समाचार

स्याङ्जाको पुलतीबजारमा आज सार्वजनिक बिदा

स्याङ्जाको पुतलीबजार नगरपालिकाले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ। नगरप्रमुख सीमाकुमारी क्षेत्रीले हिँजो (शनिबार) एक सूचना जारी गर्दै राष्ट्रिय मगर दिवसमा अवसरमा सार्वजनिक बिदा दिएको उल्लेख गरेकी छन्। सूचना अनुसार आइतबार पुतलीबजार नगरपालिका भित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्थामा बिदा हुने उल्लेख छ। स्याङ्जाकै गल्याङ नगरपालिकाले पनि आज (आइतबार) बिदा दिने घोषणा गरि सकेको छ। पुरा पढौ

एन प्याव्सन कास्कीको लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड प्रथम

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) कास्कीले आयोजना गरेको १४ औं लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड वोर्डिङ स्कूल प्रथम भएको छ । प्रतियोगितामा राइजिड्ड स्टार एकेडेमी द्वितीय, कास्की मोडनाइज्ड एकेडेमी तृतीय र ज्ञान ज्योति विद्याकुञ्ज मावि सान्त्वना भएका छन् । विजयी समूहलाई वरिष्ठ नृत्य निर्देशक बृद्धिप्रसाद गुरुङ गौरी, एन प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, गण्डकी प्रदेश अध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष हेमन्त अधिकारी, कोषाध्यक्ष रत्ना गुरुङ, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङलगायतले ट्रफी मेडल र… पुरा पढौ

पर्यटन पुर्नरुत्थानका लागि जलयात्रा

पोखरा । कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थानको उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको आयोजनामा धादिङको विशालटारस्थित मालिङ्गादेखि चरौदीसम्म जलयात्रा गराइएको छ । संघमा आवद्ध ४० जना पर्यटन व्यवसायी सम्मिलित झण्डै १२ किरोमिटर दुरीको उक्त जलयात्रा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन र बुडी गण्डकी हाइवे रेष्टुरेन्टको सहयोगमा गरिएको संघका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । कोरोनाका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै जलयात्रा गराइएको उनले बताए । “कोरोनाले… पुरा पढौ

शनिबारीय टी–२० क्रिकेट लिग : राईजिङसँग माछापुच्छ्रे पराजित

पोखरा । कप्तान अमृत गुरुङले व्याटिङ र बलिङमा अलराण्डर प्रदर्शन गरेपछि राईजिङ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई दुई विकेटले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघले आयोजना गरेको शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत राईजिङले माछापुच्छ्रे क्लबले दिएको १२८ रनको लक्ष्यलाई ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पुरा गर्यो । अन्तिम ओभरको चार बलमा दुई रन आवश्यक परेको अवस्थामा स्ट्राईकमा रहेका कृष्ण पौडेलले विजयी सट हिर्काए । तीन बल बाँकी छँदा जित निकाल्दै वाईनकिङ टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीपमा राईजिङले दुई… पुरा पढौ

तनहुँमा प्रथम आईटीएफ टेक्वान्दो सेमिनार तथा तालिम सम्पन्न

तनहुँ । तनहुँमा शनिबार प्रथम जिल्ला आईटीएफ टेक्वान्दो टेक्निकल सेमिनार तथा विशेष तालिम सम्पन्न भएको छ ।जिल्लाभित्रका खेलाडीहरुको आत्मबल वृद्धि तथा नयाँ सिप सिकाउने उद्देश्यले सञ्चालन गरिएको सेमिनारमा १२० जना खेलाडीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । सेमिनारमा ब्ल्याक बेल्ट चौंथो डान, अन्तराष्ट्रिय रेफ्री तथा प्रशिक्षक आकाशचन्द्र घर्तीले प्रशिक्षण दिएका थिए । यसका अतिरित्त सेमिनार तथा विशेष तालिममा ब्ल्याक बेल्ट दोस्रो डान उत्तम थापा, गोपाल चन्द, सोमबहादुर गुरुङ, आशिष थापा र ब्ल्याक बेल्ट पहिलो डान दिपेश मगरले प्रशिक्षार्थीहरुका लागि… पुरा पढौ

कांग्रेस– एमाले बैठक निष्कर्ष विहिन, सञ्चारमन्त्री कार्की कार्की भन्छन्, ‘नयाँ सन्देश दिन खोजेका थियौँ, तर सकेनौँ’

काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित नेपाली कांग्रेसका नेता र एमालेका नेताबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । एमालेले संसद्मा जारी राखेको अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारे नेताहरूबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि टोली बालकोटबाट बाहिरिएको हो । दुई पक्षबीच वार्ता सहमति हुने अवस्था सिर्जना भएको भए बालकोटमै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच… पुरा पढौ

पाल्पाली सहकारीको प्रशिक्षण

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले पोखरामा शनिबार सहकारीसम्बन्धी प्रशिक्षण दिएको छ । संस्थाका संचालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्जा उपसमिति, शिक्षा उपसमितिका सदस्य, सल्लाहकार, कर्मचारीलाई व्यावसायिक ज्ञान, सीप, क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहकारीविषयक प्रशिक्षण भएको हो । प्रशिक्षणमा करिब ३० जनाको सहभागिता थियो । उनीहरुलाई पोखरा रोयल सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पोखरा महानगरपालिका सहकारी समिति सदस्य भीम गुरुङले प्रशिक्षण दिएका हुन् । उनले सहकारीको रणनीतिक व्यवस्थापन, सहकारीका प्रकार र फाइदा, सहकारी र अन्य व्यवसायबीच भिन्नता, सांगठानिक,… पुरा पढौ

हितैषी बचत तथा ऋण सहकारीको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

पोखरा । हितैषी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको नेपाल केन्द्रिय सहकारी संघका वरिष्ठ साहायक सूर्यप्रसाद तिमिल्सिनाले कार्यक्रमको उद्घाटन गरे । संस्थाका अध्यक्ष शेर बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहाकार लिलाधर आचार्य, विष्णु लामिछाने, क्याप्टेन बुद्धिबहादुर गुरुङ लगायतले बोलेका थिए । संस्थाका बारेमा कार्यालय व्यवस्थापक शान्ती अधिकारी र सहकारीको बारेमा अध्यक्ष कार्कीले जानकारी गराएका थिए । कार्यक्रममा सहकारीको अर्धवार्षिक बजेट ,सहकारीको भाबी योजना लगायतका विषयमा अन्तरक्रिया गरिएको अध्यक्ष कार्कीले… पुरा पढौ

स्व . रविन्द्र अधिकारीको स्मृतिमा ‘रविन्द्र स्मृति पत्रकारिता पुरस्कार’ स्थापना

पोखरा । नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र प्रसाद अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । अधिकारीको नाममा स्थापना गरिने पुरस्कारको सञ्चालन रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले गर्ने भएको हो । स्व. अधिकारीको तेस्रो स्मृति दिवसका सन्दर्भमा शनिबार पोखरामा आयोजित रबिन्द्र अधिकारी र मिडिया बिषयक अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो ।प्रतिष्ठानका अध्यक्ष समेत रहेकी एमाले केन्द्रिय सदस्य ,प्रतिनिधि सभा सदस्य एबम स्वर्गीय अधिकारिकी धर्मपत्नी बिद्या भट्टराई अधिकारीले स्व. अधिकारीले विभिन्न क्षेत्रमा… पुरा पढौ

रविन्द्र अधिकारीको स्मृतिमा भोलि शालिकमा माल्यार्पण र अन्तरक्रिया गरिँदै

पोखरा । नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र प्रसाद अधिकारीको स्मृतिमा आइतबार पोखरामा भोलि छुट्टा–छुट्टै दुई कार्यक्रम गरिने भएको छ । स्व. अधिकारीको तेस्रो स्मृति दिवसका सन्दर्भमा आइतबार पोखरामा विहान ८ बजे सहिद स्मृति पार्कस्थित स्व. अधिकारीको शालिकमा माल्यार्पण तथा पूर्वान्ह ११ बजे रविन्द्र स्मृति दिवस समारोह आयोजना गरिने प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए । स्वर्गिय अधिकारीको तेस्रो स्मृति दिवसको सन्र्दभ पारेर विहान पोखरा–१८ स्थित विभूती पार्कमा उनको शालिकमा माल्यार्पण कार्यक्रमको आयोजना… पुरा पढौ