समाचार

गठबन्धन जोगाउने र राष्ट्रिय समस्या समाधान गर्ने उपाय खोजिरहेका छौँ : अध्यक्ष प्रचण्ड

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन् । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज आयोजना गरेको कार्यक्रममा उनले आफूहरु गठबन्धनलाई जोगाउने र एमसिसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताए । “एमसिसीकै कारण गठबन्धन टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हाबी हुने त होइन भन्ने स्थिति अहिले बनेको छ । त्यसलाई रोक्नुपर्ने अवस्था छ”, पूर्वप्रधानमन्त्रीसमेत… पुरा पढौ

वार्ताको ढोका खुल्ला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपति म्याक्रोँको आग्रह

फागुन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका हुन् । उनीहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सो धारणा राखेका हुन् । रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो दिन शुक्रबार उहाँहरुका बीचमा फोनमा कुराकानी भएको थियो । त्यसक्रममा राष्ट्रपति म्याँक्रोले वार्ताको ढोका खुल्ला राख्दा त्यसले जतिसक्दो चाँडो युद्धविरामको वातावरण बन्न सक्ने बताए । रुसले आक्रमण गरेको दोस्रो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ पुगेका छन् । राजधानी किभको उत्तरी भेगमा… पुरा पढौ

झोलुङ्गे पुल बनेपछि यात्राअवधि छोट्टियो

म्याग्दी । धौलागिरि गाउँपालिका–४ नाउराको कोपिलाघाटस्थित म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोट्टिएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने समस्या हटेको हो । नाउराका बासिन्दा रिम रोकाले चार घण्टा घुमाउरो बाटोको यात्रा गर्नुपर्नेमा पुल बनेपछि एक घण्टामै पुग्न सकिने बताए । “नाउरा–चेचुङ आवतजावत गर्न खिवाङ हुँदै चार घण्टा हिँड्नु पर्दथ्यो”, उनले भने, “पुल बनेपछि एक घण्टामै पुग्न सकिन्छ । जङ्गल, भिर र… पुरा पढौ

बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने

लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने भएको छ । यस सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर हरि श्रेष्ठले बताए । मनाङको नासोँ गाउँपालिका वडा नं ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो । त्यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा… पुरा पढौ

युक्रेनले दियो किभका स्वयंसेवकलाई १८ हजार मेसिन गन

युक्रेनले किभका स्वयंसेवकलाई १८ हजार मेसिन गन दिएको बताएको छ। रुसी फौजबाट किभको रक्षा गर्न उनीहरूलाई हतियार उपलब्ध गराइएको गृह मन्त्रालयले जनाएको छ। युक्रेनी अधिकारीहरूले आफ्ना जनतालाई आक्रमणको प्रतिरोध गर्न सकेजति सबै गर्न आह्वान गरेका छन्। रक्षा र गृह मन्त्रालय दुवैले किभका बासिन्दाहरूलाई सेनाको गतिविधिको बारेमा जानकारी दिन, मोलोटोभ ककटेल बनाउन र शत्रुलाई नाश गर्न अपील गरिरहेका छन्। पेट्रोल बम कसरी बनाउने भनेर चरणवद्ध निर्देशन सहितको पर्चा गृह मन्त्रालयको सामाजिक सञ्जालमा पोस्ट गरिएको छ। बीबीसी पुरा पढौ

२८ सय रुसी सैनिक मारिएको युक्रेनको दाबी

युक्रेनको उपरक्षा मन्त्रीले करिब २ हजार ८ सय रुसी सैनिक मारिएको दाबी गरेका छन्। युक्रेनी सेनाले स्थानीय समयअनुसार दिउँसो ३ बजेसम्म करिब ८० रुसी ट्याङ्क, ५ सय १६ सशस्त्र लडाकु सवारी साधन, १० ओटा विमान र ७ वटा हेलिकप्टर पनि ध्वस्त गरेको हान्ना मल्यारले फेसबुकमा पोस्ट गरेको विज्ञप्तिमा उल्लेख छ। यी दावीहरूमाथि मस्कोले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। यसलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न आफू असमर्थ भएको अलजजीराले जनाएको छ। अलजजिरा पुरा पढौ

रूसको आक्रमणमा कम्तीमा ४० यूक्रेनी सैनिकको मृत्यु

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणमा ४० जनाभन्दा बढी युक्रेनी सैनिक र लगभग १० सर्वसाधारण मारिएको पुष्टि गरेका छन। यसअघि, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विशेष सैन्य अपरेशन’ को अनुमति दिएको थियो। युक्रेनले देशभरका सैनिक प्रतिष्ठानहरु आक्रमणमा परेको पुष्टि गरेको छ। सिन्ह्वा पुरा पढौ

यूक्रेनले रूससँगको कुटनीतिक सम्बन्ध तोड्दै

रूसले डोनबासमा सैन्य परिचालन सुरु गरेपछि कीभले मस्कोसँग कूटनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको सरकारी समाचार संस्थाले जनाएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गरी कीभले मस्कोसँग कूटनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको समाचार संस्थाले जनाएको हो। जेलेन्स्कीले टेलिभिजनको एउटा सम्बोधनमा यूक्रेनले आफ्नो सुरक्षा गरिरहेको र आफ्नो भूगोलमा सैन्य आक्रमण गर्ने रूससँगको कुटनीतिक सम्बन्ध बिच्छेद गर्ने बताएका हुन्। सिन्ह्वा पुरा पढौ

इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प, कम्तीमा २ को मृत्यु

इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण अहिलेसम्म कम्तीमा २ जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै छ। इन्डोनेसियाको सुमात्रालाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ । ‘म मैले मेरो बच्चालई हेरचाह गरेर बसिरहेको थिएँ, एक्कासी भूकम्प आयो, हामी सबैले के गर्ने भन्ने नै सोच्न सकेनौँ, एकाएक भागिएछ,’ एक प्रत्यक्षदर्शीले भनेका छन्। भूकम्पपछि अहिले… पुरा पढौ

ढोरपाटनमा सिकारयाम सुरु भयो

ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि ९ नाउर र ७ झारलको सिकार कोटा तोकेको छ। प्रतिस्पर्धाबाट सिकार गराउन विभागले बुधबार दरभाउपत्र आह्वान गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिएका छन्। सिकार खेलाउन ईच्छुक कम्पनीले १५ दिनभित्रमा विभागमा दरभाउपत्र बुझाउने छन्। बोलपत्रको प्रक्रियाबाट छानिएपछि मात्र कम्पनीले सिकारका लागि अनुज्ञापत्र पाउने प्रमुख संरक्षण अधिकृत कँडेलको भनाई छ। गत सिकारयाममा नेपाल ट्राभल एक्पिडिशन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्याक… पुरा पढौ