समाचार

नागढुङ्गा आमा समूह रजत वर्षमा, अक्षय कोष स्थापनाको घोषणा

पोखराको नागढुङ्गा आमा समूह २५ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा समुहले केक काटेर जयन्ती मनाएको छ । समूहका पूर्व अध्यक्षहरू पवित्रा गिरी, कमला गिरी, कमला केसी बोगटी, पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य नन्दराम गिरी, समूहका सल्लाहकार दुर्गाराज गिरी, नागढुङ्गा टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद सुवेदी, नागढुङ्गा आमा समूहका संस्थापक सनमाया गुरुङ लगायतले संयुक्त रूपमा केक काटेर शुभकामना साटासाट गर्दै रजत जयन्ती मनाएका हुन् ।रजत जयन्ती मनाउने क्रममा संस्थाले समूह स्थापना गर्दादेखि अहिलेसम्मका आरोह अवरोह… पुरा पढौ

स्थापना दिवसमा उपकार सहकारी मानवसेवा आश्रममा

पोखरा महानगरपालिका वडा नम्बर– ६ बैदाममा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ । सोही अवसरमा सहकारी संस्थाले पोखरा महानगर पालिका वडा नं– २५ मा रहेको मानवसेवा आश्रममा आश्रितहरूलाई बिहानको खाना खुवाएर सहकारीले स्थापना दिवस मनाएको हो ।अध्यक्ष सूर्यनाथ पहारीले संस्थाले विगतका स्थापना दिवसमा सामाजिक उत्तरदायित्व अन्तरगत फेवा ताल सरसफाइ, रक्तदान कार्यक्रम का साथै विद्यालयमा न्यानो कपडा वितरण गरेका स्मरण गर्दै, यो वर्ष आश्रममा निस्वार्थ भावले नाना, खाना र छानाबाट वञ्चित भएका… पुरा पढौ

दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नं १ मा ११ वटा राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार आगामी फागुन २१ हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि… पुरा पढौ

कास्कीमा ५ महिला सहित ४९ जनाको उमेद्वारी मनोनयन, ३६ देखि ५० वर्ष उमेर समूहका २६ जना

शिशिर उजाडपोखरा आगामी फागुन २१ मा हुने प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष तर्फ कास्कीमा ५ महिला सहित ४९ जनाले उमेद्वारी दर्ता गराएका छन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा मंगलबार भएको मनोनयन दर्तामा १८ वटा राजनितिक दलका ४३ जना र ६ जना स्वतन्त्र उमेद्वारले मनोनयन गरेका हुन् । जसमा ४४ जना पुरुष उमेद्वार छन् । उमेदवारी दिने ५ महिलामा रास्वपाबाट बिना गुरुङ,उज्यालो नेपाल पार्टीबाट मनिषा द्वा,नेसनल रिपब्लिक नेपालबाट तिरथ गुरुङ,नेपाल मजदुर किसान पार्टीका विनिता अवाल र मिना न्हिसुतु रहेको प्रदेश निर्वाचन… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचन: आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

मनोनयन पत्र दर्ता गरी उम्मेद्वारको सूचीमा समावेश भएका उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने छ । प्रतिनिधिसभा निर्वाचन कार्यतालिका अनुसार दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको बिरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । मंगलबार १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो । योग्यता नपुगको उम्मेदवारका विरुद्ध उजुरी दिने क्रम सुरु भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निदेशिका, २०८२… पुरा पढौ

पोखरामा ब्युटिसियनका लागि वक्तृत्वकला तालिम, आत्मविश्वास र व्यवसायिक उडानमा जोड

पोखरा।गण्डकी प्रदेशका ब्युटिसियन महिलाहरूलाई आत्मविश्वास, नेतृत्व र व्यवसायिक प्रस्तुति सशक्त बनाउने उद्देश्यसहित वक्तृत्वकला सम्बन्धी तालिम सम्पन्न भएको छ। ‘आर्थिक समृद्धिका लागि सौन्दर्य पेशाः आजको आवश्यकता’ नाराका साथ ब्यूटीपार्लर एशोसिएशन गण्डकी प्रदेशको आयोजनामा भएको तालिममा गण्डकीका विभिन्न जिल्लाबाट ६० जना ब्युटिसियनहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै एशोसिएशनकी अध्यक्ष बबिता केसी कार्कीले पेशागत दक्षता हुँदाहुँदै पनि प्रभावकारी बोल्ने कला नहुँदा व्यवसाय विस्तारमा चुनौती आउने गरेको उल्लेख गरिन्। उनले व्यवसायसँगै आत्मविश्वास र संचार कौशल बढाउने उद्देश्यले वक्तृत्वकला तालिम आयोजना गरिएको स्पष्ट पारिन्।… पुरा पढौ

लायन्स क्लब अफ पोखराद्वारा कालिका माविमा फर्निचर हस्तान्तरण

पोखरा, माघ ६ लायन्स क्लब अफ पोखरा र नेपाल लायन्स फाउन्डेसनले पोखरा महानगरपालिका–११, काहुँडाँडास्थित कालिका माध्यमिक विद्यालय लाई आवश्यक शैक्षिक सामाग्री र फर्निचर सामाग्री प्रदान गरेको छ । यी दुई संस्थाले मंगलबार उक्त सामग्रीसहित कक्षा कोठा रङरोगनका लागि आर्थिक सहयोग र असहाय बालबालिकालाई केही नगद रकमसमेत प्रदान गरेको हो। कार्यक्रममा बोल्दै लायन्स मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापा शिक्षाको गुणस्तर सुधारमा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने र साथै, लायन्स क्लबले शिक्षा, स्वास्थ्य र सामुदायिक विकासमा गर्दै आएका सामाजिक कार्यहरू प्रशंसनीय… पुरा पढौ

कास्कीका ३ क्षेत्रमा ४८ जनाको उम्मेदवारी

सन्देश श्रेष्ठपोखरा, माघ ६ कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा १६ जनाले मनोनयन दर्ता गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तोकिएको मंगलबार अपराह्न ५ बजेसम्ममा कास्की–१ मा १५ वटा राजनीतिक दल र एक जना स्वतन्त्र गरेर १६ जनाले उम्मेदवारी दर्ता गरेका कास्की–१ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ १४ पुरुषले उम्मेदवारी दिदा एक मात्र महिला उम्मेदवारले उम्मेदवारी दिएका छन् । कास्की–१ मा नेपाली कांग्रेसबाट तीलक रानाभाट, नेकपा एमालेबाट बैनबहादुर अधिकारी क्षेत्री, नेपाली कम्युनिष्ट… पुरा पढौ

कास्कीका ३ क्षेत्रमा ४८ जनाको उम्मेदवारी

सन्देश श्रेष्ठपोखरा, माघ ६ कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा १६ जनाले मनोनयन दर्ता गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तोकिएको मंगलबार अपराह्न ५ बजेसम्ममा कास्की–१ मा १५ वटा राजनीतिक दल र एक जना स्वतन्त्र गरेर १६ जनाले उम्मेदवारी दर्ता गरेका कास्की–१ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ १४ पुरुषले उम्मेदवारी दिदा एक मात्र महिला उम्मेदवारले उम्मेदवारी दिएका छन् । कास्की–१ मा नेपाली कांग्रेसबाट तीलक रानाभाट, नेकपा एमालेबाट बैनबहादुर अधिकारी क्षेत्री, नेपाली कम्युनिष्ट… पुरा पढौ

बसको ठक्करबाट तनहुँमा एक पैदलयात्रीको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दमौलीबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८१४ नम्बरको बसले ठक्कर दिँदा सोमबार सॉझ एक पैदलयात्री घाइते भएका थिए । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । अन्दाजी २५÷३० वर्षीय पुरुषको हालसम्म नाम, थर र वतन खुलेको छैन । उनी विगत २–३ दिनदेखि अकला मन्दिर परिसरमा देखिँदै आएका थिए । दुर्घटनापछि घाइतेलाई तत्काल उपचारका लागि… पुरा पढौ