समाचार

पौडी खेल्न गएका युवक बेपत्ता

कर्णाली । कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बेपत्ता भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।रासस पुरा पढौ

बाँझो जग्गामा खेती गर्न चक्लाबन्दी

बागलुङ । व्यावसायिक कृषि उत्पादनका लागि वर्षौँदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गर्न थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गा एकीकरण गर्न चक्लाबन्दी कार्यक्रम सुरुआत गरिएको हो । त्यहाँका ७३ किसानको एक सय ५० रोपनी जग्गालाई चक्लाबन्दी गर्न लागिएको सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लिले जनाएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको रु ३६ लाख ४९ हजार अनुदान सहयोगमा सहकारीले चक्लाबन्दीको योजना ल्याएको सहकारीका अध्यक्ष चिन्तामणि शर्माको भनाइ छ । सहकारीले प्रतिरोपनी वार्षिक… पुरा पढौ

पार्टीहरुमा आन्तरिक लोकतन्त्रको खाँचो छ –युवा नेताहरु

काठमाडौ । प्रमुख तीन राजनीतिक दलका युवा नेताले राजनीतिक दलहरुभित्रै आन्तरिक लोकतन्त्रको खोजी गर्न, राजनीतिमा सीमित वर्गको हालिमुहाली हुने प्रवृत्ति अन्त्य गर्न र राजनीतिलाई पेशाको रुपमा लिने परिपाटीे अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । फ्रेडरिक इबर्ट स्टिफ्टुङको आयोजनामा आगामी निर्वाचनले लोकतन्त्रलाई कसरी सवलीकरण गराउन सकिन्छ भन्ने छलफलमा उनीहरुले यस्तो बताएका हुन् । युवा नेताहरुले भूराजनीतिलाई ख्याल नगरी क्षणिक स्वार्थमा बहकिने प्रवृत्तिले मुलुकलाई दुर्घटनामा धकेल्न सक्ने र निर्वाचन प्रणाली महँगो हुन पुग्दा राजनीतिमा सीमित उच्च वर्गको प्रभुत्व भएको गुनासो गरे ।… पुरा पढौ

राप्रपा पर्वतको अध्यक्षमा हेमराज पौडेल

हेमराज पौडेलको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्वत समितिको गठन गरेको छ। पार्टीको सोमबार सम्पन्न भेलाले पौडेलको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो। सदस्यहरुमा धरमकुमार गुरुङ, ठाकुरप्रसाद भुषाल, शेरबहादुर क्षत्री, धनबहादुर अखेली, मनोजकुमार शर्मा, भिमबहादुर गुरुङ, गंगाबहादुर गुरुङ, मनबहादुर पुन, स्वस्तिका पौडेल, सुजिता पौडेल, कुलबहादुर कँडेल, जयलाल सुवेदी, विष्णु शर्मा, चेतनाथ रिजाल, प्रशान्त गुरुङ र चन्द्रबहादुर क्षत्री छन्। राप्रपा नेपालले पार्टीलाई पुनर्जागृत गरेसँगै जिल्लाहरुमा कार्य समिति गठनलाई तीव्रता दिएको हो। पुरा पढौ

स्याङ्जाको भीरकोट साप्ताहिक हाटबजार पुनः संचालनमा आयो

भीरकोटमा साप्ताहिक हाटबजार पुनः संचालनमा आएको छ। हाटबजार पुनः संचालनमा आएपछि भीरकोटका कृषकहरू निकै उत्साहित देखिन्छन्। कोरोना माहामारीका कारण अवरुद्ध हुन पुगेको हाटबजार पुनः संचालनमा आएको हो। भीरकोट नगरप्रमुख छायाराम खनालले आफैले उत्पादन गरेको २२ किलो मुला बिक्री गरेर हाट बजारको शुभारम्भ गरे। सो अवसरमा भीरकोटका स्थानीय कृषकहरूले उत्पादन गरेका सीमित कृषिजन्य उत्पादनहरू बिक्रीमा राखिएको छ। हरेक शनिवार बिहान ७–१० बजेसम्म हाटबजारमा कृषि उपज अन्तर्गत खरिद–विक्रीको मेला लाग्ने गर्दछ। भीरकोट नगरपालिकाले पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकहरूको माग र आवश्यकता… पुरा पढौ

प्रेस सेन्टरले बागलुङका १० वटै पालिकामा तालिम गर्दै

प्रेस सेन्टर नेपाल बागलुङले जिल्लाका सबै १० स्थानीय तहमै तालिम र प्रशिक्षण गर्दैछ। गलकोट नगरपालिका–१० पाण्डवखानीमा सम्पन्न सेन्टरको पूर्ण बैठकले जिल्लाव्यापी अभियान संचालन गर्ने निर्णय गरेको हो। बैठकले संगठनलाई समयसापेक्ष अगाडी बढाउँदै पत्रकारहरुको हकहित र अधिकारका लागि काम गर्ने निर्णय गरेको छ। संगठनको गत कात्तिकमा सम्पन्न सम्मेलनको समीक्षा गर्दै जिल्लाका १० वटै स्थानीय तहमा पत्रकारिता तालिम, संगठन विस्तारसँगै सदरमुकाममा विषयगत पत्रकारिता तालिम संचालन गर्ने योजना तय गरेको हो। त्यस्तै, सेन्टरले सम्मेलनको अवसरमा स्थापना गरेको १÷१ लाख राशीका २ वटा पुरस्कारलाई… पुरा पढौ

प्रेस चौतारी गण्डकी प्रदेशको अधिवेशन बिहिबार

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको ऐतिहासिक प्रथम अधिवेशन फागुन १९ गते (बिहिबार) पोखरामा हुँदैछ। साइमन पार्टी प्यालेस सिर्जनाचोकमा बिहान १० बजे सुरु हुने अधिवेशनको तयारीलाई तिव्रता बनाइएको छ। प्रदेश अधिवेशनलाई भव्य बनाउन आयोजक समिति निर्माण गरेर कार्य अगाडि बढाइएको छ। अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका २ सय ५० जना प्रतिनिधि सहभागी हुनेछन्। गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। २०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन समेत फागुन २७ र २८… पुरा पढौ

सरकारद्वारा एमसिसी पास गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन

काठमाण्डौं । नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन, एमसिसीसम्बन्धी सम्झौतालाई संसद्बाट पारित गराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो सम्झौता सङ्घीय संसद्, प्रतिनिधिसभाबाट अनुमोदन गराउन आवश्यक सहज वातावरण निर्माण गरी सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको हो । यसका लागि सहज वातावरण बनाइदिने सरकारमा सहभागी तथा गठबन्धनमा आबद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दललगायतका अन्य राजनीतिक दल, सभामुख र प्रतिनिधिसभाका सदस्यहरु सबैलाई आजको मन्त्रिपरिषद्को बैठकले धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए… पुरा पढौ

मन्त्रिपरिषद् बैठक : सशस्त्र द्वन्द्व र आन्दोलनबाट हटाइएका शिक्षकलाई पुनः बहाली गर्ने

काठमाण्डौं । नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले ५८६ शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । तीमध्ये २३३ शिक्षकको पुनःबहाली हुने भएको छ भने १८ शिक्षकको नियुक्ति, ४१ शिक्षकको हकमा सेवासुविधा तथा २८४ शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने भएका छन् । पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित कार्यदलले गत २०७३ मङ्सिर २६ गते दिएको प्रतिवेदनअनुसार आज मन्त्रिपरिषद्ले उक्त… पुरा पढौ

कांग्रेस कैलालीको सभापतिका लागि पुनः निर्वाचन हुने

कैलाली । नेपाली कांग्रेस कैलालीको सभापति पदको चयनका लागि पुनः निर्वाचन हुने भएको छ । कांग्रेस कैलालीको आइतबार भएको १४ औँ जिल्ला अधिवेशनअन्र्तगत आज भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए । मतगणना परिणामअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी एक हजार १६९ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत… पुरा पढौ