समाचार

जेलेन्स्कीद्वारा यूरोपेली संसदको विशेष बैठकलाई सम्बोधन

ब्रसेल्स । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताए । उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए र भने, “यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका लागि उचित हुनेछ ।” उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने उनले बताए । यसैबीच मङ्गलबार पनि रूसी आक्रमणका कारण युक्रेनभरि गैरसैनिकहरूको ज्यान गइरहेका विवरण प्राप्त भइरहेका बीबीसीले जनाएको छ । उसले आक्रमण र हताहतीका सबै दाबीहरूलाई… पुरा पढौ

वीरेन्द्रनगरमा निषेधाज्ञा हटाइयो

सुर्खेत । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगरमा सोमबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा हटाएर केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज साँझ ७ बजेसम्म लगाइएको निषेधाज्ञाको सट्टा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् । साँझ ७ बजेदेखि लागू हुने गरी वीरेन्द्रनगरका हटिलाइन, हटियचोक, मङ्गलगढी चोक र एरिचोकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । ती क्षेत्रमा पाँच जनाभन्दा… पुरा पढौ

एमसिसीमा द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न अध्यक्ष ओलीको आग्रह

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग मिलीनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने बताएको छ । एमालेले एमसिसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमसिसीको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै विदेशी सहायताको सम्झौता गर्नु अगाडि यथेष्ट ध्यान दिनुपर्नेमा सम्झौता नै गरिसकेपछि यसको कार्यान्वयनमा लाग्नुपर्ने बताएको हो । सो अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसीलाई विकास परियोजनाका रुपमा लिनुपर्ने बताउँदै यसमा मतभेद,… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

काठमाण्डौं । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गर्नु भई विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन् । उनले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गरेकी थिइन् । राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्दा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक… पुरा पढौ

व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदनसँगै आशङ्का हटेः अध्यक्ष नेपाल

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै यससम्बन्धीको आशङ्का हटेको बताएका छन । एमसिसी अनुमोदनसँगै उठेका आशङ्कामाथि प्रस्ट्याउन आज आयोजित पत्रकार सम्मेलनमा उनले एमसिसीसम्बन्धी व्याख्यात्मक घोषणापछि आफ्नो पार्टी एमसिसीको पक्षमा उभिएको बताएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले संविधान र संसद्को सर्वोच्चता कायम तथा विधिको शासन स्थापित गर्न गठबन्धनमा आबद्ध दलहरु एमसिसीका सन्दर्भमा जनमानसमा देखिएका आशङ्का निवारण गर्ने गरी व्याख्यात्मक घोषणासहित सम्झौतालाई अनुमोदन गर्ने निर्णयमा पुगिएको बताए । अध्यक्ष नेपालले एमसिसी… पुरा पढौ

सामाजिक अपराध न्यूनीकरणमा प्रहरीको सक्रियता

बागलुङ । लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन गर्ने चार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । बागलुङ नगरपालिका–९ तित्याङ घरभई बागलुङ बजारको रामरेखास्थित कोठाबाट प्रहरीले फेनारगन १४, डाइजेपाम १४ र नुरफिन १३… पुरा पढौ

बजेट अभावले कालीगण्डकी करिडोरको बागलुङखण्ड कालोपत्रको काम अलपत्र

बागलुङ । दश मिटर चौडा भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्ड कालोपत्र बजेट अभावमा रोकिएको छ ।बागलुङको मालढुङ्गादेखि जैमिनी नगरपालिका–८ छिस्तीको पालुङ्खोलासम्म ४८ किमी खण्डको वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको तर बजेट अभावमा अलपत्र परेको हो । करिडोर सडक आयोजना कार्यालयका अनुसार काम सबै सकिए पनि योजना आयोग र अर्थमन्त्रालयले बजेटको व्यवस्था नगरेका कारण काम रोकिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बहुवर्षे आयोजनका रुपमा छिस्तीको अदुवाबारीदेखि बागलुङको बलेवा विमानस्थलसम्म २० किलोमिटर खण्ड कालोपत्रका लागि… पुरा पढौ

धनलक्ष्मीले आकाशमै जन्माइन छोरा

मुगु । सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुका गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएका छन। मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएको चालक प्रमुख सेनानी रचन श्रष्ेठलाई उद्रित गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले बताएका हुन्। उनका अनुसार बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि रावललाई सुर्खेतदेखि हेलिकप्टरबाट उद्धार गरिएको थियो । “सुत्केरी रावललाई १८ घण्टा लामोसमयसम्म व्यथा लागेर छट्पटिएको अवस्थामा हेलिकप्टरबाट उद्धार गरिएको हो,”… पुरा पढौ

लेकसाईड गौरीघाटमा बन्यो ‘धार्मिक योग पार्क’

पोखरा फागुन १७ पोखरा महानगर पालिका र स्थानियहरुको सहयोगमा पोखरा महानगर पालिका वडा नं– ६को गौरीघाट स्थितमा निर्माण भएको धार्मिक योग पार्कको मंगलबार उदघाटन भएको छ । पार्कको उद्घाटन पोखरा महानगर पालिकाकी उप.मेयर मन्जुदेवी गुरुङले गरेकी छन । महाशिबरात्री पर्वको अबसर पारेर पार्क सगै रहेको सर्वेश्वर शिव मन्दिरको समेत जिणोद्धार गरिएको छ ।उद्घाटनपछि सम्वोधन गर्दै उपमेयर गुरुङले महानगर पालिका क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्दै आएको जानकारी दिइन । धार्मिक पार्क पनि त्यहीमध्येको… पुरा पढौ

‘पुरुषले अस्थायी साधनको प्रयोग गर्न नमान्दा महिलाको स्वास्थ्यमा असर’

सरिता क्षेत्री 'नाम परिवर्तन' । उनी ३६ वर्षीया दुई बच्चाकी आमा र गृहिणी हुन् । उनको श्रीमान् शिक्षक हुन् । २१ वर्षमा विवाह गरी २८ वर्षमै २ सन्तानका आमा बनेकी उनलाई विवाहको एक वर्षमै आमा बन्न मन थिएन । भन्छिन् : मागी विवाह भएको थियो यौनको बारेमा श्रीमान्सँग सहज बहस गर्न सकिनँ । उहाँको उमेर २८ थियो उहाँलाई बच्चा नजन्माउनु पर्ने कुनै कारण थिएन । म भने भर्खर व्याचलर सकेर बसेकी, आत्मनिर्भर पनि नभएकीले बच्चा नजन्माउने मनस्थितिमा थिएँ । तर… पुरा पढौ