समाचार

रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे

जेनेभा । युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (UNHCR) ले बिहीबार जनाएको छ। आफ्नो ट्विटर ह्यान्डलमा (UNHCR) उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ। उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू ( डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाब युद्धमा परिणत भएको छ ।… पुरा पढौ

बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि

धरान । २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन । प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । उनका अनुसार काठमाडौँमा हालै सम्पन्न भएको सहिद स्मारक लिगको उत्कृष्ट तीन टिम सहभागी हुनेछन् । भारतका दुई क्लब र मोफसलको अन्य दुई उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने अध्यक्ष उनले जानकारी दिए ।… पुरा पढौ

एमालेलाई संसद अवरोध हटाउन सत्ता गठबन्धनको आग्रह

काठमाण्डौं । सत्तागठबन्धन दलहरुले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् लामो समयसम्म सुचारु नहुँदा जनतामा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्छ भन्ने बारेमा छलफल भएको बताए । उनले भने, “बैठकले प्रमुख प्रतिपक्ष दललाई संसद्लाई सञ्चालन गर्न राष्ट्रका यावत समस्याको… पुरा पढौ

फूलबारी–पूवाडाँडा सडक कालोपत्र

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका– ३ स्थित फूलबारी–पुवाडाँडा सडक कालोपत्र गरिएको छ । गाउँपालिकाको केन्द्रदेखि सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्र गर्ने नीतिअनुरुप वडा नं ३ सम्म पुग्ने सडक कालोपत्र गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिए । “स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य, पुशपक्षीजन्य उत्पादनको बजारीकरणकासाथै मानिसलाई आवातजावतमा पनि सहजता पुग्ने गरी सडक कालोपत्र गरेका हौं” उनले भने, “ग्रामीण भेगलाई बजारसँग र बजारलाई ग्रामीण भेगसँग जोडी सामाजिक तथा आर्थिक विकासमा यस सडकले महत्वपूर्ण भूमिका खेल्ने छ ।” डेढवर्ष अघि… पुरा पढौ

पराजुली कुल समाजमा नवराज

लमजुङ । पराजुली कुल समाज लमजुङ – ५ मध्यनेपालको अध्यक्षमा नवराज पराजुली चयन भएका छन् । समाजको पराजुलीबेंसीमा हालै सम्पन्न भएको भेलाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको नवनिर्वाचित अध्यक्ष पराजुलीले जानकारी दिए । समाजको उपाध्यक्षमा शारदा विनोद पराजुली , सचिवमा धर्मशाली पराजुली र कोषाध्यक्षमा ललिता पराजुली चयन भएका छन् । यस्तै समाजको सदस्यहरुमा विष्णुराज पराजुली, जयविलास पराजुली, रुकमणी पराजुली, विष्णु पराजुली र दिपक पराजुली चयन भएका हुन् । समाजका सदस्य विष्णुराज पराजुलीले कुल मन्दिर निर्माणका लागि जग्गा दिने… पुरा पढौ

प्रेस चौतारी गण्डकीको पहिलो अधिवेशन पोखरामा आज

प्रेस चौतारी गण्डकीको प्रथम अधिवेशन आज (बिहीबार) पोखरामा हुँदैछ। पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा हुने अधिवेशनमा गण्डकी प्रदेशभरका ११ जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षक गरी २ सय ५० जना सहभागी हुनेछन्। गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री, नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। अधिवेशनले प्रेस चौतारी गण्डकीको नयाँ नेतृत्व समेत चयन गर्नेछ। सोही अवसरमा १७ जना अग्रजलाई सम्मान गरिने जनाइएको छ।वर्तमान केन्द्रिय उपाध्यक्ष गणेश पाण्डे, गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण शर्मा, सह–इन्चार्ज श्यामनाथ कुँवर, केन्द्रीय पूर्व वरिष्ठ… पुरा पढौ

फोनिज गण्डकीमा रुद्र श्रीष मगरको नेतृत्व

पत्रकार रुद्र श्रीष मगरले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको नेतृत्व सम्हालेका छन्। फोनिज गण्डकीको हालै सम्पन्न अधिवेशनले श्रीष मगरलाई अध्यक्षमा चुनेको हो। खुल्ला उपाध्यक्षमा खिमा गुरुङ र महिला उपाध्यक्षमा सूर्यकुमारी महतो निर्वाचित भएका छन्। महासचिवमा धनबहादुर गुरुङ (सुमन) निर्वाचित भएका छन्। त्यस्तै, संस्थागत सचिवमा सुसन गाहामगर (सुशान्त), संगठन सचिवमा विजय राना र कोषाध्यक्षमा रामकुमारी गुरुङ (रत्न) छन्। त्यसैगरि, खुल्ला सदस्यहरुमा गणेश गुरुङ (सुरेन), कृष्णबहादुर आले, चेतबहादुर थापा, मनलाल गुरुङ, शारदा श्रेष्ठ, टोपबहादुर रानामगर छन्। संस्थागत सदस्यमा गीता रानामगर र… पुरा पढौ

इङ्लिस क्लबका मालिक रोमनले चेल्सी बेच्दै

प्रिमियर लिग क्लब चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले क्लब बेच्ने भएका छन्। रोमनले बुधबार एक विज्ञप्ति निकाल्दै आफूले चेल्सी बेच्ने निर्णय गरेको बताएका छन्। लण्डन क्लबका मालिक रोमनले क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको जनाएका छन्। रोमनले २००४ मा चेल्सी किनेका थिए। तर, हालै उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ। उनी ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका थिए। उनको भिषा अवधि सकिएको छ। युक्रेनमाथि रुसले आक्रमण थालेपछि बेलायतले रुसी नागरिकलाई भिषा दिन आनाकानी गरिरहेको छ। त्यही कारण… पुरा पढौ

युक्रेनी डिफेन्डर यारोस्लावले रसियन क्लब छाडे

युक्रेनी डिफेन्डर यारोस्लाव राकित्स्कीले रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्ग छाडेका छन्। रसियन प्रिमियर लिग क्लबले डिफेन्डर यारोस्लावले क्लब छाडेको जनाएको छ। पिटर्सवर्गले आपसी समझदारीमा यारोस्लावले क्लब छाडेको जनाएको छ। रुसले युक्रेनमाथि आक्रमण गरेपछि उनले क्लब छाडेका हुन्। ३२ वर्षीय डिफेन्डर २०१९ को जनवरीमा रसियन क्लब आएका थिए। त्यसअघि, उनी युक्रेनी क्लब शाख्तर डोनेट्स्कमा रहेका थिए। यारोस्लावले पिटर्सवर्गका लागि १ सय ८ खेलमा ७ गोल गरेका छन्। २०१९ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका उनले युक्रेनका लागि ५४ खेल खेलेका थिए। पुरा पढौ

एप्पल, गुगल, नाइकीसहित दर्जनौँ कम्पनीले रुससँगको सम्बन्ध तोडे

रुसमा आफ्ना सम्पूर्ण उत्पादनको बिक्री वितरण बन्द गर्ने विश्वको पछिल्लो महत्वपूर्ण कम्पनीमा ’एप्पल’ रहेको छ। रुसबाट युक्रेनमा भएको आक्रमणको विरोध जनाउँदै चर्चित अन्तर्राष्ट्रिय कम्पनीहरूले धमाधम रुससँगको सम्बन्ध तोड्न थालेका छन्। विशाल प्रविधि कम्पनी एप्पलले भनेको छ, ‘रुसी आक्रमणलाई लिएर हामी निकै चिन्तित छौँ। हिंसा भोग्न बाध्य सबैका पक्षमा यो कम्पनी उभिएको छ।’ यस कम्पनीले रुसमा ’एप्पल पे’ र अन्य सेवाहरू जस्तै ’एप्पल म्याप्स’ मा सीमित पारेको छ। अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ’नाइकी ’ले युक्रेन द्वन्द्वबारे कुनै पनि टिप्पणी गरेको छैन। तर,… पुरा पढौ