समाचार

भाषा संघ नेपाल (ल्यान)को अध्यक्षमा न्यौपाने, प्रथम उपाध्यक्षमा भान्साकार्य

पोखरा भाषा संघ नेपाल (ल्यान)को अध्यक्षमा पूर्णप्रसाद न्यौपाने चयन भएका छन् । भाषा संघ नेपालको छैठौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सृजन भान्साकार्य र द्वितीय उपाध्यक्षमा मोती श्रेष्ठ चयन भएका छन् भने महासचिवमा बालकृष्ण शर्मा, सचिवमा निलम बाटाजु र कोषाध्यक्षमा सविता शेरचन चयन भएका छन् । समितिको सदस्यहरुमा कृष्णप्रसाद आचार्य, रवि विश्वकर्मा, सरोज थापा, पूर्णकुमारी गुरुङ, लक्ष्मण पहारी र सविन गौतम चयन भएका छन् । पुरा पढौ

बतासको लगानीमा निर्णय भएको छैन : नगरप्रमुख न्यौपाने

तनहुँ । व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय चर्चामा आएपनि त्यसबारेमा कुनै निर्णय नभएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले यस विषयमा कुनै निर्णय नगरेको जानकारी दिए । नगरपालिकाले निजी साझेदारी अवधारणाअनुरुप विभिन्न किसिमका संस्था तथा व्यक्तिसँग लगानी, विकास र यसका सम्भावना चयन गर्ने गरी काम गर्ने सम्बन्धमा गतवर्ष नै निर्णय भएको तर यही कम्पनीलाई दिने भन्ने निर्णय नभएको उनले बताए । नगरपालिकाले छ महिनाभित्र प्रस्ताव पेश गर्न लगानीकर्तालाई आग्रह मात्रै गरेको हो ।… पुरा पढौ

३३ हजारलाई रोजगारी

तनहुँमा सञ्चालित उद्योगमा करिब ३३ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् । जिल्लामा सञ्चालनमा रहेका दश हजार ४२१ उद्योगमा उक्त सङ्ख्यामा मानिसले रोजगारी पाएका हुन् । तनहुँमा सञ्चालनमा रहेका उद्योगमा रु नौ अर्ब २१ करोड लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रम्ुख नारायणप्रसाद ढकालले जानकारी दिए । प्रत्येक उद्योगमा करिब रु दश लाखका दरले लगानी भएको तथ्याङ्क रहेको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । तनहुँमा हालसम्म एघार हजार १६२ उद्योग दर्ता भएकामध्ये दश हजार ४२१… पुरा पढौ

पर्यटकीय गाउँ बनाउन युवा कस्सिए

तनहुँ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–१ स्थित दभुङलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न यहाँका युवा लागेका छन् । पर्यटकीय सम्भावना रहेको चण्डीदेवी मन्दिर, पान्धारे बाराही मन्दिरलगायतका क्षेत्रको गुरुयोजना बनाएर विकास गर्न युवा अघि बढेका हुन् । सदरमुकाम दमौलीबाट छोटो दूरीमा रहेर पनि बत्तीमुनिको अँध्यारो बनेको भन्दै युवा जागरुक बनेको चण्डीदेवी अक्षयकोष समितिका सचिव सन्तकुमार श्रेष्ठले बताए । पान्धारे बाराही मन्दिरदेखि चण्डी मन्दिरसम्म पैदलमार्ग निर्माण गर्ने योजना अनुरुप प्रक्रिया अघि बढाइएको उनले बताए । पान्धारेको पानी लिफ्टिङ गरी चण्डी मन्दिरसम्म पु¥याइनेछ ।… पुरा पढौ

शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि ध्यानाकर्षण गराइने

काठमाडौ । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ । संयुक्त विद्यार्थी सङ्गठनको आज राजधानीमा बसेको बैठकले सरकारले लागू गरेको मापदण्डविपरीत शैक्षिक संस्था चल्दै गएका र शैक्षिक संस्थामा समस्या देखिएका भन्दै समाधानका लागि सम्बन्धित विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले काठमाडौँ विश्वविद्यालयअन्तर्गत नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमा विद्यार्थीमाथि भएको दमनको भत्र्सनासमेत गरेको छ । लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका चाँडो तोक्नसमेत… पुरा पढौ

बस दुर्घटनामा शिशुको मृत्यु

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक नौ महिने शिशुको मृत्यु भएको छ ।आज बिहान साढे ३ बजेतिर लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–५स्थित सिसहनियाँको दालाई खोला नजिक बस दुर्घटना हुँदा भारतको मोतीहार बस्ने असिर आलमका नानु नामका नाबालकको मत्यु भएको हो । वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा सख्त घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा अन्य नौ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द… पुरा पढौ

नारायणी नदीको भङ्गालोमा नयाँ प्रजातिक चरा फेला

चितवन । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र ग्रेटर हवाइट फन्टेड गुज नामक चरा भेटिएको जानकारी दिए । चरा गणनाका क्रममा यस वर्ष नवलपुर क्षेत्रमा ३८ प्रजातिका जलपक्षी भेटिएको जनाइएको छ । गत वर्ष देखिएका विभिन्न १० प्रजाति चरा भने यस वर्ष देखा नपरेको उनले बताए । नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा… पुरा पढौ

भृकुटीमण्डपका व्यवसायीको बचत नौ करोड

भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा रु नौ करोड २७ लाख ९५ हजार ५२ जम्मा भएको छ । सहकारीको वार्षिक साधारणसभाका अवसरमा शेयर सदस्य ७१३ जना पुगेको जानकारी गराइएको छ । यसैगरी शेयर पुँजी रु तीन करोड २१ लाख ९२ हजार १०० पुगेको अध्यक्ष लालबहादुर पाण्डेको प्रतिवेदनमा उल्लेख छ । तीस सदस्यबाट सहकारीको २०६७ वैशाख ८ गते सुरुआत गरिएको थियो । भृकुटीमण्डप खुला बजारका करिब ६० प्रतिशतभन्दा बढी व्यवसायी सहकारीका सदस्य छन् ।… पुरा पढौ

यस पटकको आहा ! रारा फुटबलमा १० टिमको सहभागिता

२० औं संस्करणको आहा रारा गोल्डकप फुटबलमा १० वटा टिमको सहभागी हुने भएको छ। माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुने यस संस्करणको प्रतियोगितामा आयोजक सहारा क्लब सहित ३ विभागीय, एक विदेशी टिम र ५ ए डिभिजन फुटबल क्लबले सहभागिता जनाउने आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। आयोजक सहारा क्लब, विभागीय क्लबहरु आर्मीको त्रिभुवन आर्मी क्लब, प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्रको एपीएफ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब र… पुरा पढौ

एमाले म्याग्दीको अध्यक्षमा कटुवाल

नेकपा एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र कटुवाल निर्वाचित भएका छन्। शुक्रबारदेखि सुरु एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशनबाट कटुवाल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्। यसअघि कटुवाल जिल्ला कमिटीको उपाध्यक्ष थिए। त्यस्तै, उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरज केसी र उपसचिवमा थमसरा पुन र राजकुमार थापा छन्। पुरा पढौ