पोखरा । लमजुङको इशानेश्वर महादेब मन्दिर करापुटारमा शिबरात्रीको अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ५ सय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्।रिजनल हस्पिटल पोखरा जिरो किलो मिटरको आयोजना तथा इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिती र इशानेश्वर हेल्थ पोष्टको समन्वयमा शिबरात्री एकदिने विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। शिविरमा हस्पिटलका मेडिकल डाइरेक्टर कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.सरोजचन्द्र दाहाल, कन्सल्टेन्ट फिजिसियन डा.कृष्णराज अधिकारी, मेट्रन प्रमिला श्रेष्ठ, इन्चार्ज बिन्दु कुवॅंर, स्टाफ नर्स सगुन गुरुङ, सुदिप्ता घिमिरे लगायतकाको सहभागिता रहेको…
पुरा पढौ