समाचार

१०४ मेगावाट क्षमताको तल्लो सेती आयोजना निर्माण गर्ने

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । कम्पनीले १०४ मेगावाट क्षमताको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । तनहुँ जलविद्युत् आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।… पुरा पढौ

स्पार्क वि एण्ड डि हस्पिटलद्धारा दुईदिने निशुल्क स्वास्थ्य शिविर हुदै

कास्की । पोखरा स्थित स्पार्क वि एण्ड डि हस्पिटलले दुईदिने निशुल्क स्वास्थ्य शिविरको ओायोजना गरेको छ । हिडेरै घरमा जाँदा खुशीको मुहार, प्यारालाइसिसका विरामीहरुको उत्कृष्ट उपचार, हाम्रो प्रण प्यारालाईसिसका विरामीहरुलाई हिडाएरै घरमा पठाउने भन्ने मुल उद्देश्यका साथ हस्पिटलले फागुन २० र २१ गते उक्त शिविरको आयोजना गरेको हो । शिविरमा काठमाडौका विशेषज्ञ डाक्टरहरुबाट बाथरोग युरिक एसिड हडिड खिइएका ,प्यारालाइसिसका शरिरको एकहर नचल्ने ,ढाडमा नशा च्यापिएका ,पायल्स रोग भएका विरामीहरुको निशुल्क परिक्षण तथा उपचार गरिने भएको छ । साथै विभिन्न परिक्षण… पुरा पढौ

युक्रेनको सर्मथनमा समाजवादी विद्यार्थी युनियन कास्कीको शान्तिपूर्ण प्रर्दशन

पोखरा । रुस–युक्रेनबीच तनाव शान्तिपूर्ण ढंगले समाधान गराउन समाजवादी विद्यार्थी युनियन कास्कीले पहल माग गर्दै मानवअधिकार चोकमा शान्ति प्रदर्शन गरेको छ । पोखरा मानवअधिकार चोकमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा, प्रर्दशनकारीले युद्धले समस्या समाधान नहुने बताए । प्रर्दशनमा समाजवादी विद्यार्थी युनियन कास्की जिल्ला अध्यक्ष आस्था नेपालीले युद्ध छोडेर शान्तिको पक्षमा उभिनुपर्ने बताइन् । उनले शान्तिले मात्र समस्या समाधान गर्न सकिने भनाइ राखिन् । युद्धले समस्या समाधान हुँदैन हामी विद्यार्थीको जोड र धारणा यहीँ हो उनले भनिन् । साथै उनले युक्रेनमा रहेका नेपालीलाई… पुरा पढौ

आत्मरक्षाका लागि महिला सबल हुनुपर्नेः प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महिलाले आफ्नो रक्षाका लागि सामान्य सैन्य तालिम लिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बुटवलमा आयोजना गरेको मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनलाई सम्बोधनका क्रममा प्रदेश प्रमुख शेरचनले मावनअधिकारको उल्लङ्घन राज्यपक्षबाट पनि हुने गरेको जिकिर गरेका हुन्। उनले आत्मारक्षाका लागि महिला सबल हुनुपर्ने आवश्यकता औँल्याएका छन् । दलित, मुस्लिम, मधेसीलगायत सीमान्तकृत समुदाय अझै पनि अपहेलित जीवन बिताउन बाध्य भएकाले उनीहरुको मानवअधिकार सुरक्षित गराउनुपर्नेमा पनि उनले जोड दिए । लुम्बिनी प्रदेशका सांसद फकरुद्दिन खानले गरिबीका कारण कठिनाइ… पुरा पढौ

आप्रवासी कामदारको निःशुल्क दुर्घटना बीमा

बैतडी । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडीका कामदारको निःशुल्क बीमा गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गरिने भएको हो । दशरथचन्द नगरपालिका र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी कामदारको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । नगरपालिकाले कार्यविधि बनाएर आप्रवासी कामदारको बीमा गर्ने निर्णय गरेको नगरउपप्रमुख मीना चन्दले जानकारी दिए । वार्षिक एक हजार रुपैयाँमा पाँच लाखसम्मको दुर्घटना बीमा गर्न सकिनेछ । रोजगारीका लागि भारत… पुरा पढौ

जेसिबी दुर्घटनामा सहचालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१२ को खहरेस्थित केराबारीमा जेसिबी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी जेसिबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नपा ६ बस्ने १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो । निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा आज बिहान बा२क ६६१८ नंको जेसिबी माटो भासिन गई सडकबाट अन्दाजी १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । जेसिबीका चालक बाँके राप्तीसोनारी गाउँपालिका–४ बस्ने वर्ष २२ को प्रकाश चौधरी… पुरा पढौ

जिल्लामा मतदाता नामावली अद्याावधिक गरिँदै

म्याग्दी । स्थानीय तह निर्वाचनलाई लक्षित गरी म्याग्दीमा मतदाता नामावली अद्यावधिक सुरु भएको छ । निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्नका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक एवम् दाबी विरोधका लागि कार्यक्रम सञ्चालन गरेको छ । मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र वास्तविक मतदाताहरुको पहिचानका लागि अद्यावधिक अभियान सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए । निर्वाचन आयोगमा तयार भएको फोटोसहितको मतदाता नामावलीमा मतदाताका नाम र विवरणमा हुनसक्ने दोहोरोपनलगायत सबै प्रकारका त्रुटिहरु सच्याउनका लागि सबै वडा कार्यालयमा… पुरा पढौ

म्याग्दीमा चुनावी सरगर्मी बढ्यो

बेनी । आगामी वैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन म्याग्दीका राजनीतिक दलहरु सक्रिय भएका छन् । जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकासहित ४५ वटै वडाहरुमा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको स्थानीय तहको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको हो । जिल्लामा रहेका मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० लगायतले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् । राजनीतिक दलको यो अभियानसँगै निर्वाचनको सरगर्मी बढ्न थालेको छ… पुरा पढौ

तनहुँमा करेन्ट लागेर वडासदस्यको मृत्यु

तनहुँमा करेन्ट लागेर आज (शुक्रबार) वडासदस्य ओमबहादुर नेपालीको मृत्यु भएको छ। नेपाली काँग्रेस व्यास नगरपालिका–१ का ६८ वर्षीय वडासदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दीखोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। पुरा पढौ

पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ५ रुपियाँ बृद्धि

नेपाल आयल निगमले पेट्रल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ बृद्धि गरेको छ। त्यसैगरी, खान पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। विहीबार राती १२ बजेबाट लागू हुने सो नयाँ मूल्य सूचिअनुसार पेट्रोलको प्रतिलिटर खुद्रा मूल्य १५० कामय गरिएको छ। त्यस्तै, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर १३३ रूपैयाँ कायम गरिएको छ। पुरा पढौ