समाचार

सरकारको प्रवक्तामा गृहमन्त्री अर्याल,जाँचबुझ आयोगको म्याद २० दिन थप

नेपाल सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ आयोगको समय २० दिन थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले आयोगको अवधि थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक ९एआइजी० विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको तीन… पुरा पढौ

नेसनल प्याव्सन कास्कीको विद्यार्थी अभिमुखीकरण

गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्कीले विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विहिवार लेखनाथमा शैक्षिक सत्र २०८२ मा कक्षा १० अध्ययन गर्दै गरेका आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।नेसनल प्याव्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संयुतm राष्ट्र संघद्वारा मान्यता प्राप्त अन्तर्राष्ट्रिय बाल विकास कार्यक्रमका प्रशिक्षक उत्तम दाहालले विद्यार्थीहरुलाई अध्ययनमा रुचि जगाउनका लागि अपनाउनु पर्ने तरिकाहरु, प्रगतिका बाधकहरु र तिनका समाधानका उपायहरु समेत वताउँदै अभिमुखीकरण कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए… पुरा पढौ

एलायन्स क्लवका अन्तर्राष्ट्रिय प्रेसिण्डेन्ट सक्सेना पोखरामा

एसोसियसन अफ एलायन्स क्लव अन्तर्राष्ट्रियका प्रेसिण्डेन्ट राजकुमार सक्सेनासहितको टोली पोखरा आएको छ । शुक्रबार पोखरामा हुने क्लव डिष्ट्रिक १०५५ नेपालको शुभारम्भ सहित पदस्थापन कार्यक्रममा सहभागि हुन प्रेसिण्डेन्ट सक्सेना, फाउण्डर प्रेसिण्डेन्ट तिरुपति वुढाराजु, भाईस प्रेसिण्डेन्ट राजेश्वर राव, डिष्ट्रिक १०५ साउथ मल्टिपलका डिष्ट्रिक गभर्नर उषरानी अटलुरीसहितको टोली बुधबार साँझ पोखरा आईपुगेको क्लवका प्रचार संयोजक पोषराज पौडेलले जानकारी दिए ।टोलीलाई पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमा प्रस्तावित डिष्ट्रिक १०५५ का प्रस्तावित डिष्ट्रिक गर्भनर थिरबहादुर थापा,भाईस डिष्ट्रिक गर्भनर डा लक्ष्मण तिमिल्सीना, सिष्टर क्लवका चार्टर प्रेसिडेण्ट कल्पना… पुरा पढौ

आइसिसी महिला टी २०:नेपाल नेदरल्याण्ड्ससँग पराजित

आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित भएको हो । यो जितसँगै समूह बी मा रहेको नेदरल्याण्ड्सले तीन खेलबाट छ अङ्क जोडेको छ । आजको हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ । नेपाल यसअघि पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८… पुरा पढौ

नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको उमेद्वार सभापति गगन थापा

नेपाली कांग्रेसले प्रधानमन्त्रीको उमेद्वार सभापति गगन थापालाई घोषणा गर्ने भएको छ । विशेष महाधिवेशनकाट सभापतिमा सर्वसम्मत चयन भएका थापालाई भोलि बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको उमेद्वार घोषणा गर्ने स्रोतले बताएको छ ।सर्लाही ४ बाट उमेद्वारी दर्ता गरेका थापा पार्टीको बैठक सकेर मात्र आफ्नो निर्वाचन क्षेत्रमा जाने तयारी गरेका छन् । उमेद्वार छनोटमा व्यस्त भएपछि उनले गत मंगलबार वारेश मार्फत उमेद्वारी दर्ता गराएका थिए ।सर्लाही ४ मा उनको प्रतिस्पर्धा कांग्रेसबाट स्वतन्त्र हुँदै रास्वपा प्रवेश गरेका डा अमरेश कुमार सिंहसँग हुनेछ… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचन:उम्मेदवारमाथिको उजुरी जाँच गरि नामावली प्रकाशन गरिने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । गत मंगलबार मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी आज अपरान्ह ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो ३ बजेदेखि नै सुरु भएको हो । यो क्रम आज बेलुका ५ बजेसम्म जारी रहने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिने… पुरा पढौ

म्याग्दीको लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा १२९ मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माणका लागि रु दुई करोड ९६ लाख ३४ हजार ८३७ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना कार्यालयका इन्जिनियर नरजङ गुरुङले बताए । चालु आर्थिक वर्षभित्र कम्पोजिट पर्खाल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको उनले बताए । इन्जिनियर गुरुङले चालु आवमा लामाखेतसहित… पुरा पढौ

कस्केली अधिकृत समाजको साधारणसभा तथा अधिवेशन हुने

कस्केली अधिकृत समाजको ११ औं साधारणसभा एवम् आठौं अधिवेशन यही माघ १० गते हुने भएको छ । पोखराको बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा साधारणसभा एवम् अधिवेशन गर्ने गरी तयारी गरिएको समाजका सचिव महेश पौडेलले जानकारी दिए । अधिवेशनका अवसरमा समाजको प्रकाशन अधिकृत आवाज २०८२ (अङ्क ११) लोकार्पण समेत गरिने उनले बताए । अधिकृत आवाजको प्रधान सम्पादकमा दुुर्गाबहादुर शाह ‘बाबा‘,सम्पादकहरूमा चन्द्रबहादुर सुवेदी, देवेन्द्र केसी ‘देवुु’, ऋषिराम लामिछाने र वसन्त चालिसे रहेका छन् । त्यस्तै अधिकृत आवाजको प्रकाशन तथा व्यवस्थापन समितिको संयोजकमा महेश… पुरा पढौ

राधाकृष्ण बृद्धाश्रममा सहयोग

पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा विभिन्न सहयोग प्राप्त भएको छ । पोखरा महानगरपालिका समाजिक विकास शाखाको बृद्धाश्रम सहयोग कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँ लागतका सीरक, डसना, ग्याँस, तेल, प्लेट, हटकेश लगायतका समाग्री सहयोग गरिएको हो ।बृद्धाश्रममा आज आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले समाग्री हस्तान्तरण गरे । बृद्धाश्रमको सहयोगका लागि वडाका तर्फबाट निरन्तर साथ र सहयोग हुने उनले विश्वास व्यक्त गरे । राधाकृष्ण बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछाने र संस्थापक… पुरा पढौ

दुर्घटनामा ज्यान गुमाएका भोजपुरका घिमिरे परिवारलाई स्पेन स्थित दोनोस्ती समाजको सहयोग

स्पेनमा पाँच महिना अघि भएको सडक दुर्घटनामा परि दिवंगत भएका भोजपुर निवासी स्व.पदम घिमिरेको परिवारको सहयोगका लागि नेपाली समाज दोनोस्ती पाइसभास्कोको पहलमा संकलन गरिएको आर्थिक सहयोग रकम सहयोग गरिएको छ । सन् २०२५ अगस्ट २६ तारिख स्पेनको आलबाथेते क्षेत्रमा भएको सडक दुर्घटनामा परि पदम घिमिरेको निधन भएपछि उहाँको परिवार आर्थिक रूपमा निकै कठिन अवस्थामा पुगेको छ । यही अवस्थालाई मध्यनजर गर्दै दोनोस्ती समाजले आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो।संकलित रकममध्ये नेपाली रुपैयाँ १ लाख ४ हजार ४५ रुपैयाँ स्व. घिमिरेकी… पुरा पढौ