समाचार

युक्रेनकै ठूलो पारमाणविक भट्टी क्षेत्र रुसी नियन्त्रणमा !

रुसले युक्रेनकै सबैभन्दा ठूलो पारमाणविक भट्टी वरपरको क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ। रुसले विश्वको पारमाणविक पहरेदार निकायलाई दक्षिणी युक्रेनको निएपर नदी नजिकको जापोरिझझिया सहरस्थितको क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको हो। रुसकाअनुसार उक्त भट्टीका कर्मचारीहरू आफ्नो कार्य सामान्य ढंगले संचालन गरिरहेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले जनाएको छ। तर, युक्रेनको पारमाणविक संचालकले भने आफ्नो मुलुकका सम्पूर्ण ऊर्जा भट्टीसँग सम्पर्क रहेको र सबै स्थानमा नियमित कार्य जारी रहेको जानकारी दिएको छ। आइएइएकाअनुसार युक्रेनका १५ वटा पारमाणविक ऊर्जा भट्टीमध्ये ६… पुरा पढौ

रुसी आक्रमणबाट २ हजार बढी सर्वसाधारण मारिए: युक्रेन

युक्रेनको सरकारी निकायले एकसाता अघि रुसले आक्रमण सुरु गरेयता अहिलेसम्म आफ्ना २ हजार भन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको बताएको छ। युक्रेनको आपतकालीन सेवाले १० जना उद्धारकर्मीले पनि ज्यान गुमाएको जनाएको छ। उद्धारकर्मीहरूले रुसी गोला बारुद प्रहारका कारण लागेको ४ सय वटा भन्दा बढी आगलागी निभाएका छन्। उनीहरूले ४ सय १६ वटा विस्फोटक पदार्थलाई निष्क्रिय पारेका छन्। रुसी फौजले सयौँ यातायात क्षेत्र, आवासीय भवन, अस्पताल र किन्डरगार्टेनहरू ध्वस्त पारेको आपतकालीन सेवाले पुष्टि गरेको छ। बीबीसी पुरा पढौ

अमेरिकाले रुसी विमानलाई प्रतिबन्ध लगायो

अमेरिकी राष्ट्रपति जो बाइडेनले संसदलाई सम्बोधन गर्दै सबै रुसी उडानहरूले अब अमेरिकी हवाई क्षेत्र प्रयोग गर्न नपाउने बताएका छन्। आफ्नो सम्बोधनका क्रममा उनले यी रुसी उडानहरूमा सबै प्रकारका व्यावसायिक र निजी उडानहरू समावेश गरिएको बताए। युरोपेली राष्ट्रहरू र क्यानडाले पनि रुसका उडानमा प्रतिबन्ध लगाइसेका छन्। बाइडेनले प्रतिबन्धले रुसलाई अझ एक्लो बनाउने र अर्थतन्त्रमा ठूलो दबाब पर्ने बताए। उनले रुसी मुद्रा रुबल र स्टक बजारले आफ्नो भ्याल्यू ३०÷४० प्रतिशत गुमाइसकेको पनि औंल्याए। राष्ट्रपति बाडेनले अमेरिकीहरूलाई युक्रेनी जनताबाट प्रेरणा लिन पनि आग्रह… पुरा पढौ

युक्रेनबाट १० लाख व्यक्ति विस्थापित

रुसी आक्रमणबाटयुक्रेनबाट झण्डै १ लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले मंगलबार जनाएको छ। विस्थापितमध्ये लाखौँ मानिसहरू युरोपतर्फ शरणार्थीका रूपमा पलायन भएको बताइएको छ। ‘छिमेकी देशहरूमा भाग्नेहरूको संख्यालाई बढी ध्यान दिइएको छ, तर यो सम्झनु महत्वपूर्ण छ कि सबैभन्दा ठूलो संख्या युक्रेनभित्र नै विस्थापित अवस्थामा रहेका छन्,’ युक्रेनका लागि युएनएचसीआर प्रतिनिधि कारोलिना लिन्डहोम बिलिङले स्टकहोममा संवाददाताहरूसँग बताइन्। ‘युक्रेनभित्र विस्थापित मानिसहरूको संख्याबारेमा हामीसँग अझै भरपर्दो तथ्यांक छैन, तर हाम्रो अनुमानमा लगभग १० लाख व्यक्ति आन्तरिक रूपमा विस्थापित छन्। आक्रमण क्षेत्रबाट… पुरा पढौ

रुस र युक्रनेबीच फेरि शान्तिवार्ता हुँदै

रुस र युक्रेनबीच पुनः शान्तिवार्ता हुने भएको छ। स्थानीय समयअनुसार बुधबार साँझ दुई देशका अधिकारीबीच वार्ता हुने रुसी सरकारी समाचार एजेन्सी इतार तासले जनाएको छ। यसअघि दुई पक्षबीच सोमबार बेलारुसको गोमेल क्षेत्रमा वार्ता भएको थियो। तर, युक्रेनको सीमा नजिकको बेलारुसको पहिलो चरणको वार्ता विना निष्कर्ष टुंगिएको थियो। क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभ रुसी प्रतिनिधिमण्डल नयाँ चरणको वार्ताका लागि तयार रहेको बताएका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्कीले एकपटक पुन रुसका लागि प्रमुख बार्ताकारको भूमिका निभाउने भएका छन् । राष्ट्रपतीय… पुरा पढौ

सन्तान प्राप्तिका लागि इशानेश्वरमा ठाडो बत्ती

पोखरा । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा सन्तान प्राप्तिका लागि ६०० जनाले रातभरि जाग्राम बसेर उठेर ठाडो बत्ती बालेका छन् । लामो समयसम्म पनि सन्तान नहुँदा शिवरात्रि पर्वमा रातभरि उठेर बत्ती बाल्दा सन्तान प्राप्ति हुनाका साथै अन्य मनोकामना पूरा हुने विश्वासले देशका विभिन्न ठाउँबाट आएका यतिका सङ्ख्याका महिलाहरुले यहाँ उठेर ठानो बत्ती बालेको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले जानकारी दिए । उनले भने , “लमजुङसहित छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की,… पुरा पढौ

सुदुर पश्चिम प्रदेशका अर्थमन्त्री सहितको टोलीलाई पोखरामा स्वागत

पोखरा । सुदुर पश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री सहितको टोलीलाई गण्डकी प्रदेशको अर्थ मन्त्रालयले प्रदेश राजधानि पोखरामा स्वागत गरेको छ । अन्तर प्रदेश अवलोकन भ्रमणमा निस्केको उक्त टोलीलाई अर्थ मन्त्रालयले बुधबार मन्त्रालयमै स्वागत गरेको हो । सुदुर पश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सुडारी, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ, राज्य मन्त्री माया तामाङ बोहरा लगायतको टोलीलाई गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले खादा लगाउदै स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका अर्थ मन्त्री… पुरा पढौ

मन्त्रिपरिषद् निर्णय : सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने सरकारको प्रतिबद्धता

काठमाण्डौं । सरकारले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले गरेका निर्णय आज सार्वजनिक गर्दै नेपालको परराष्ट्र नीतिको मर्मअनुरुप छिमेकी मित्रराष्ट्र भारत र चीनलगायत अन्य कुनै पनि मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता व्यक्त गरे । सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउने मित्रराष्ट्र, दातृ निकाय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सङ्घ/संस्थाप्रति आभारसमेत प्रकट गरेको छ । मन्त्रिपरिषद्ले मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन गर्न सहज वातावरण… पुरा पढौ

स्व. अधिकारी सफल राजनीतिज्ञ– पूर्वप्रधानमन्त्री खनाल

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले स्व भरतमोहन अधिकारीले गरेको योगदानलाई नेपाली जनताले सधैँ स्मरण गरिरहने बताएका छन् । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनद्वारा आज यहाँ आयोजित स्व अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा ज्येष्ठ नागरिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले स्व. अधिकारीले सफल अर्थमन्त्रीका रूपमा थुप्रै उदाहरण प्रस्तुत गरिसकेको स्मरण गर्दै नेपाली राजनीतिमा सडक र सदनमा पनि उहाँको भूमिकाको प्रसंशा गरे । पूर्वप्रधानमन्त्री खनालले हिमालदेखि तराई तथा मेचीदेखि महाकालीसम्मका नेपाली जनताको गरिबी निवारणमा… पुरा पढौ

कोभिड अपडेट : गण्डकीमा १८ जनामा संक्रमित हुँदा ३८ जना कोरोनामुक्त

पोखरा । बुधबार गण्डकी प्रदेशमा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशका २६२ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा कास्कीका १३ जना, तनहुँ र म्याग्दीका २–२ जना र बाग्लुङका एक जना छन् । यो सहित प्रदेशमा हालसम्म एक लाख एक हजार ८९७ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्य एक लाख २०७ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा हालसम्म एक हजार… पुरा पढौ