समाचार

गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघ्यो

गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघेको छ। शुक्रबार प्रदेशमा ४८ जना कोरोना संक्रमणमुक्त भएसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख १ सय पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। सोही अवधीमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न जिल्लाका १ सय ११ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा कास्कीका १० र नवलपुर वर्दघाट पूर्वका २ जना छन्। यो सहित हालसम्म कोरोना भाइरस संक्रमित हुनेको संख्या… पुरा पढौ

पुंजिगत खर्च कम्तिमा ८० प्रतिशत गर्ने गरी गति बढाउन मन्त्री बरालको निर्देशन

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले चालु आर्थिक बर्षमा पुंजिगत खर्च कम्तिमा पनि ८० प्रतिशत बजेट खर्च गर्ने गरी कामको गति बढाउन निर्देशन दिएका छन् । प्रदेशको अर्थ मन्त्रालयले विहिबार तनहुँमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुसासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै मन्त्री बरालले निमित्त देखायर कर्मचारीले छुट नपाउदै बताउदै पुंजिगत खर्च ८० प्रतिशत भन्दा बढी गर्ने गरी कामको गति बढाउन निर्देशन दिनु दिए । लुकेर बसेका राजश्वको क्षेत्र वा सुत्रहरु जानकारी गराउन आग्रह… पुरा पढौ

रेवान पोखरा भेट्रान्स टेनिसको उपाधिका लागि गोपी र राजन भिड्ने

फागुण १३,पोखरा गोपीबहादुर भट्टराई र राजन पौडेल रेवान पोखरा भेट्रान्स टेनिस उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएका रोमाञ्चक सेमिफाइनल खेलहरुमा जित हाँसिल गर्दै राजन र गोपीले उपाधी भिडन्त निश्चित गरेका हुन् । पहिलो सेमिफाइनलमा गोपीले धरमबहादुर लामिछानेलाई ६–३, ०–६ र सुपरटाईमा १०–३ ले पराजित गरे । पहिलो सेटमा पराजित धरमले दोश्रो सेट सहज आफ्नों पक्षमा पर्दै खेलमा फर्किने कोषिश गरेपनि तेश्रो सेटमा उनले लय गुमाउन पुगेका थिए ।… पुरा पढौ

मेरो बाँकी जीवन अब एमालेलाई : गणेशमान

शुक्रबार मात्र नेकपा एमाले प्रवेश गरेका गणेशमान गुरुङले आफ्नो बाँकी जीवन अब एमालेका लागि समर्पित गर्ने बताएका छन् । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा लगाएर एमालेमै फर्किएका उनले आफ्नो आगामी जीवन एमालेका लागि समर्पित गर्ने बताएका हुन् । गुरुङ नेकपा एमालेमा लामो समय बिताएर जनजाति आन्दोलनमा होमिएका थिए । अशोक राईसँगै मधेशी जनअधिकार फोरमहुँदै जसपामा प्रवेश गरेका उनी हाल जसपाको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्जको जिम्मेवारी सम्हालिरहेका थिए । तर शुक्रबार आफ्नो पुरानो… पुरा पढौ

राप्रपा नेपाल कास्की अध्यक्षमा शिवकुमार बाँस्तोला

फागुण १३,पोखरा राप्रपा नेपाल कास्कीको नयाँ जिल्ला कार्यसमिति गठन भएको छ । राप्रपा नेपालका केन्द्रिय सदस्य एवं स्थानिय निकाय निर्वाचन परिचालन समिति सदस्य शिवकुमार बाँस्तोलाको अध्यक्षतामा २४ सदस्यि जिल्ला कार्यसमिति गठन गरिएको हो । समितिको सदस्यहरुमा सूर्यप्रसाद बाँस्तोला, विश्वराज पौडेल, इन्द्र्रकुमारी शाही, चिना दवाडी, सागर क्षेत्री, टुकबहादुर गुरुङ्ग, विमल बराल, हिमाल पोखरेल, विष्ण्ु बाँस्तोला, कृष्णप्रसाद बाँस्तोला, लिलाधर गौतम, दिपक सुनार, अर्जुन अधिकारी (हमाल), बिरबहादुर तामाङ्ग, टिकीसरा गर्वुुजा तामाङ्ग, स्विटी केसी, सुरेश शिल्पकार, सन्तोष घिमिरे, वर्षा ढकाल, टेकबहादुर जलारी, रोशन पौडेल,… पुरा पढौ

ओलीको चेतावनी : चुनाव आओस् न, गठबन्धनलाई ७ दिन नउठ्ने गरी पछार्छौं

पोखरा, फागुन १३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा पाँचदलीय गठबन्धनलाई उठ्न नसक्ने गरी पछार्ने उद्घोष गरेका छन् । नेकपा एमालेको गण्डकी प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलााई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले भने, ‘बैशाख ३० गतेमात्र आओस् न । एक झट्का हान्दा ७ दिन नउठ्ने गरी पछार्छौं ।’ एमाले अध्यक्ष ओलीले गठबन्धन नटुटेपनि आगामी चुनावमा एमालेले जित्ने दाबी गरे । एक्लाएक्लै चुनाव लड्ने त गठबन्धनमा आबद्ध दलहरुमा हुत्तीसमेत नभएको टिप्पणी गर्दै… पुरा पढौ

गणेशमान, हुमबहादुरसहित जसपाका नेताहरु एमाले फर्किए

पोखरा, फागुन १३ जनता समाजवादी पार्टी (जसपा)का कास्केली नेताहरु नेकपा एमाले प्रवेश गरेका छन् । जसपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज गणेशमान गुरुङसहितका नेताहरु एमाले प्रवेश गरेका हुन् । पुराना एमाले नेता गुरुङ अशोक राईसँगै जनजाति आन्दोलनमा होमिएका थिए । पछि मधेशी जनअधिकार फोरमहुँदै जसपाका नेता बनेका गुरुङ करीब एक दशकपछि आफ्नो पुरानो पार्टी एमाले फर्किएका हुन् । गुरुङसँगै एमाले प्रवेश गर्नेहरुमा जसपा केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति ईञ्चार्ज देवीराज गुरुङ (तमु), केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति… पुरा पढौ

एमसीसीमाथि छलफलका लागि संसद् बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज (शुक्रबार ) बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ। संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको आजको बैठकको संभावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ। ‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने,’ कार्यसूचीमा उल्लेख छ। पुरा पढौ

मगर दिवसका दिन तनहुँको म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा

तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसका दिन (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै आगामी फागुन १५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। आइतबार पालिकाभित्रका संपूर्ण सरकारी कार्यालय संघसंस्था, शिक्षण संस्था बन्द रहने म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले जानकारी दिएकी छिन्। म्याग्दे गाउँपालिकामा मगर जातिको बसोबास उल्लेख्य छ। मगर जातिको दिवसमा सम्मान स्वरुप बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। पुरा पढौ

महेन्द्र जनसहयोगलाई जापानी संस्थाद्वारा झोला सहयोग

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित महेन्द्र जनसहयोग आधारभुत विद्यालयलाई जापानको एक संस्थाले झोला सहयोग गरेको छ । बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच जापानको पिक एड स्कुल प्रोजेक्ट फाउण्डेसनले विद्यालयमा अध्यनरत १५० जना विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको हो । विद्यालयका पूर्व विद्यार्थी गोदार उपकार थापाको पहलमा पिक एड केन नोगुचीज फाउण्डेशन जापानको एल्पिनिष्ट नोगुची केनद्वारा प्राप्त एक सय ५० थान झोला विद्यार्थीहरुलाई वितरण गरिएको छ । कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापाले गाउँपालिकामा रहेका विद्यालयहरुको शैक्षिक, भौतिक तथा… पुरा पढौ