फागुण ८,पोखरा कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आइतबारदेखि रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ शुरु भएको छ । प्रतियोगिता अन्तर्गत नवप्रवेशी भेट्रान्सतर्फ भिष्मराज पौडेल, रविन गुरुङ्ग, दुर्गा सुनार र राजेश गुरुङ्ग सेमिफाइनलमा प्रवेश गरेका छन् । रविन गुरुङ्गले विष्णु थापालाई प्रतिस्पर्धात्मक खेलमा २–६, ७–६ र सुपरटाईमा ११–९ ले पराजित गरे । त्यस्तै दुर्गा सुनारले सुजन तिवारीलाई ६–१, ६–२ ले तथा राजेश गुरुङ्गले निर्मल सिल्पकारलाई ६–०, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।…
पुरा पढौ