समाचार

दोश्रो टाइगर कप आमन्त्रित भलिबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा पुलिस क्लव विजयी

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता सोमबारबाट पोखरामा शुरु भएको छ । माघ १ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा पहिलो दिन पुरुष र महिलातर्फ गरी चार खेल सम्पन्न भएका छन् । आज सम्पन्न उद्घाटन खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लवले टिप–टप हेल्प नेपाललाई ३–२ ले पराजित गरेको छ । भारतिय ३ जना खेलाडी सम्मिलित हेल्प नेपालले पहिलो सेट २५–१६ ले, दोश्रो सेट ३१–२९ ले जित्दै नेपाल पुलिसलाई दवावमा राखेको थियो ।… पुरा पढौ

बगर भाई खलक एट–ए–साइड भेट्रान्स शुरु, उद्घाटन खेलमा भलामको विजयी शुरुवात

पोखरा । पोखराको प्रतिष्ठित संस्था ‘बगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’ पोखरास्थित ऐतिहासिक टुँडीखेल मैदानमा सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा पोखरा वडा नं २० भलामले पोखराकै दिप यूनाइटेडलाई २–० गोलले पराजित गरेको छ । भलामका लागि मिलन राना र रमेश बस्नेतले समान १–१ गोल गरेका थिए । उद्घाटन खेलको म्यान अफ दि म्याच भलामका मिलन राना घोषित भएका छन् । यसै गरी आजनै सम्पन्न पोखराको एबिसी क्लव ‘बि’ र चितवन भेट्रान्स विचको खेलमा पाहुना टोली… पुरा पढौ

माक्स खोई अभियानमा तुल्सीघाट प्रहरी

पोखरा । पोखरा ९ तुल्सीघाट स्थित अस्थायी प्रहरी विटका प्रहरी तथा समाजसेवीहरुको सहयोगमा १५ सय माक्स वितरण गरिएको छ । सोमबार विहान ६ वजेदेखि नै तुल्सीघाटमा रहेको पक्कि पुलमा आउने तथा जाने सवारी साधनहरुमा चालक तथा यात्रुहरु, विद्यार्थीहरु, सर्वसाधारण पैदल यात्रुहरुलाई विटमा कार्यरत प्रहरी हवल्दार जनक धामीको नेतृत्वमा प्रहरी जवानहरुले माक्स वितरण गरेका थिए । दैनिक कोरोनाको नयाँ प्रजाती ओमीक्रोनको प्रकोप वढ्दै गएकोले माक्स अनिवार्य गराउन तथा जनचेतनाको लागि अभियान थालिएको सामुदायिक प्रहरी सेवा तथा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव… पुरा पढौ

संसद् अवरुद्धबारे छलफल गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ

काठमाण्डौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन् । इलाममा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । हालसम्म सरकारले औपचारिक पूरा गर्ने काम मात्र गरेको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताएका हुन् । संसद् अवरोद्ध गर्नु रहर नभई बाध्यता भएको बताउँदै उनले सरकारका लागि संसद् अवरोद्ध हुनु दुर्भाग्य भएको बताएका छन् । एमालेको १० औँ जिल्ला अधिवेशनबाट विजयी… पुरा पढौ

‘पृथ्वीनारायणको दिव्योपदेश अहिले पनि मार्गदर्शक’ : मन्त्री आले

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले दिएको दिव्योपदेश अहिले पनि मार्गदर्शक रहेको बताएका छन् । शाहको ३०० औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थानले आज संयुक्त रुपमा आयोजना गरेको ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता’ विषयक विचार गोष्ठीमा उहाँले शाहका नीति र विचार दूरदर्शीयुक्त भएको उल्लेख गरे । “काठमाडौँलाई शाहले विजय हासिल गर्नु भए पनि राजधानी यहीँ बनाएर यहाँको सांस्कृतिक परम्परालाई… पुरा पढौ

रोगले सुन्तलाको बगैँचा मासिएपछि उत्पादनमा कमी

लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा पकेट क्षेत्रमा सूचिकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै बाँकी रहन थालेकोे छ । सुन्तला बिक्रीबाट मात्रै वार्षिक रू पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका बेँसीशहर नगरपालिका– ११ साविक चिती–२ स्याउत गाउँका रमेशराज पन्तको सुन्तला बचैँचाबाट विगतमा वार्षिक रु चार लाखभन्दा बढी आम्दानी हुन्थ्यो तर रोगले सुन्तला बचैँचा मासिँदै जादा केही वर्षदेखि वार्षिक रू ४०÷५० हजार मात्र आम्दानी हुन थालेको उनको गुनासो थियो । यसवर्ष पनि सोही हाराहारीमा… पुरा पढौ

बागमती प्रदेशको मुख्य न्याधिवक्तामा श्रेष्ठ

धादिङका श्याम श्रेष्ठ बागमती प्रदेशको मुख्यन्याधिवक्तामा नियुक्त भएको छ । आज उच्च अदालत पाटन ईजलाशका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनलाई शपथ गराएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रेष्ठलाई नियुक्त गरेका हुन्। प्रदेश प्रमुख यादवले संविधानको धारा (६) को उपधारा(२) बमोजिम मुख्यन्यायाधीवक्ता नियुक्त गरे । त्यसैगरी मुख्य न्यायाधीश निरौलाले मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन २०७५ को दफा १४ बमोजिम मुख्य न्यायाधिवक्तालाई शपथ गराएका छन् । पुरा पढौ

लघुजलविद्युत् बगाउँदा गाउँ अन्धकार, पहिराको त्रास

बेनी, २६ पुस (रासस) ः धवलागिरि गाउँपालिका–२ लुलाङ । भौगोलिकरुपमा विकट र विकासका हिसाबले पिछडिएको मात्र छैन प्राकृतिक प्रकोपले आक्रान्त भएको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिराको जोखिम बढेको छ । गाउँ नै पहिराको जोखिममा रहनाका साथै गत भदौ २० गते आएको बाढीले लघुजलविद्युत् परियोजना बगाएपछि अन्धकार पनि हुँदै आएको छ । परियोजनाको विद्युत् गृहसहित मुहान र बिजुलीको खम्बासमेत बगाएकाले अहिलेसम्म दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पूर्णरुपमा बन्द हुँदा गाउँका ३५४ घरधुरी विद्युत् सुविधाबाट… पुरा पढौ

नेकपा एमाले चितवनको अधिवेशन स्थगित

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गतेदेखि सुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो । जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले आज जारी गरेको विज्ञप्तिमा अर्को सूचना नभएसम्मका लागि अधिवेशन पुनःस्थगित गरिएको उल्लेख छ । विज्ञप्तिमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएकाले कार्यकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाइएको छ । उक्त अधिवेशनको पुस २३ गते… पुरा पढौ

वरिष्ठ साहित्यकार भट्टको निधन

सुदूरपश्चिम । सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उहाँको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि अस्वस्थ्य रहदै आएका थिए । भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय पूर्वव्यवस्थापन सङ्कायका डिन भारती जोशीले बताए। सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा समेत भट्टको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा समेत भट्टको ठुलो योगदान रहेको… पुरा पढौ