समाचार

पोखराका १९ स्थानमा आज र भोली बुस्टर डोजको खोप

पोखराका १९ स्थानबाट आज (बुधबार) र भोली (बिहीबार) कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइँदैछ। कोभिशिल्ड, भेरोसेल, अस्ट्रजेनेका, जेनसन, मोडर्ना लगायतका सबै खोप लगाएर ६ महिना पूरा भएकालाई आज र भोली बुस्टर डोज खोप लगाइने भएको हो। पोखरा महानगरपालिकाको व्यवस्थापनमा कोभिशिल्ड, भेरोसेल, अस्ट्राजेनेका, जेनसनको बुस्टर डोजको खोप लगाइने भएको हो।खोप केन्द्रबाट कोभिशिल्ड, मोडर्ना र अस्ट्राजेनेकाको बुस्टर डोज खोप लगाइँदैछ। यो हप्ताभर पोखराका विभिन्न ४६ स्थानबाट कोरोना विरुद्धको खोप वितरण हुँदैछ। फागुनको ११, १२, १३, १५, १६, १७ र १८ गतसम्म पोखरामा खोप… पुरा पढौ

महिलाहरुका लागी जुत्ता चप्पल बनाउने तालिम

पोखरा । महिला उद्यमशिलता, क्षमता वृद्धिको लागि एक हप्ते जुत्ता चप्पल बनाउने तालिम मङ्गलबारदेखि पोखरामा सुरु भएको छ । जाल्पादेवी महिला उद्धार समुह सिमलचौर पोखराको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ८को सहयोगमा स्थानीय महिलाहरुका लागि तालिम आयोजना गरिएको अध्यक्ष राधिका थापाले बताए । तलिमको शुभारम्भ गर्दै वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले वडामा रहेका महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्य अनुसार ११ सय भन्दा बढीलाई विभिन्न तालिममा सहयोग गरिदै आएको बताए । कार्यक्रममा वडा सदस्य कृष्णमान ठुसाजु, किरण गौतम, सृजना… पुरा पढौ

यातायात क्षेत्रमा हुने बिचौलीयाको अन्त्य गर्न हेल्प डेक्स आवश्यकः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले यातायात क्षेत्रमा हुने बिचौलीयाको अन्त्य गर्न हेल्प डेक्स स्थापना गर्न आवश्यक भएको बताएका छन् । प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको राजश्व संकलन तथा परिचालन सम्बन्धि एक दिने अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले यातायात क्षेत्रको सेवा प्रभावकारी बनाउन बिचौलीयाको अन्त्य गर्दै हेल्प डेक्स स्थापना गर्नुपर्ने बताएका हुन् । मन्त्री बरालले भने“ प्रदेशको राजश्व संकलनको पहिलो क्षेत्र नै यातायात हो, यो प्रत्यक्ष जनतासंग जोडिएको हुँदा यसबाट सेवाग्राहीलाई झनझट… पुरा पढौ

पहाडको विकासका लागि प्रदेश सरकार अग्रसर छ: मुख्यमन्त्री पोखरेल

डेढगाउँ । प्रदेशको सिमाना निर्धारण हुँदा नवलपरासी जिल्लाको दाउन्नेदेखि पूर्वको भूभाग गण्डकी प्रदेशमा प¥यो । अर्थात् नवलपरासी जिल्ला टुक्रिएर दुई जिल्ला बनाइयो । १० जिल्ल्ला सावकिकै गण्डकी अञ्चलका थिए । भौगोलिक मात्र होइन भावनात्मक रुपमा पनि पोखरासँग नजिक थिए । प्रदेश मात्र होइन मुलुककै कान्छो जिल्ला नवलपुर भने भौगोलिक र भावनात्मक रुपमै पोखराबाट अलि परकोजस्तो भयो । जसको कारण थियो सडक मार्गको पहुँच । त्यसो त सरकारले कोरला त्रिवेणी सडकलाई प्रदेशकै ‘लाइफलाइन’ मानेको छ । यो सडक प्रदेश गौरवको आयोजना… पुरा पढौ

झण्डै २ महिनापछि धरौटीमा छुटे र्‍यापर ‘लाउरे’

पोखरा । र्‍यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । लागूपदार्थसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका ‘लाउरे’ मंगलबार ५० हजार रुपैयाँमा रिहा भएका हुन् । लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा झण्डै २ महिना कास्की प्रहरीको हिरासतमा रहेका लाउरेलाई कास्की जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । लाउरेसंगै पक्राउ परेका अन्य ३ जनालाई भने पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको छ । प्रहरीले गत पुस १४ गते राती लाउरेसहित चार जनालाई पोखराको… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.४२ अङ्कले उकालो लागेर दुई हजार ७३५.९३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३६ अङ्कले बढेर ५२३.१५ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकममा भने उल्लेख्य सुधार हुन सकेको छैन । कूल २२८ कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर रु तीन अर्ब २१ करोड २८ लाख… पुरा पढौ

फागुन १४ गते नेशनल प्याव्सन कास्कीले लोक नृत्य प्रतियोगिता

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) कास्कीले १४ औं लोक नृत्य प्रतियोगिता गर्ने भएको छ ।कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति, विज्ञान, प्रविधि, तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ । नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालय वीच गर्न लागेको उक्त प्रतियोगिता फागुन १४ गते पोखरा सभागृहमा हुने कार्यक्रम संयोजक तथा नेशनल प्याव्सन कास्कीका सदस्य राजु कायस्थले जानकारी दिए । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सिमित नगराई व्ययवहारीक ज्ञानसँगै नेपाली मौलिक संस्कृतिको ज्ञान… पुरा पढौ

‘ए’ डिभिजन लिग : पुलिस र एपिएफको खेल बराबरीमा

काठमाण्डौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ )बीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको पहिलो हाफको ४१आँै मिनेटमा एपिएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक– एक गोलको… पुरा पढौ

जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह

काठमाण्डौं । प्रतिनिधिसभाको लेखा समितिका सभापति भरतकुमार साहले जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह गरेका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज आयोजना गरेको ‘स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन’ विषयक छलफल कर्यक्रममा उनले संविधानले कर उठाउने दायराको अधिकांश हिस्सा केन्द्र सरकारलाई दिए पनि स्थानीय तहले जनताले तिर्न सक्ने न्यूनतम् र जायज हुने खालका कर उठाउन सक्ने बताएका हुन् । सभापति साहले कुखुराको अण्डा र ज्योतिषीलाई समेत महँगो कर लिइएको गुनासो आएकाले यसरी कर लिने जनप्रतिनिधि आगामी… पुरा पढौ

बाग्लुङमा सुक्खा पहिराले पुरिएर एकको मृत्यु, दुई घाइते

बाग्लुङ । बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज विहान सुक्खा पहिरा जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ । इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले जानकारी दिए । पहिरामा परेर स्थानीयवासी कृष्ण विक र दुर्गा विक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । रासस पुरा पढौ