समाचार

बन्दीपुर केबलकारको टावर जडान सुरु

दमौली। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ । पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टावर जडानको काम सुरु गरेको हो । बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माका अनुसार तीनवटा टावर जडान सम्पन्न भएको छ । केबलकारका लागि कूल ११ वटा टावर जडान गरिनेछ । “तीन महिनाभित्र टावर जडान सम्पन्न गर्ने लक्ष्य लिएका छाैँ अहिले धमाधम काम भइरहेको छ”, उनले… पुरा पढौ

स्थानीय तह निर्वाचनका लागि १० राजनीतिक दल दर्ता

काठमाण्डौं । स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि १० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । आयोगका अनुसार जनमत पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी दर्ता भएका हुन् । नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनअनुरूप आयोगमा नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी नेपाल र समावेशी लोकतान्त्रिक पार्टीसहित आयोगमा हालसम्म… पुरा पढौ

प्रधानमन्त्री देउवाद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेकामा नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका हुन् । ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै प्रधानमन्त्री देउवाले क्यानडाविरुद्ध आठ विकेटको जीत निकाल्दै ‘टी–२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई दिएका हुन् । प्रधानमन्त्री देउवाले ट्विट गर्दै भनेका छन्, “क्यानाडाविरुद्ध जीत निकाल्दै टी– विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल… पुरा पढौ

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेकी छन् । ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई हार्दिक बधाई दिएकी हुन् । राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छन्, “ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली टोलीले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा… पुरा पढौ

भिष्म र राजेश रेवान पोखरा भेट्रान्स टेनिसको फाइनलमा

पोखरा । भिष्मराज पौडेल र राजेश गुरुङ्ग पोखरा रंगशालामा जारी रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ अन्र्तगत नवप्रवेशितर्फ फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनल खेलमा भिष्मले दुर्गा सुनारलाई ६–२, ६–३ ले तथा राजेशले रविन गुरुङ्गलाई ६–२,६–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको नवप्रवेशितर्फको फाइनल खेल मंगलबार हुनेछ । त्यस्तै प्रतियोगिता अन्तर्गत सिनियर भेट्रान्सतर्फका खेलहरुपनि मंगलबारदेखिनै शुरु हुने आयोजक संघ कास्कीका सचिव नविन श्रेष्ठले जानकारी दिए… पुरा पढौ

१७ औ लेखनाथ महोत्सवको तयारी अगाडि तिब्र

पोखरा । लेखनाथ उद्योग बाणिज्य संघबाट यहि मिति २०७८ साल फाल्गुण २६ गते देखि चैत्र ७ गते सम्म आयोजना गरिएको १७ औ लेखनाथ महोत्सवलाई सम्पन्न गर्नेे उद्धेश्यले गठित कार्यसम्पादन समिति एवं बिभिन्न उपसमितिका संयोजकहरुको बैठक आईतवार संघको सभाकक्षमा सम्पन्न भएको छ । महोत्सव सम्पन्न गर्न गठित मुल समारोह समितिका निर्देशक एवं नेउवामहासंघ केन्द्रिय सदस्य बावुराम गिरीले बर्तमान अवस्थामा बिद्यमान चुनौतिहरुको सामना गर्दे सबैको आंट तथा हौसलाबाट नै महोत्सव सफल हुनेहुदा सवै एक भएर अगाडि बढ्न सुझाव दिएका छन् । महोत्सवको… पुरा पढौ

प्रेस चौतारीको नवौं महाधिवेशनलाई जनवर्गीय संगठनको साथ

पोखरा । नेकपा (एमाले)का जनवर्गीय संगठनका प्रतिनिधिहरुले पोखरामा यही फागुन २७ र २८ मा हुने प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सभ्य र भव्य बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले महाधिवेशनको व्यवस्थापनदेखि आर्थिक भौतिक रुपमा सहयोग गर्ने जनाए । महाधिवेशन मूल व्यवस्थापन समिति अन्तर्गतको जनवर्गीय संयोजन समितिले सोमबार आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सदस्य तथा उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संयोजक धनबहादुर नेपालीले महाधिवेशनको लागि सबै किसिमको सहयोग गर्ने बताए ।… पुरा पढौ

विश्वकप क्रिकेट छनोट : क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाण्डौं । आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई सहजै पराजित गरेको हो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बनेको छ । एकासी रनको विजयी लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ३४ रनको योगदान… पुरा पढौ

यातायात, सामुदायिक वन, सामुदायिक विद्यालय लगायतमापनि सूचना माग्न पाउने कानून आउँदै

पोखरा, फागुन ९ गण्डकी प्रदेश सभाको आगामी अधिवेशनमा चार विधेयक पेश हुने भएको छ । अब शुरु हुने हिउँदे अधिवेशनमा चार विधेयक पेश गर्ने तयारी भएको हो । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अब केहि दिनमा आह्वान हुँदैछ । तर कहिले शुरु हुने भन्ने टुंगो लागेको छैन । हिउँदे अधिवेशन आह्वान हुनुपर्ने भएपनि सरकारले प्रदेश प्रमुख समक्ष मिति सिफारिस नगरेका कारण अधिवेशनको टुंगो लाग्न नसकेको हो । आगामी अधिवेशनमा प्रदेश सरकारको तर्फबाट कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले प्रदेश… पुरा पढौ

भोलिदेखि फेवातालको पानीको सतह घटाइने

पोखरा, फागुन ९ नेपालकै प्रमुख पर्यटकीय केन्द्र पोखराको फेवातालको पानीको सतह घटाइने भएको छ । फेवातालको निकासका लागि बनाइएको कल्भर्ट फराकिलो बनाउन फेवातालको पानीको सतह करीब ३ महिना घटाउने तयारी गरिएको हो । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीले पोखरा–१७ विरौटाचोकमा रहेको नहरको कल्भर्ट फराकिलो बनाउनका लागि फागुन १० गते मंगलबारदेखि आगामी २०७९ साल बैशाख ३० गतेसम्म फेवातालको पानी घटाउन लागेको जनाएको छ । कार्यालय प्रमुख ई.किरण आचार्यले कल्भर्ट फराकिलो बनाउन सडक डिभिजन कार्यालय पोखराले कल्भर्ट फराकिलो बनाउनका लागि… पुरा पढौ