समाचार

सत्तारूढ दलको बैठक : समयमै स्थानीय तह निर्वाचन गर्नेबारे छलफल

काठमाण्डौं । सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले जानकारी दिए । बैठकमा नेताहरुले संविधान र कानूनले गरेको व्यवस्थाअन्तर्गत नै रहेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने सुझाव दिए को जानकारी दिँदै उनले कोभिड–१९ को चुनौतीको कसरी सामना गर्ने भन्ने विषयमा पनि… पुरा पढौ

दर्शक बिना नै हुने भो आहा ! रारा गोल्डकप

पोखरा, माघ ४ यस पटकको आहा ! रारा गोल्डकप दर्शक बिना नै हुने भएको छ । सहारा क्लव पोखराको आयोजनामा यहि माघ ६ गतेदेखि १५ गतेसम्म पोखरा रंगशालामा हुने २० औं आहा ! रारा गोल्डकप दर्शक बिना नै खेलाउन लागिएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस कोभिड–१९ को तेश्रो लहर अन्तर्गत आएको ओमिक्रोनका कारण यस पटक दर्शक बिना नै आहा ! रारा गोल्डकप खेलाउन लागिएको आयोजक सहारा क्लव पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो… पुरा पढौ

लेवान्डोस्की फिफा वर्ष खेलाडी घोषित

पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्। वायर्न म्युनिकका स्ट्राइकर लेवान्डोस्कीले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका हुन्। ३३ वर्षीय लेवान्डोस्कीले गत वर्ष ६९ गोल गरेका थिए। उनले बुन्डेसलिगाअन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए। लेवान्डोस्कीले यो अवार्ड जित्न लिभरपुलका मोहमद सालाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेस्सीलाई पछि पारे। म्यान्चेस्टर युनाइटेडका क्रिस्टीयानो रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरिएको छ। रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रुपमा सम्मान गरिएको… पुरा पढौ

मानुङकोटबाट फर्किदै गरेको बलेरो जीप दुर्घटना

तनहुँको व्यास–५ मानुङकोटबाट फर्किदै गरेको बलेरो जीप दुर्घटनामा परेको छ। सडकबाट चिप्लिएर केही तल खस्दा जीप दुर्घटना भएको हो। दुर्घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीले जनाएको छ। जीपमा सवार सबै यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पुरा पढौ

पर्वतमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पर्वतमा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–२ भोक्सिङका ३८ वर्षीय प्रितम गुरुङ रहेको प्रहरीले जनाएको छ। मोदी गाउँपालिका–५ आम्वोट नजिकै सोमबार दिउँसो पोखरा–बागलुङ सडकमा पोखराबाट पर्वततर्फ आउँदै गरेको ग ६ प ५५७३ नम्बरको मोटरसाइकल र बागलुङबाट बर्दियातर्फ जाँदै गरेको ग २ ख १०१३ नम्बरको बस एकआपासमा ठोक्किएका हुन्। दुर्घटनामा गंभीर घाइते भएका गुरुङको उपचारका क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो। बसमा सवार यात्रु भने सकुशल रहेका छन्। पुरा पढौ

नवलपुर बुलिङटारमा आफ्नै घरको आँगनबाट लडेर वृद्धको मृत्यु

पूर्वी नवलपरासीमा आफ्नै घरको आँगनबाट लडेर एक जना जेष्ठ वुद्धको मृत्यु भएको छ। प्रहरी चौकी बुलिङटारका अनुसार बुलिङटार गाउँपालिका ६ नयाँ बस्ती बस्ने बर्ष ७६ को कर्णबहादुर सुनार विकको आफ्नै घरको आँगनबाट लेडर मृत्यु भएको हो। आँगनबाट लडेर विक अन्दाजी ३ फिट तल खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पुरा पढौ

गण्डकी प्रदेश हक्की टोलीको विदाई

गण्डकी प्रदेशको हक्की टोलीको एक कार्यक्रमबीच (सोमबार) विदाई गरिएको छ। विरगञ्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको महिला टोलीलाई विदाई गरिएको हो। गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले खादा लगाई टोलीलाई बिदाई गरे। कोरोना महामारीकै बीचमा १८ सदस्यीय टोली सोमबार बीरगञ्ज प्रस्थान गरेका हुन्। गण्डकी प्रदेशले पहिलो खेल बुधबार सुदुरपश्चिम प्रदेशसँग खेल्नेछ। दोस्रो खेल भने बिहीबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।हक्की टोलीका… पुरा पढौ

मुनाल सहकारीको वार्षिकोत्सवको अवसरमा सिद्धवराह आश्रमलाई सहयोग

पोखरा । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड आजबाट स्थापनाको चौधौं वर्षमा प्रवेश गरेको छ । सहकारीले चौधौं वार्षिकोत्सवको अवसरमा संस्थाले पोखराको पामेस्थित सिद्धवराह तपोवन सन्यास आश्रममा अध्ययनरत बटुक विद्यार्थीहरूको लागि ४० हजार बराबरको १८ थान सिरक, बेड कभर लगायतका सामाग्रीहरु सहयोग गरेको हो । संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रममा सिद्धवराह तपोवन आश्रमका पिठाधीश स्वामी श्री निषेशानन्द महाराजले सहयोगी मनलाई धन्यवाद दिदै मुनाल सहकारीको यो सहयोगले आश्रममा अध्ययनरत बटुक विद्यार्थीहरूले न्यानो माया तथा… पुरा पढौ

गौ बोमबस्तमा प्रतिभा बाल क्लब गठन, अध्यक्षमा विपासा सिउथानी

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङ्ग स्थित गौ बोमबस्त माध्यमिक विद्यालयमा प्रतिभा बाल क्लब गठन भएको छ । विद्यार्थीको चौतर्फी विकास, बाल अधिकार संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले गठन भएको १३ सदस्यि क्लबको अध्यक्षमा विपासा सिउथानी चयन भएकी छिन् । यस्तै उपाध्यक्षमा सफल बुढा, सचिवमा बिनिसा बुढा, कोषाध्यक्षमा सिल पुन र सह–सचिवमा सीमा भगामी चयन भएका छन् । समितीको सदस्यहरुमा भूमिका फगामी, अनु पुन, सिता बि।क, इच्छा फगामी, रहना फगामी, सबि सिउथानी, विपिसा राना र चेतन सिउथानी रहेका छन् ।… पुरा पढौ

सिद्दी सेतुली प्रतिष्ठानले बेदब्यास आश्रम दमौलीका अध्यक्ष श्रेष्ठलाई १ लाख नगदसहित सम्मान गर्ने

पोखरा । सिद्दी सेतुली स्मृति प्रतिष्ठान पोखराले बेदब्यास ज्येष्ठ नागरिक आश्रम दमौलीको अध्यक्ष साबित्री श्रेष्ठलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले रु १ लाख राशिसहित “आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति(२०७८ तथा सम्मान”बाट सम्मान गर्न लागेको हो ।आमाको स्मृति दिवस माघ ७ गतेका दिन एक समारोहका बिच श्रेष्ठलाई सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बॅांस्तोलाले जानकारी दिए । महिलाहरुको बिशेष सकृयतामा बिपन्न,अशक्त, असहाय तथा उपेक्षित ज्येष्ठ नागरिकहरुको भरण पोषण स्याहार सुसारका साथै मृत ज्येष्ठ नागरिकहरुको दाहसंसस्कारमा समेत सक्रिय भुमिका निर्बाह गरेको योगदानको… पुरा पढौ