समाचार

गोपी धरम र नविन राजु जोडी डबल्स फाइनलमा

पोखरा । गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडिले नविन श्रेष्ठ र राजु गुुरुङ्गको जोडीसंग पोखरामा जारी रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिताको डबल्सतर्फ उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न डबल्सतर्फको सेमिफाइनल खेलहरुमा जित हाँसिल उनीहरुले उपाधीका लागि अन्तिम प्रतिस्पर्धा निश्चित गरेका हुन् । प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा गोपी र धरम जोडीले लोक गुरुङ्ग र राजन पौडेलको जोडीमाथि ६–४, ७–५ को नजित निकाल्दै फाइनलमा स्थान सुरक्षित पार्दा अर्को सेमिफाइनलमा नविन… पुरा पढौ

कास्कीका क्रिकेट अफिसियलहरुलाई ज्याकेट हस्तान्तरण

पोखरा । कास्की जिल्ला क्रिकेट संघले कास्कीको क्रिकेटमा लामो समयदेखि अफिसियलको भूंिमका निर्वाह गर्दै आएका क्रिकेट अफिसियलहरुलाई ज्याकेट हस्तान्तण गरेको छ । संघ कास्कीले शनिबार विहान पोखरा रंगशालामा एक समारोहका विच उनीहरुलाई नौं थान ज्याकेट हस्तान्तरण गरेको हो । संघ कास्की उपाध्यक्ष दिपेन्द्र प्रताप चन्दले अफिसियल दिलिप अग्रहरीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । सामग्री हस्तान्तरण गर्दै उपाध्यक्ष चन्दले उहाँहरुले क्रिकेट क्षेत्रमा अफिसियल पनि महत्वपूर्ण पक्ष भएको औल्याए । साथै संघले छिट्टैनै संघ कास्कीका पदाधिकारीहरुका लागि पनि अफिसियल ज्याकेट हस्तान्तरण… पुरा पढौ

पर्यटन पुनरुत्थानका लागि जलयात्रा

धादिङ । कोरोना प्रभावित पर्यटनको पुनरुत्थानको उद्देश्यका साथ पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा धादिङको विशालटारस्थित मालिङ्गादेखि चरौदीसम्म जलयात्रा गराइएको छ । सङ्घ आबद्ध ४० जना पर्यटन व्यवसायी सम्मिलित झण्डै १२ किरोमिटर दूरीको उक्त जलयात्रा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन र बूढीगण्डकी हाइवे रेष्टुरेन्टको सहयोगमा गरिएको सङ्घका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । कोरोनाका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै जलयात्रा गराइएको उनले बताए । कोरोना प्रभावित पर्यटनलाई… पुरा पढौ

प्रधानसेनापति खुला म्याराथनमा सेनाका धावक बस्नेत प्रथम

काठमाडौ । यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितमा तीव्रगतिका धावकको सूचिमा नेपाली सेनाका कृष्णबहादुर बस्नेत प्रथम भएका छन् । सेना दिवसका अवसरमा आज आयोजित ४२.१९५ किमी दूरीको म्याराथन दुई घण्टा १९ मिनेट ५७ सेकेन्डमा पूरा गरी प्रथम घोषित भएका हुन्। प्रथम भएबापत बस्नेतले तीन लाख नगद र मोटरसाइकल पुरस्कारका साथै अमेरिकामा हुने वल्र्ड च्याम्पियनशीपमा भाग लिने अवसरसमेत प्राप्त गरे । प्रतियोगितमा सेनाकै खड्गबहादुर खड्का दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका किरणसिंह बोगटी तेस्रो भए । उनीहरुलाई क्रमशः रु दुई लाख… पुरा पढौ

चितवनमा नयाँ प्रजातिको चरा फेला

चितवन । चितवन जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती क्षेत्रस्थित शिव मन्दिर नजिकै सिसौको बोटमा सल्ने बगेडी चरा फेला परेको हो । नेपाल पक्षी विद् सङ्घ बागमतीका संयोजक वासु विडारीका अनुसार हिमाली क्षेत्रमा पाइने यो चरा चितवनमा पहिलो पटक भेटिएको हो । हिमाली क्षेत्रमा चिसो बढेको र खानाको अभाव भएपछि त्यहाँ झरेको हुनसक्ने संयोजक विडारीको भनाइ छ । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका विडारीका अनुसार फोटोग्राफर चूडामणि चौधरी र प्रेम बम्जनले तस्वीर… पुरा पढौ

देश र जनताको हितभन्दा पार्टी बाहिर जाने छैनः अध्यक्ष ओली

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० पास गर्ने अवस्थामा नरहेको बताएका छन् । प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले देश र जनताको हितभन्दा आफ्नो पार्टीबाहिर नजाने बताएका हुन् । अध्यक्ष ओलीले एमालेले राष्ट्रिय र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्ने बताए । उनले नेपाल न्यायको भूमि भएपनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम… पुरा पढौ

युवा नेता पौडेलको दुर्घटनबाट निधन

स्याङ्जा । सवारी दुर्घटनामा युवा नेता सुवास पौडेलको निधन भएको छ । नेकपा माओवादी निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का केन्द्रीय स्वास्थ्य विभाग प्रमुख पौडेलको स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित भालुपहाडमा चलाइरहको मोटरसाइकलसहित खस्दा निधन भएको हो । स्याङ्जाको फेदीखोला स्थायी घर भएका पौडेल वाइसिएल स्याङ्जा जिल्ला कार्यसमितिको बैठक सकेर पोखरा फर्किदै गर्दा भालुपहाडमा खसेको जनाइएको छ । सडकबाट करिव डेड सय मिटर तल भिरमा खसेका पौडेलको आज विहानमात्रै शव भेटिएको हो । घर परिवारबाट पौडेल सम्पर्कमा नभएको जानकारी प्राप्त भएपछि प्रहरीले… पुरा पढौ

सेनाको तीनदिने बृहद् प्रदर्शनी सुरु

काठमाडौ । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर तीनदिने बृहद् प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा नेपालका सेना नायक लगायतका तस्बिर, सैनिक ब्यान्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागितासम्बन्धी विषयवस्तु समेटिएको छ । राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जगेर्ना, पदिक फौज र मद्दति अङ्ग, घोडचढी तथा भैैरव वहान गुल्म, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा गतिविधिबारे प्रदर्शनी अवलोकन गरी जानकारी लिन सकिनेछ ।… पुरा पढौ

वडाध्यक्षको सवारी दुर्घटनामा निधनपछि स्थानियद्वारा राजमार्ग अवरुद्ध

सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि आक्रोशित स्थनीयवासीले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्यूरो अस्पतालमा निधन भएको हो । दोषीलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरुले आज बिहानैदेखि रत्नराजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका हुन् । सडक अवरोधका कारण यात्रु बीच बाटोमै अलपत्र परेका छन् । नेकपा (माओवादी… पुरा पढौ

सहिदको योगदानलाई भुल्न हुँदैन: वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहिदको योगदानलाई भुल्न नहुनेमा बताएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएकाले सहिदलाई सदैव सम्मान गर्नुपर्ने बताएका हुन् । फरक प्रसङ्गमा विगतमा सबै कम्युनिष्ट नेता एमसिसीका पक्षमा भए पनि अहिले चीनको इशारामा त्यसको विपक्षमा उभिएको आरोप लगाउँदै उनले एमसिसी नेपालको हितमा रहेको र विद्युत् शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको उनले बताए । सोही दलका… पुरा पढौ