समाचार

आजदेखि २० औं संस्करणको आहा ! रारा फुटबल सुरु

पोखरामा आज ((बिहीबार) देखि २० औं संस्करणको आहा रारा गोल्डकपप फुटबल प्रतियोगिता सुरु हुँदैछ। सहारा क्लब पोखराले नियमित संचालन गर्दै आएको प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा हुने यस संस्करणको उद्घाटन खेल भने आज आयोजक सहारा क्लब र विभागीय सशस्त्रको एपीएफ क्लबबीच हुनेछ। उद्घाटन खेल आज (बिहीबार) दिउँसो साढे २ बजे सुरु हुने क्लबले जनाएको छ। आयोजक सहारा क्लब पोखराले माघ ६ देखि हुने यस संस्करणको आहा रारा गोल्डकपको खेलतालिका भने मंगलबार सार्वजनिक गरिसकेको छ। नक आउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजक सहारा,… पुरा पढौ

गण्डकीका नाकामा होल्डिङ सेन्टर बनाइने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । कोभिडको तेस्रो लहर नियन्त्रणका लागि नेपाल सरकारले पुस ३० गते जारी गरेको आदेश कार्यान्यनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री पोखरेलले भने, ‘महामारी नियन्त्रणमा हामीले सक्दो प्रयास गरेका छौं, कहिँकतै जनशक्ति अभाव नहोस् भनेर त्यही अनुसार व्यवस्थापन गरेका छौं ।’ नवलपुर लगायत जिल्लामा ल्याबको जनशक्ति नहुँदा पिसिआर… पुरा पढौ

सहाना प्रधान स्मृती महिला हक्की : गण्डकी र सुदुर पश्चिम बरावरीमा

पोखरा । चौथो सहाना प्रधान स्मृती महिला हक्कीमा गण्डकी प्रदेश र सुदुर पश्चिम बरावरीमा रोकिएका छन् । नेपाल हक्की संघको आयोजनामा वीरगन्जको आदर्शनगर खेल मैदानमा बुधबारबाट शुरु भएको उक्त प्रतियोगितामा निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल हुन नसक्दा अंक बाँडेका हुन् । लिग अन्तर्गत समुह ‘बि’तर्फको उक्त खेलमा गण्डकीकी खेलाडी कमलादेवी घर्ती पुन ‘वुमन अफ द म्याच’ चुनिएकी छन् । त्यस्तै समुह ‘ए’ अन्तर्गत भएको अर्को प्रतिष्पर्धामा मधेसले प्रदेश १ लाई २–० गोलले पराजित गरेको छ । मधेसका लागि आकृति… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, खाना पकाउने ग्यासको मूल्य यथावत

काठमाण्डौं । नेपाल आयल निगमले बुधबार रातीबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरात १२ बजेबाट लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको साबिकको मुल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । यस्तै आन्तरिक हवाई ईन्धनमा पनि साविकको बिक्रि मूल्यमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गर्दै प्रतिलिटर १०६ रुपैयाँ पुर्याएको छ । मूल्य वृद्धिसंगै अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ… पुरा पढौ

नेपाल क्रिकेट प्रशिक्षक संघकाे अध्यक्षमा टमाटा

पोखरा । नेपाल क्रिकेट प्रशिक्षक संघ (सीसीएएन)को अध्यक्षमा जगत टमाटा चयन भएका छन् ।आज भएको संघको प्रथम साधरण सभाले टमाटाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । संघको उपाध्यक्षमा साम्सोनजंग थापा, सचिवमा बसन्त साही ठकुरी र कोषाध्यक्षमा महेशप्रसाद रिजाल चयन भएका छन् । यस्तै संघको सदस्यहरुमा प्रकाश शर्मा, रिजन प्रजु, सुनिल शाह, नीरा राजोपाध्याय, जानकी भट्ट, ज्ञानेन्द्र क्षेत्री र शेर लामा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई नेपाल क्रिकेट संघ (सीएएन)ले सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त… पुरा पढौ

कोरोना अपडेट : गण्डकीमा परीक्षण गरिएका आधाभन्दा बढीमा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा कोरोना परीक्षण गरिएका मध्य आधाभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले अध्यावधिक गरेको पछिल्लो कोभिड – १९ सम्बन्धी विवरणमा जनाइए अनुसार एक हजार ३०१ जनामा गरिएको परीक्षणमा ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा सबैभन्दा बढी कास्कीका ३६५ जना, स्याङ्जाका ८५, तनहुँका ८३, गोरखा ५८, नवलपरासी पूर्वका ४६, म्याग्दीका १९, बाग्लुङका ११, पर्वत ५ र मुस्ताङमा १ जना संक्रमित थपिएका छन् । आज थपिनेको संख्या… पुरा पढौ

पो.उ.वा.संघले थाल्यो औद्योगिक व्यापार मेलाको आन्तरिक तयारी

पोखरा,५ माघ । पोखरा उद्योग वाणिज्य संघले आउँदो फागुन १६ गतेबाट तय भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी थालेको छ । संघले फागुन १६ देखि २२ गतेसम्म व्यापार मेलाको मिति तय गरेको छ ।कोभिड–१९ को तेस्रो लहरसँगै प्रशासनले मेला÷महोत्सव आयोजनामा रोक लगाए पनि फागुनसम्म स्थिति सहज हुने अनुमानका साथ मेलाको आन्तरिक तयारी अघि बढाइएको संघका अध्यक्ष नारायण कोइरालाले बताए ।‘२ वर्षदेखि कोभिडका कारण संकुचनमा परेको अर्थव्यवस्थालाई चलायमान बनाउन पनि मेला÷महोत्सव आवश्यक छ’,उनले भने,‘ देश सशस्त्र द्वन्द्वमा हुँदा मेला÷महोत्सवमार्फत् नै अर्थतन्त्र… पुरा पढौ

पोखराबाट लागू औषधसहित एक पक्राउ

पक्राउ परेका हमाल पोखराबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नम्बर १० अमरसिंह बस्ने २९ वर्षिय कृष्णबहादुर हमाललाई लागू औषधसहित पक्राउ गरेको जनाएको हो । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले हमाललाई मंगलबार पक्राउ गरेको जनाइएको छ । उनको साथबाट डाइजापाम ६४ एम्पुल, फेनरागन ६२ एम्पुल, नुर्फिन ६२ एम्पुल गरि कुल १८८ एम्पुल लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका… पुरा पढौ

कर्मचारीमा कोरोना देखिएसँगै जिल्ला प्रशासन कार्यालय कास्कीको पासपोर्ट, राष्ट्रिय परिचयपत्र दर्ता र पेन्सन सिफारिस सेवा स्थगित

पोखरा, माघ ५ जिल्ला प्रशासन कार्यालय कास्कीका कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण भएको छ । जिल्ला प्रशासन कार्यालयको राहदानी र राष्ट्रिय परिचय पत्र वितरण शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जनाएका छन् । उनका अनुसार केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने केहिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रशासनले राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता सम्बन्धी सेवा अनिश्चित कालका लागि स्थगित गरेको छ । सहायक… पुरा पढौ

नेलम्बोद्वारा संक्रामक तथा सरुवा रोग अस्पताललाई चारजना स्वास्थ्यकर्मी सहयोग

पोखरा, माघ ५ पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले संक्रामक तथा सरुवा रोग अस्पताललाई ४ जना स्वास्थ्यकर्मी उपलब्ध गराएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस कोभिड–१९ को तेश्रो लहर अन्तर्गत आएको ओमिक्रोन जनस्तरमा फैलिएकाले उनीहरुको उपचारमा सघाउ पुगोस् भन्ने उद्धेश्यले नेलम्बो नेपालले संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथलाई ६ महिनाका लागि ४ जना स्वास्थ्यकर्मी उपलब्ध गराएको हो । नेलम्बो नेपालले उक्त अस्पतालमा कोभिडका विरामीको उपचार सहज गराउने उद्धेश्यले रेडियो ग्राफर १ जना, स्टाफ नर्स १ जना र… पुरा पढौ