समाचार

दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैन : मुख्यमन्त्री पोखरेल

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयको अवरोध चिर्दै दुम्कीवास त्रिवेणी सडक खण्ड खुल्न लागेको भन्दै यसले नवलपुर मात्र होइन समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको ढोका खोल्ने बताएका छन् । शुक्रबार विनयी त्रिवेणी गाउँपालिकामा आयोजित कार्यक्रममा उनले प्रदेश सरकार स्थापनादेखि नै उक्त मार्ग खोल्न प्रयास भए पनि अहिले आएर प्रक्रिया अगाडि बढेको सुनाए । संघको वन तथा वातावरण मन्त्रालयमा माघ १७ गते मुख्यमन्त्री आफै पुगेर पहल गरेपछि फाइल अगाडि बढेको थियो । डिपिआरको काम अब सुरु भइहाल्ने… पुरा पढौ

सामुदायिक सेवा केन्द्र बगरको रक्तदान

पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ३९ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ र सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक होतबहादुर रोकालाई ब्लड व्याग… पुरा पढौ

विश्व कप क्रिकेट छनौट : आयोजक ओमानलाई हराउँदै नेपालको बिजयी शुरुवात

आइसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले सुखद सुरुवात गरेको छ । ओमानको अलअमिरात मैदानमा आज भएको खेलमा नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गर्दै बिजयी भएको हो । बलरहरु चम्किदा नेपाल पहिलो खेलमा जित हात पार्न सफल भयो । नेपालका लागि कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २÷२, अविनाश बोहरा र जितेन्द्र मुखियाले १र१ विकेट लिए । आयोजक ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो व्याटिङ गर्दै निर्धारित २० ओभरमा… पुरा पढौ

पोखराको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै म्याराथन दौड

गण्डकी। पोखराको पर्यटन प्रवद्र्धनमा यहाँ सञ्चालन हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहयोगी बन्दै आएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले बर्सेनी फागुनको पहिलो शनिबार सो प्रतियोगिता आयोजना गर्दैआएको छ । प्रतियोगितामा भाग लिन देशका विभिन्न ठाउँबाट धावक आउने गर्छन् । केही वर्षयता विदेशी धावक सहभागी बन्न थालेपछि यसको महत्व चुलिँदै गएको छ । हिमशृङ्खला, हरियाली पहाड, तालतलैयाजस्ता प्राकृतिक छटालाई नियाल्न खेलाडी दौडमा सहभागी बन्ने गरेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई विश्वसामु दौडको सहरका रुपमा चिनाउन म्याराथन आयोजना गर्दै… पुरा पढौ

बीस गोही राप्तीमा छाडियो

चितवन। चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष १०७ गोही नदीमा छाडिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छोड्ने कार्यको शुभारम्भ गर्दै संरक्षण एक संस्थाले मात्र सम्भव नभएकाले सबैको संयुक्त प्रयास आवश्यक रहेको बताए। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलगायतले सबैको साथ र… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु ४००ले वृद्धि

काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेर रु. ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९६ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार कायम भएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु. ९५ हजार ६०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले वृद्धि भएर रु. एक हजार… पुरा पढौ

सीता परियार दलित समुदायबाटै पहिलो महिला सीडीओ

दलित समुदायबाट सीता परियार पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी छन्। नेपाल सरकारको राजपत्रांकित द्धितिय श्रेणी उपसचिव सरहकी परियारलाई गृहमन्त्रायले हुम्ला जिल्लाको सीडीओ खटाएको हो। भक्तपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी परियारलाई बिहीवार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गर्दै हुम्ला जिल्लाको जिम्मेवारी दिएका हुन। पुरा पढौ

नेपालको ठूलो सपना, टी–२० विश्वकप क्रिकेट खेल्ने

आइसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटमा आज (शुक्रबार) नेपालले ओमानसँग खेल्दैछ। खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे शुरु हुनेछ। नेपालले आज ओमानलाई हराउन सके सेमिफाइनलमा पुग्ने संभावना बलियो बनाउने छ। आज जिते सेमिफाइनल खेल्न क्यानडा वा फिलिपिन्समध्ये एकलाई हराए पुग्नेछ। यदि, आजको खेल हारेमा बाँकी २ खेल जित्नै पर्ने दबाब नेपालसामु हुनेछ। ओमानमा भएको ४ देशीय टी–२० शृंखलामा नेपालले ओमानलाई हराएको थियो। तर, यूएई र आयरल्यान्डसँग पराजित बनेको थियो। ग्लोबल छनोटबाट फाइनलमा पुग्ने २ टोलीले आउँदो अक्टोबरमा… पुरा पढौ

पोखराको फेवातालदेखि सराङकोटसम्म केबलकार सरर …

पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन आजदेखि व्यावसायिक संचालनमा आउँदैछ। अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सेवा शुभारम्भ गर्न लागिएको हो। आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक संचालन हुनेछ।स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको हो। अंग्रेजी नयाँ वर्षका दिनदेखि व्यावसायिक… पुरा पढौ

गण्डकी प्रदेश सरकारको घोषणा, तनहुँको डिभिजन वन कार्यालय उत्कृष्ट

गण्डकी प्रदेशभरका जिल्लास्तरमा रहेका कार्यालयहरु मध्ये डिभिजन वन कार्यालय तनहुँ सर्वोत्कृष्ट हुन सफल बनेको छ। गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय तनहुँलाई उत्कृष्ट कार्यालयका रुपमा पुरस्कृत गरेको हो। प्रदेश सरकार मातहत जिल्लास्तरमा रहेका कार्यालयहरु मध्ये डिभिजन वन कार्यालय तनहुँ सर्वोत्कृष्ट हुन सफल बनेको हो। प्रदेश सरकारको चौथो स्थापना दिवसको अवसरमा बुधबार तनहुँको वन कार्यालय उत्कृष्ट भएको घोषणा गरिएको हो। नमूना कार्यालय मापदण्ड, २०७६ बमोजिम यस वर्षको नमूना कार्यालयको रुपमा डिभिजन वन कार्यालय तनहुँलाई घोषणा गरिएको हो। यो कार्यालय गतवर्ष पनि… पुरा पढौ