समाचार

चितवनमा चार लाख मतदाता, फागुन २२ गतेसम्म त्रुटी सच्याईने

चितवन । चितवन जिल्लामा मतदान योग्य मतदाताको सङ्ख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ । दाबी विरोधको क्रममा केही सङ्ख्या घट्ने छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो मतदाता सङ्ख्या विसं २०७४ को निर्वाचनमा भन्दा ८६ हजार ८६८ ले बढी हो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार तीन मतदाता थिए । दाबी विरोधको कार्यक्रमपछि अन्तिम नामावली सार्वजनिक गरिने कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार भरतपुर महानगरपालिकामा ३६… पुरा पढौ

नेपाल बन्द

६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज (सोमबार) नेपाल बन्दको आब्हन गरेका छन्। देउवा सरकारले राष्ट्रको हितविपरीत एमसीसीलाई रातारात पारित गर्ने षडयन्त्र गरिएको भन्दै नेपाल बन्दको घोषणा गरेको कम्युनिष्ट पार्टी र मोर्चाले जनाएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी(मसाल), नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्तिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेपाल माओवादी केन्द्र समाजवादी छन्। पोखराका मुख्य बजार क्षेत्रका पसलहरू प्रायजसो बन्द रहेका छन्। बन्दमा कुनैपनि अप्रिय घटना हुन नदिनका लागि… पुरा पढौ

पोखरामा २ लाख राशीको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’

पोखरामा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना भएको छ । पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले गीत, संगीतका धरोहर, राष्ट्रिय गानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको नाममा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना गरेको हो । प्रत्येक दुई/दुई वर्षमा अर्पण गरिने उक्त पुरस्कारको राशी नगद दुई लाखसहित ताम्रपत्र र दोसल्ला रहने पुरस्कार स्थापना समितिका संयोजक सरुभक्त श्रेष्ठले जानकारी दिए । पुरस्कार आगामी वर्षदेखि अर्पण गर्न शुरु गरिने उनको भनाई छ । नेपाली गीत, संगीतको क्षेत्रमा… पुरा पढौ

एमसिसी संसदबाट अनुमोदन, ऊर्जा र यातायातको विकासमा कोसेढुङ्गा

काठमाण्डौं । संयुक्तराज्य अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) लामो बहसपछि अन्ततः प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । संसदमा दर्ता भएको करिब अढाई वर्षपछि आइतबारको बैठकबाट यो व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन भएको हो । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको व्याख्यात्मक घोषणासहितको प्रस्तावलाई ध्वनिमतले पारित गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफ्ना माग… पुरा पढौ

अमेरिकाका लागि नेपाली राजदूतमा प्राध्यापक खत्री नियूक्त

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो । नव नियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुन् । रासस पुरा पढौ

भिरबाट खसेर तनहुँको देवघाट गा.पा.का वडाध्यक्ष आलेको भिरबाट मृत्यु

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भिरबाट खसेको अवस्थामा आज शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिए । उनका अनुसार वडाध्यक्ष शवको भिरबाट तल ३०/४० मिटर तल खसेको थियो । वडाध्यक्ष आले बिहीबारदेखि घर नफर्किएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक… पुरा पढौ

एमालेको प्रतिक्रिया : एमसीसी सम्झौतामाथिको व्याख्यात्मक घोषणाको अर्थ रहन्न

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले प्रतिनिधिसभाको आजको बैठकबाट अनुमोदित ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता कम्प्याक्टमाथिको व्याख्यात्मक घोषणाको अर्थ नहुने प्रतिक्रिया दिएको छ । बैठकबाट बाहिरिने क्रममा एमालेका नेता खगराज अधिकारीले उक्त व्याख्यालाई सत्ता गठबन्धन कायम राख्ने सन्दर्भमा ल्याइएको टिप्पणी गरे । सो प्रस्ताव पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले कम्प्याक्टमाथिको व्याख्यात्मक घोषणासहित प्रस्ताव गरेका थिए । रासस पुरा पढौ

अन्ततः एमसिसी सम्झौता संसदबाट अनुमोदन

काठमाण्डौं । अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव अनुमोदन गर्न सभामा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई ध्वनिमतले अनुमोदन गरिएको हो । लामो बहस र विवादपछि उक्त सम्झौता आज अनुमोदन भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले व्याख्यात्मक घोषणासमेत सदनबाट जारी भएको सुनाए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले०)ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी… पुरा पढौ

राजन बने कास्की सिनियर भेट्रान्स च्याम्पियन

पोखरा । राजन पौडेलले रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ अन्तर्गत सिनियर भेट्रान्सको उपाधी जितेका छन् । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा गोपीबहादुर भट्टराईलाई ६–७, ६–२ र सुपरटाईमा १०–५ ले पराजित गर्दै पौडेलले सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको सिनियर भेट्रान्स डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछाने प्रथम भए । फाइनल खेलमा गोपी/धरम जोडीले नविन श्रेष्ठ र राजु गुरुङ्गको जोडीमाथि ६–३, ६–२ को नजिता निकाल्दै उपाधी चुम्न… पुरा पढौ

एमसिसीलाई व्याख्यात्मक घोषणासहित पारित गरौँ : कांग्रेस महामन्त्री थापा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० व्याख्यात्मक घोषणासहित पारित गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० बीच भएको अनुदान सहायता सम्झौतामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । सबैको सहमतिमा एमसिसी पारित होस् भन्ने कांग्रेसको चाहना रहेको र त्यसका लागि प्रयास गरेको बताउँदै उनले नेपालले सबैसँग सहयोग लिएर विकास गर्नुपर्छ भनेर नै यसअघि भारतसँग बिप्पा, चीनसँग बिआरआई र अमेरिकासँग… पुरा पढौ