नेपाली कांग्रेसले प्रधानमन्त्रीको उमेद्वार सभापति गगन थापालाई घोषणा गर्ने भएको छ ।
विशेष महाधिवेशनकाट सभापतिमा सर्वसम्मत चयन भएका थापालाई भोलि बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको उमेद्वार घोषणा गर्ने स्रोतले बताएको छ ।सर्लाही ४ बाट उमेद्वारी दर्ता गरेका थापा पार्टीको बैठक सकेर मात्र आफ्नो निर्वाचन क्षेत्रमा जाने तयारी गरेका छन् । उमेद्वार छनोटमा व्यस्त भएपछि उनले गत मंगलबार वारेश मार्फत उमेद्वारी दर्ता गराएका थिए ।सर्लाही ४ मा उनको प्रतिस्पर्धा कांग्रेसबाट स्वतन्त्र हुँदै रास्वपा प्रवेश गरेका डा अमरेश कुमार सिंहसँग हुनेछ ।गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा गएर पद बहाली गर्ने र पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
धेरै नेताहरू काठमाडौं बाहिर चुनावी अभियानमा केन्द्रीत भएकोले काठमाडौँमा उपलब्धहरू मात्रै बैठकमा सहभागी हुने बताईएको छ । सभापति निर्वाचित भए पनि गगन थापाले पहिलो र दोस्रो कार्यसमितिको बैठक होटलमै गरे । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठक पनि होटलमै गरे ।
थापा नेतृत्वको कार्यसमिति अहिलेसम्म पार्टी केन्द्रीय कार्यालय गएको छैन ।शेरबहादुर देउवा पक्षका नेताहरूले विशेष महाधिवेशन गर्न अस्वीकार गरेपछि गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेका थिए। कांग्रेसले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






