समाचार

सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

दमौली। तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने जनाएको छ । गृहमन्त्रालयको निर्णय अनुसार गत पुस २९ गते जारी आदेशबमोजिम कार्यालय, होटल, रेस्टुराँ, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यान० मा प्रवेश गर्दा अनिवार्य खोप कार्ड देखाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । उनका अनुसार यस्ता सबै निकायले खोप कार्ड हेरेर मात्र प्रवेश… पुरा पढौ

आजको राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभाको आज (सोमबार) बस्ने भनिएको राष्ट्रिय सभा बैडक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगन गरिएको हो। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको संघीय संसद्ले जनाएको छ। पुरा पढौ

रवीन्द्र मिश्रलाई पनि कोरोना संक्रमण

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ। आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन, ‘बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस !’ अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले सबै सामान्य रहेको उनले उल्लेख गरेका छन् । ‘म पनि कोभिड पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परिक्षणपछि… पुरा पढौ

पर्वत कुस्माको पाङ कुनाचौरमा क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण सुरु

पर्वतको कुस्मा नगरपालिका–१ पाङमा क्षेत्रीयस्तरको क्रिकेट मैदानको निर्माण सुरु भएको छ। पाङ कुनाचौरको १७० रोपनीको चौरमा गण्डकी प्रदेशकै नमूना क्रिकेट रंगशाला निर्माण गर्न थालिएको कुस्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिएका छन्। रंगशाला निर्माणका लागि राष्ट्रिय योजना आयोगको समपूरक अनुदान र कुस्मा नगरपालिकाको साझेदारीमा काम अघि बढाइएको हो। आयोगले ३ करोड रुपैयाँ बजेट विनियोजन गर्ने भएकोमा चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ र नगरपालिकाको २० लाख रुपैयाँ गरी झण्डै ७० लाख रुपैयाँको लागतमा मैदान सम्याउने तथा कालीगण्डकीको भिरतर्फ पर्खाल… पुरा पढौ

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोनामुक्त

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमण मुक्त भएका छन्। उनको कोभिड– १९ रिपोर्ट नेगेटिभ आएको छ। अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणका अनुसार आइतबार बिहान पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो। पुस २३ गते पीसीआर परीक्षण गरेपछि उनमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो। अध्यक्ष प्रचण्ड स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ लिइरहेका थिए। पुरा पढौ

कास्कीको मादी गाउँपालिकाको आदेशः २५ जना भन्दा बढी भेला हुन रोक

कोरोना भाइरस कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको संभावित जोखिम न्यूनीकरणका लागि कास्कीको मादी गाउँपालिकामा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले आइतबार विज्ञप्ति जारी गरी पछिल्ला दिनमा ओमिक्रोन भेरियन्ट सहितको कोरोना संक्रमण दिनानुदिन बढ्दै गएकाले गाउँपालिकाभित्र हुने सक्ने संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सो व्यवस्था गरिएको जनाए। गाउँपालिकाले कोरोनाबाट उच्च सतर्कता अपनाउन तथा पालिकाभित्र २५ जना भन्दा बढी मानिसहरु भेला हुने कुनै पनि किसिमका औपचारिक तथा अनौपचारिक कार्यक्रम, सभा सम्मेलन, जुलुस, जात्रा महोत्सव, विवाह,… पुरा पढौ

थप चार हजार ९६१ मा कोरोना सङ्क्रमण पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै तीन हजार ३४७

काठमाण्डौं । देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ सङ्क्रमितभन्दा ३२५ ले बढी हो । शनिबार देशभरमा चार हजार ६३६ नयाँ सङ्क्रमित पुष्टि भएको थियो । उपत्यकाका तीन जिल्लामा आज तीन हजार ३४७ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण… पुरा पढौ

लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे रुपा सिद्धमा जस्तापाता सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेले कास्कीको रुपागाउँपालिका वडानं ४ स्थित सिद्धमा जस्ता पाता सहयोग गरेको छ । क्लबले आइतबार इन्द्र बहादुर नेपाली( कृष्ण)को घरमै पुगेर कृष्ण दम्पतीलाई जस्ता पाता हस्तान्तरण गरेको हो । क्लबका संस्थापक अध्यक्ष दीपेन्द्र शर्माले कृष्ण दम्पतीले घरको छानो हाल्न नसकेर झुपणीबाट नयाँ घरमा सर्ने सपना अधुरै रहेको खवर पाएपछि क्लवका मनकारी साथीहरु मार्फत जस्ता पाता सहयोग गरिएको बताए । शर्माले अप्ठेरोमा परेकाहरुको साथमा आफुहरु रहेको भन्दै क्लबले यस अगाडि पनि अन्यठाउँमा सकेजति सहयोग गर्दे… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले बढेको छ । नेप्से ६९ अङ्कले बढेर दुई हजार ९२६.७४ मा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.८१ अङ्कले बढेर ५४२.६३ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कूल २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर रु नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ मूल्यमा खरिद… पुरा पढौ

नयाँबजारमा भूकम्प सुरक्षा दिवस

पोखरा । पोखराको नयाँबजारमा स्थानीयले आइतबार भूकम्प सुरक्षा दिवस मनाएका छन् । विसं १९९० माघ २ गते गएको भूकम्प गएको सम्झनामा स्थानियले दिवस मनाएका हुन् । गोरखा भूकम्पछि स्थानीयले आश्रय लिएको पोखरा नयाँबजारको चौरलाई खुला चौरकै रुपमा छाड्न स्थानीयले माग गरेका छन् । त्यहाँ पोखरा महानगरपालिकाले भवन बनाउन लागेको छ । अघिल्लो साल ७० लाख खर्चेर बनाइएको सहरी स्वास्थ्य केन्द्रको भवन भत्काएर महानगरले भवन बनाउन लागेको हो । चारैतिर बाटो भएकाले मापदण्ड छाड्दा महानगरको मुख्यालयलाई यहाँ ठाउँ नपुग्ने र पार्किङको… पुरा पढौ