समाचार

एक दिनको बाटो ४ घण्टामा छोट्टियो

दुर्गम क्षेत्र मानिने रघुगंगा गाउँपालिका–८ को कुइने सडक सञ्जालसँग जोडिएको छ। सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई जिल्ला सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न एक दिन लाग्ने गरेकामा अब यात्रा ४ घण्टामा छोट्टिएको छ। सडक निर्माण भएपछि आवत–जावत, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी, कृषि उपज र जडीबुटी निकासी गर्न सहज भएको वडाध्यक्ष गमान छन्त्यालले बताए। अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य रहेको कुइनेमा मोटरसाइकल, जीप र ट्याक्टर गुड्न थालेका छन्। बिरामीलाई अस्पताल पु¥याउन सहज भएको छ। रघुगंगा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि… पुरा पढौ

नाडामा बन्यो ३१ सदस्यीय पदाधिकारीको कार्यसमिति

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पदाधिकारी निर्वाचित गरिएको छ। पुस ७ गते बसेको नवनिर्वाचित २९ सदस्यीय केन्द्रीय कार्य समितिको बुधबार बसेको बैठकले नाडाको संशोधित विधान २०.७ बमोजिम पदाधिकारीसहित २९ जनाको केन्द्रीय कार्य समिति तथा २ जना आमन्त्रित सहित ३१ सदस्सीय केन्द्रीय कार्य समितिको निर्वाचन गरेको हो। जसअनुसार अध्यक्षमा ध्रुवबहादुर थापा, निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, संस्थागत उपाध्यक्षमा सुभाष आचार्य र मोहनबाबु खड्का, उपाध्यक्षमा राजनबाबु सुनिल रिजाल, निराकार श्रेष्ठ छन्। महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंघानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सह–कोषाध्यक्षमा पंकज अग्रवाल… पुरा पढौ

अन्नपूर्णमा रोकिराखेको ट्रकमा ठोक्किदाँ मोटरसाइकल चालक घाइते

अन्नपूर्ण गाउँपालिका–२ चुहिने पहरामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदाँ मोटर साइकल चालक घाइते भएका छन्। ग २१ प ४४६० नं को मोटरसाइकल रोकिराखेको ना ५ ख ९१२४ नं को ट्रकमा बुधबार मध्यरातको ११ः ५५ बजे ठोकिकदाँ चितवन जिल्ला ईच्छाकामना स्थायी घर भएका वर्ष २९ का मोटरसाइकल चालक विकास सुनार घाइते भएका छन्। घाइते सुनारलाई गण्डकी अस्पतालमा भर्ना गरिएको कास्की जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। पुरा पढौ

बाघ सर्वेक्षणमा प्रयोग भएका क्यामेरा चोरी

नवलपुर । राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न स्थानमा राखिएका पाँच वटा क्यामेरा चोरी भएका हुन् । बाघ सर्वेक्षणका लागि राखिएको क्यामेरामध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चार तथा चितवनमा एउटा क्यामेरा चोरी भएको निकुञ्जले जनाएको छ । बुधबार पत्रकार सम्मेलन… पुरा पढौ

कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजे मतदान हुने

जनकपुर । नेपाली कांग्रेसको जनकपुरधाममा जारी प्रदेश २ को अधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै भोलि बिहान ८ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु गरिने उनले बताए । हिजो मङ्गलबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएपछि बुधबार बिहान ८ बजेदेखि मतदानको समय तालिका निर्धारण गरिएको थियो । मतपत्र छपाइमा ढिलाइ भएको भन्दै मतदान कार्यतालिका परिवर्तन गरी दिउँसो १ बजेदेखि हुने निर्वाचन… पुरा पढौ

स्याङ्जाका प्रदिप लागुऔषधसहित पोखरामा पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक जना व्यक्ति ङपक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौँडाको प्रहरी टोलीले पोखरा–३० पावर हाउस चोकस्थित पृथ्वीराजमार्ग सडकखण्डमा सवारीसाधन चाँचका क्रममा स्याङ्जाको फेदीखोला–२ सर्केटारी स्थायी घर भई पोखरा–६ लेकसाइड बस्ने २९ वर्षीय प्रदीप विकलाई पक्राउ गरिएको निमित्त प्रवक्ता प्रनि दीपक केसीले जानकारी दिए । उनका अनुसार विकलाई डाइजापाम–५१ एम्पुल, फेनारगन–५१ एम्पुल र नर्फिन–५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागुऔषध, रु पाँच हजार, एक थान मोबाइलसहित पक्राउ गरिएको हो । पक्राउ परेका बिकलाई… पुरा पढौ

खेलाडीमाथिको कारबाही फिर्ता गर्न क्यानका चार केन्द्रीय सदस्यहरुको माग

काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) का केही केन्द्रीय सदस्यले राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका छन् । क्यानका केन्द्रीय कार्यसमितिका सदस्य छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंह गरी ६ जनाले आज पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका हुन् । क्यानको अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरे बमोजिम खेलाडी आचार संहिता उल्लङ्घन गरेको भन्दै क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण… पुरा पढौ

ग्रीसको तटीय क्षेत्रमा शरणार्थी बोकेको डुङ्गा डुब्दा दर्जनौं वेपत्ता

एथेन्स, ग्रीस । आप्रबासी तथा शरणार्थी बोकेको एउटा डुङ्गा ग्रीसको फोलेगान्ड्रोस टापू नजिकैको तटीय क्षेत्रमा डुब्दा दर्जनौं व्यक्तिहरू वेपत्ता भएको ग्रीसको तटीय सुरक्षा संयन्त्रले बुधबार जानकारी गराएको छ । तटीय सुरक्षा अधिकारीले कम्तीमा १२ जना यात्रुलाई जीवितै उद्धार गरिएको र बाँकी दर्जनौँ व्यक्तिको अवस्था अज्ञात रहेको बताए । केही जीवित व्यक्तिले डुङ्गामा ३२ जना रहेको बताए । यद्यपि उनीहरूमध्येका एकजनाले भने यो सङ्ख्या ५० भन्दा बढी रहेको बताए । ग्रीक अधिकारीले सिन्ह्वालाई इमेलमार्फत दिएको प्रेस वक्तव्यमा अहिलेसम्म जीवितहरुको राष्ट्रियता स्पष्ट… पुरा पढौ

तालिवानद्वारा विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध

अफगानिस्तान । अफगानिस्तानको तालिबान समूहले काबुल शहरको पसलहरूको ‘साइनबोर्ड’मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबानको उक्त निर्णयले अन्तर्राष्ट्रिय समुदायमा उसको छविलाई थप चिढ्याउन सक्ने कदमका रूपमा अधिकारकर्मीहरूले व्याख्या गरेका छन् । काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन सरकारले नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको कुरा टोलो न्युजले काबुल नगरपालिकाका प्रवक्ता नेमतुल्लाह बाराक्जाईलाई उद्धृत गरी लेखेको छ । सरकारको निर्णयको आधारमा इस्लामी नियमको विरुद्धमा रहेका फोटोहरू विज्ञापन पाटीबाट हटाइने बाराक्जाईले बताउनुभएको समाचारमा उल्लेख गरिएको छ । काबुलमा… पुरा पढौ

कार्यदलको बैठकमा एमसीसी सम्झौताबारे प्रारम्भिक छलफल

काठमाण्डौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे टुङ्गोमा पुग्न गठित सत्तारूढ गठबन्धनको कार्यदलको पहिलो बैठक आज बसेको छ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल निवास डल्लुमा आज बसेको बैठकमा सम्झौताबारे प्रारम्भिक छलफल सुरु भएको हो । प्रारम्भिक छलफल सकारात्मकरूपमा अगाडि बढेको कार्यदलका सदस्य एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सत्तारुढ गठबन्धनका दलहरूले एमसीसीबारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा एकीकृत समाजवादीका नेता… पुरा पढौ