समाचार

प्रतिभा माविमा सरस्वती पूजासँगै अक्षरारम्भ

पोखरा । पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका अवसरमा आज सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम गरेको छ । विद्यालयले विद्यालयमै सरस्वती पूजासहित नवआगन्तुक बालबालिकाहरुलाई अक्षरारम्भ गराएको हो । सो अवसरमा धार्मिक विधिअनुसार गुरुहरुले मन्त्रोच्चारण गरि महाआरतीसहित सरस्वती पूजा गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयमा आएका नवआगन्तुक बालबालिकाहरुलाई पहिलो अक्षरसँग परिचित गराउँदै औपचारिक रूपमा ज्ञानयात्राको सुरुवात गराइएको विद्यालयकी मन्टेश्वरी को–अर्डिनेटर निर्मला सुवेदीले जानकारी दिईन् । सरस्वती पूजाको दिन गरिने अक्षरारम्भ शैक्षिक संस्कारको महत्वपूर्ण अभ्यास भएकाले विद्यालयले… पुरा पढौ

टाइगर कप भलिबल शुरु, पुरुषतर्फ आर्मी र एपीएफ, महिलातर्फ न्यू डायमण्डको बिजयी शुरुवात

सन्देश श्रेष्ठपोखरा, माघ ९ पोखरामा टाइगर कप भलिबल प्रतियोगिता शुरु भएको छ । टाईगर ग्रुप अफ नेपालको आयोजनामा ‘एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु भएको हो । छैटौं संस्करणको यो प्रतियोगिताको गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लव तथा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोर्टस क्लवले बिजयी सुरूआत गरे । प्रतियोगिताको उद्घाटन… पुरा पढौ

पर्वतका कान्छा उम्मेदवार मनहरी : पर्वतको विकासमा कायापलट गर्ने भिजन र मिसन भएको नेता

सन्देश श्रेष्ठपोखरा, माघ ९ प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पर्वतबाट उम्मेदवारी दिएपछि यतिबेला चर्चाको शिखरमा छन् मनहरी तिमिल्सिना । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस विज्ञ तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य उनी पर्वतमा कान्छा उम्मेदवार भएर मात्र चर्चाको शिखरमा आएका होईन, बरु पर्वतको विकासमा कायापलट गर्ने एक स्वप्न द्रष्टा भएकालेचाहिं उनको वाहवाही भएको हो । तिनै मनहरीले शुक्रबार पोखरामा पत्रकारसँग भलाकुसारी गरे । जहाँ उनले पर्वतको विकासको भिजन र मिसन स्पष्ट पारे । करीब एक घण्टा पत्रकारसँग साक्षात्कार गरेका उनले… पुरा पढौ

देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारको मनोनयन फिर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारीअनुसार ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । यससम्बन्धी थप जानकारी आउनेक्रम जारी रहेको उनले बताए । उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको पनि… पुरा पढौ

संस्कृत माविमा पत्रकार पौडेल सम्मानित

पोखराका पत्रकार वासुदेव पौडेल सम्मानित भएका छन् । गण्डकी प्रदेशकै पुरानो विद्यालय संस्कृत माध्यमिक विद्यालयको १२५औँ अभिभावक दिवसका अवसरमा राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय प्रमुख समेत रहेका पत्रकार पौडेललाई दोसल्ला र सम्मानपत्रसहित पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मान गरे । पत्रकारिताका माध्यमबाट संस्कारसहितको शिक्षा, समाज, संस्कृति र जनसरोकारका विभिन्न विषयमा निर्भिक र निष्पक्ष रुपमा कलम चलाउँदै चेतनशील समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको हो । पौडेलसँगै… पुरा पढौ

गोरखा २ मा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट आगामी फागनु २१ गतेको निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । गोरखा नगरपालिका–८, स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्रीमार्फत डा भट्टराईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिए । उनले प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० का तर्फबाट उम्मेदवारी दिएका थिए । त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा क्षेत्र नं १ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पनि आज आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए… पुरा पढौ

मनाङमा एमालेले कांग्रेसलाई सघाउने,राप्रपाका उम्मेदवारले पनि लिए उम्मेदवारी फिर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् । एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन् । उम्मेदवारी फिर्ताको पत्र दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । अब कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसले टेकबहादुर गुरुङ र नेपाली कम्युनिष्ट पार्टीले यशोदा सुवेदी गुरुङलाई… पुरा पढौ

माघ शुक्ल पञ्चमी श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले… पुरा पढौ

छैटौं टाइगर कप भोलिदेखि, तयारी पूरा

सन्देश श्रेष्ठपोखरा, माघ ८ पोखरामा भोलिदेखि टाईगर कप भलिबल प्रतियोगिता शुरु हुँदैछ । टाईगर ग्रुप अफ नेपालको आयोजनामा भोलिदेखि ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको छैटौं संस्करण शुरु हुने भएको हो । माघ १७ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको आयोजक टाईगर ग्रुप अफ नेपालले आज पोखरा रंगशालामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिताको भोलि दिउँसो १ः३० बजे गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्ने आयोजक टाईगर ग्रुप अफ… पुरा पढौ

सरकारको प्रवक्तामा गृहमन्त्री अर्याल,जाँचबुझ आयोगको म्याद २० दिन थप

नेपाल सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ आयोगको समय २० दिन थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले आयोगको अवधि थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक ९एआइजी० विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको तीन… पुरा पढौ