समाचार

प्रदेशसभाको नवौं अधिवेशन आह्वान

कर्णाली । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले भोलि पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार पुस २८ गतेका लागि दिउसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई सूचना गरिएको छ ।… पुरा पढौ

पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु

पोखरा । पोखरा उपत्यकामा आजदेखि जलपंक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि वर्सेनि नियमित रूपमा गरिँदै आएको जलपंक्षी गणना कार्यक्रम आजदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट शुरु गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । यो गणना भोलिसम्म जारी रहनेछ । प्रत्येक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पंक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ संस्थाको सहभागिता हुने गर्दछ । सिमसारमा… पुरा पढौ

लमजुङको सुपरदोर्दी ‘ख’ आयोजनाको ब्रेक थ्रु

लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ९ब्रेक थ्रु० छेडिएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थु्र गरेको हो । पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गर्दै आएको यस आयोजनाको मुख्य सुरुङ भूकम्प, नाकाबन्दी, लकडाउनलगायत प्रभावका बाबजुद ब्रेक थु्र गर्न सफल भएको हो । केही दिनअघि आयोजनाको मुख्य सुरुङको सफलतापूर्वक बे्रक थु्र गरेसँगै यतिबेला त्यहाँ ढलानकार्य भइरहेको कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए । यस… पुरा पढौ

आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

काठमाडौ । खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा उत्खननका लागि अनुमति प्रदान गरिएको छ । तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिए । यसैगरी, भीमफेदीको मार्बल उत्खननका लागि… पुरा पढौ

दोस्रो ऋषिङ अल्ट्रा म्याराथन

तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको तत्कालीन संविधान सभासदस्य झुलबहादुर आलेले आज शुभारम्भ गर्नुभयो । म्याराथनको दूरी ४२ दशमलव ५ किलोमिटर छ । म्याराथन प्रतियोगितामा ५३ जनाले भाग लिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । खुल्ला म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ६५ हजार, ४० हजार, २५ हजार र १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए । यस्तै, स्थानीय म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना… पुरा पढौ

मैत्रीपूर्ण फुटबलमा बक्सअफिसमाथि विवेकशील साझा पार्टी कास्कीको जित

पोखरामा भएको मैत्रीमुर्ण फुटबल खेलमा विवेकशील साझा पार्टी कास्कीले बक्स अफिस ईन्टरनेश्नल ५–३ को जित निकाल्यो। सौहार्दतापुर्वक पोखरा रंगशालामा सम्पन्न खेलमा विवेकशील साझा पार्टी समूह तर्फबाट टीम क्यापटेन फणिन्द्र अधिकारी, जमुना शर्मा, हिरामणी पौडेल, कर्णबहादुर शाही, अब्दुश मिया, श्रीकृष्ण श्रेष्ठ, अर्जुन खनाल, माधव भण्डारी, दिनेश थापा, अजय श्रेष्ठ, सोमनाथ ढुंगाना, विजय पराजुली, जयन्ती मोक्तान, चन्द्र पौडेल, शिव बराल, हेभेन श्रेष्ठ, सुर्य पौडेल, सन्देश के.सी लगायत मैदान छिरेका थिए। मनकाजी गुरुङले जर्सी र पानीको व्यवस्थापन गरेका थिए। पुरा पढौ

आजदेखि ३५ हजार विद्यालयहरु बन्द

सरकारले आज (मंगलबार)देखि आधारभूत र माध्यमिक तहका विद्यालयहरु बन्द गराएको छ। कोभिड–१९ को संक्रमणमा बृद्धि भएपछि सरकारले आजदेखि १५ माघसम्मका लागि बन्द गरेको हो। २५ पुसको सीसीएमसीसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो। विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन। यद्यपि, परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्न भनिएको छ। बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाईमा आवश्यक सहजीकरणको प्रबन्ध… पुरा पढौ

एमाले बागलुङका अध्यक्षमा केसी

नेकपा एमाले बागलुङका अध्यक्षमा हिराबहादुर केसी निर्वाचित भएका छन्। कार्यबाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन्। मतदानमा उनले ३२९ मत प्रप्त गर्दै निकटतम प्रतिद्वन्द्वी पाठकलाई हराएका हुन्। प्रतिद्वन्द्वी पाठकले २२८ मत पाए। अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ प्राप्त गरे। उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत निर्वाचित भएका छन्। उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी भएका छन्। थापाले २९९ र श्रीसले २२८ मत पाए। उपसचिवमा ६ जनाको प्रतिस्पर्धा थियो। पुरा पढौ

नेकपा एमाले पर्वतको अध्यक्षमा पौडेल

नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल निर्वाचित भएका छन्। पार्टीको नवौँ पर्वत जिल्ला अधिवेशनबाट सर्वसम्मतरुपमा पौडेलको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको हो। महाशिला गाउँपालिका अधयक्ष समेत रहेका पौडेल यसअघि, नेकपा एमाले प्रदेश कमिटी सदस्य थिए। त्यसैगरी, पदाधिकारीमध्ये उपाध्यक्षमा पदमपाणी शर्मा, सचिवमा गोविन्द पहारी, सह–सचिवमा शिव पौडेल र विमल लामिछाने निर्वाचित भएका छन्। पर्वत जिल्ला कार्यसमितिका ९० जना पदाधिकारी सर्वसम्मत चयन गरिएको निर्वाचन कमिटीले जनाएको छ। पुरा पढौ

पोखरामा एकैसाथ २ वटा व्यावसायिक तालिम

पोखरा। पोखरामा एकैसाथ २ वटा व्यावसायिक तालिम सुरु भएका छन् । लघु,घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको सहआयोजनामा लेखा व्यवस्थापकीय र लेबलिङ,प्याकेजिङ तथा बजारीकरणसम्बन्धी २ दिने तालिम सुरु भएको हो । तालिममा लघु,घरेलु तथा साना व्यवसायीहरुलाई लक्षित लेखा तालिममा ३१ जना तथा लेबलिङ,प्याकेजिङ र बजारीकरणमा २५ जनाभन्दा बढीको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि लघु, घरेलु तथा साना उद्यो प्रवद्र्धन केन्द्रका कार्यकारी अधिकृत ऋषिराम पंगेनीले दुबै तालिम उत्पादन र उत्पादकत्व बढाउने… पुरा पढौ