पुरा पढौ

राष्ट्रिय भलिबलः गण्डकी प्रदेश सेमिफाइनमै रोकियो

गण्डकी प्रदेश धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमै रोकिएको छ।सेमिफाइनलमा पुलिस बाधक बनेसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।क्वाटरफाइनलमा बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सोझो सेटमा हराएर हौसिएको गण्डकी सेमिफाइनलमा विभागीय पुलिससँग २–३ को प्रतिस्पर्धात्मक सेटमा स्तब्ध बन्यो।शुक्रबार बिहान भएको दोस्रो सेमिफानल खेलमा गण्डकी पुलिससँग १६–२५,१९–२५, २५–२२, २५–२३ र १२–१५ ले स्तब्ध बन्यो। उक्त खेलको ‘म्यान अफ द म्याच’ पनि पुलिसकै रविन चन्द बने।प्रतियोगिताको उपाधिका लागि भने २ विभागीय त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्नेछ। फाइनल… पुरा पढौ