समाचार

बसपार्क निर्माणमा अनियमितता:उपमेयरसहित प्राविधिक निलम्बित

पोखरा । बागलुङ बसपार्क निर्माणमा अनियमितता गरेको भन्दै बागलुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्का निलम्बनमा परेका छन् । बसपार्क निर्माणमा फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वभाविक रुपमा परिवर्तन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् । अनुगमन समिति प्रमुखसमेत रहेका उप–प्रमुख खड्का, बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसी, इञ्जिनियर मनोज शर्मा, सव– इञ्जिनियर घनश्याम रिजाल, बागलुङ बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनिधि शर्माबिरुद्ध मुद्धा दायर… पुरा पढौ

आज सुनको मूल्य १९ सय वृद्धि

काठमाडौं । सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । मंगलबारको तुलनामा आज तोलामा एकै दिन १९ सय रुपैयाँले बढेर सुनको मूल्य यो वर्षकै उच्च विन्दूमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकिको छ । जुन २०७७ साल भदौं ३ पछिकै उच्च विन्दु हो । त्यसदिन छापावल सुनको मूल्य एक लाख चार सय रुपैयाँमा खरिद बिक्री भएको थियो । आज यस्तै तेजावी सुनको मूल्य ९९ हजार… पुरा पढौ

आफ्नै पिताको नाममा खोलिएको संस्थालाई मुख्यमन्त्रीले गराए रजिस्ट्रेसन शुल्क छुट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पारिवारिक संस्थालाई रजिस्ट्रेसन शुल्क छुट गराएका छन्। मुख्यमन्त्री पोखरेलले मन्त्री परिषद निर्णयबाट आफ्नै पिता (बुबा)को नाममा रहेको गोवद्र्धन शर्मा स्मृति फाउण्डेसनलाई प्रदान गरिएको १ रोपनी जग्गा पास गर्न लाग्ने रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट गराएका हुन्। गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा यातायात ब्यबस्था मन्त्री कुमार खड्काले प्रदेश सरकारको सोमबार बसेको बैठकले गोवद्र्धन शर्मा स्मृति फाउण्डेसनलाई डा.जगदीशचन्द्र पोखरेलले प्रदान गरेको १ रोपनी जग्गाको रजिस्टे«सन शुल्क छुट गराउने निर्णय गरेको जानकारी दिए। गोवद्र्धन… पुरा पढौ

रुसका सिनेमा हलमा विदेशी चलचित्र नदेखाइने

रुसले युक्रेनमा आक्रमण गरेपछि वार्न ब्रोस, डिस्नी र सोनीले रुसी सिनेमाघरहरूमा चलचित्र रिलिज गर्न बन्द गरेका छन्। यस घोषणाको कारण अब पूर्व निर्धारित मितिमा प्रमुख चलचित्रहरू जस्तै ‘दि ब्याटम्यान’, ‘टर्निङ रेड’ र मोवियस’ रुसमा प्रदर्शन नहुने भएका छन्। विश्वभरिका सरकारहरूले मस्कोविरुद्ध विभिन्न प्रतिबन्ध लगाइरहेका बेला चलचित्र सम्बन्धमा पनि रुसमाथि यो कारबाही गरिएको हो। पछिल्ला दिनहरूमा विश्वका कार निर्माता र उर्जा उद्योग लगायत थुप्रै करर्पोरेसनले रुससँगको व्यापार सम्बन्ध विच्छेद गरेका छन्। वार्नर ब्रोसको ‘दि ब्याटम्यान’ रुसमा शुक्रबार रिलिज हुने कार्यक्रम थियो।… पुरा पढौ

किभमा आक्रमण गर्ने रुसको चेतावनी, खार्किभमा १० सर्वसाधारण मारिए

रुसी रक्षा मन्त्रालयले युक्रेनको राजधानी किभका वासिन्दालाई त्यहाँका विभिन स्थानमा लक्षित आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको छ। मन्त्रालयले किभ प्रविधि केन्द्रहरूमा आक्रमण गर्न लागेको भन्दै वरपरका वासिन्दालाई सुरक्षित गन्तव्यमा जान सल्लाह दिएको छ। रुसी सशस्त्र फौज सवार सवारी साधनको लस्कर निरन्तर किभतर्फ बढिरहेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियोमार्फत युरोपेली संसदमा भाग लिँदै आफूहरूलाई कसैले टुक्रयाउन नसक्ने बताएका छन्। साथै, उनले ईयूका विधायकहरूलाई युक्रेनलाई पनि ईयूमा समावेश गर्न आग्रह गरेका छन्। यसैगरी, युक्रेनको दोस्रो ठूलो सहर खार्किभको मध्यभागमा रहेको फ्रिडम… पुरा पढौ

रुसबाट ‘युद्ध अपराध’ भयोः युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसद्वारा दर्जनौँ सर्वसाधारणको ज्यान जानेगरी खार्किभ सहरमा भएको बमबारीलाई ‘युद्ध अपराध’ को संज्ञा दिएका छन्। उनले सोमबार युक्रेनकै दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा नियतवश नै सर्वसाधारणमाथि लक्षित गरी हमला भएको दाबी गरेका छन्।अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूहहरूले पनि रुसको आक्रमणको दौरान युद्ध अपराध भएको हुनसक्ने बताएका छन्। अन्तर्राष्ट्रिय अपराधिक अदालत (आइसीसी)ले जेलेन्स्कीको यस आरोपलाई लिएरै आफ्नै अनुसन्धान सुरु गर्ने तयारी गरेको छ। सोमबार राति युक्रेनका प्रधान न्यायधीश करिम खानले युक्रेनमा युद्ध अपराध वा मानवताविरुद्धको अपराध भएको हुनसक्ने… पुरा पढौ

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ। सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो। रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन्। युक्रेनका अधिकारीहरुले नै यस वार्ताले त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका छन्। वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएका छन् र उनीहरुले आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएका छन्। रुस पछिल्लो चरणमा वार्ता… पुरा पढौ

रुसी आक्रमणमा एक भारतीय विद्यार्थीको मृत्यु

युक्रेनमा भएको रुसी आक्रमणमा परी एक जना भारतीय विद्यार्थीको ज्यान गएको छ। युक्रेनको खार्किभमा मंगलबार बिहान भएको रुसी बमबारीमा कर्नाटकका २० वर्षीय नवीन शेखरप्पा ग्यानागौदरको ज्यान गएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। उनी खार्किभ नेसनल मेडिकल युनिभर्सिटीमा चौँथो वर्षमा अध्ययनरत विद्यार्थी थिए। किराना पसलको अगाडि लामबद्ध भएका बेला भएको रुसी आक्रमणमा उनको मृत्यु भएको उनी सँगसँगै होस्टेलमा बस्ने श्रीधरन गोपालकृष्ननले बताएका छन्। नवीनको शवको बारेमा आफूहरूलाई कुनै सूचना नभएको उनको भनाई छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दर्जनौँको मृत्यु भएको खार्किभको… पुरा पढौ

श्रीलंकाद्वारा रुस र युक्रेनका पर्यटकको भिसा अवधि थप

श्रीलंकाले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिसाको म्याद थप्ने निर्णय गरेको छ। उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरुको भिसाको अवधि २ महिना थप गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिले रुस र युक्रेनका बीचमा युद्ध भइरहेको छ। युद्धका कारण युक्रेनमा रहेकाहरु पनि सकेसम्म अन्य देशतर्फ जाने गरेका छन्। सरकारी अधिकारीहरुका अनुसार श्रीलंकामा अहिले रुस र युक्रेनका कुल १५ हजारभन्दा बढी पर्यटक रहेको जनाएका छन्। तीमध्ये ११ हजार ४ सय ६३ जना रुसका पर्यटक… पुरा पढौ

शान्ति विना समृद्धि र विकास गर्न सकिदैनः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले देशमा शान्ति विना समृद्धि र विकास गर्न नसकिने बताएका छन् । ८६ औं महाशिवरात्री महोत्सव शिवध्जारोहण एवं शान्ति शोभायात्रा तथा स्नेह मिलन कार्यक्रमको मंगलबार उद्घाटन गर्दै मन्त्रीले उक्त कुरा बताउनु भएको हो । ब्रह्मकुमारी इश्वरीय विश्वबिद्यालय पोखराले आयोजना गरेको उक्त कार्यक्रममा वोल्दै मन्त्री बरालले कुनै पनि देशको विकास र समृद्धिको लागि शान्ति हुनुपर्नेमा जोड दिदै देशमा अझै शान्ति स्थापना नसकेको जनाए । उनले भने “ जससम्म हामी हाम्रो मुलुक… पुरा पढौ