समाचार

चेपाङ बालबालिकालाई लायन्सको न्यानो कपडा

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित सूर्योदय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीलाई लायन्स क्लब अफ तनहुँ दमौलीले न्यानो कपडा सहयोग गरेको छ । विद्यालयमै पुगी क्लबले मङ्गलबार विपन्न चेपाङ बालबालिकालाई न्यानो कपडा सहयोग गरेको हो । न्यानो कपडाको अभावमा जाडो महिनामा काम्दै विद्यालय आउने गरेको थाहा पाएपछि क्लबले ३० चेपाङ बालबालिकालाई स्वेटर र टोपी सहयोग गरेको क्लबका निवर्तमान अध्यक्ष एवं लायन्स क्लब ३२५ वी १ नेपालका डिष्ट्रिक्ट चियरपर्सन सरोज भण्डारीले जानकारी दिए । “चेपाङ बस्तीका बालबालिकाको अवस्था दयनीय छ, उनीहरुलाई… पुरा पढौ

हाम्रो सहयोगी सहकारीको अध्यक्षमा कंडेल

हाम्रो सहकारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शुक्रराज कंडेल निर्वाचित भएका छन्। संस्थाको पाँचौं अधिवेशन तथा १२ औं साधारणसभाले कंडेललाई पुनः संस्थाको अध्यक्षमा निर्वाचित गरेको हो। संस्थाको उपाध्यक्षमा रुद्रबहादुर बि.क., सचिवमा कृष्ण तिमिल्सिना, कोषाध्यक्षमा सृजन श्रेष्ठ छन्। त्यस्तै, सदस्यहरुमा मनोज रसाइली, गोपाल भुषाल, कृष्णबहादुर लम्साल, शिवशंकर श्रेष्ठ, रवी बि.क., डिल्लीराज पाण्डे, सावित्री क्षत्री, सुमन पहारी र सकुन्तला श्रेष्ठ छन्। रामचन्द्र पौडेलको संयोजकत्वमा लक्ष्मीप्रसाद शर्मा र डिलप्रसाद पोखरेल सदस्य रहेको संस्थाको लेखा सुपरीवेक्षण समिति गठन भएको छ। पुरा पढौ

‘बच्चाछिर धुमपान विधि’बाट बिरामीको उपचार

तनहुँ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले आवाज बन्द भएका बिरामीको उपचार गर्न थालेको छ । आयुर्वेदिक ‘बच्चाछिर धुमपान विधि’बाट बिरामीको उपचार थालेको हो ।बच्चाचूर्ण, बाख्राको दूध, ल्वाङको धुलो, त्रिकटु र सितोपलादी मिसाएर पकाएको खीरजस्तो वस्तुबाट बाफ दिएर बिरामीको उपचार गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले जानकारी दिए । दैनिक एक घण्टाको दरले पन्ध्र दिनसम्म नियमित थेरापी गरेपछि मज्जाले बोल्न सक्ने हुन्छन् । उनले भने “गत वर्ष दुई जनाको सफल उपचार भयो, यस वर्ष एक जनाको उपचार भइरहेको… पुरा पढौ

तनहुँमा नवजात शिशुसहित दुई मृत फेला

दमौली। तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए। स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन । रासस पुरा पढौ

पुनः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठ जानकारी दिए । यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको… पुरा पढौ

उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री दोबाटे बि.क

गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री दोबाटे बि.क.ले सहकारीले कृषि र उत्पादनको क्षेत्रमा लगानी कर्र्जा बढाउन जोड दिएका छन्। हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको हालै सम्पन्न पाँचौ अधिवेशन तथा १२ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बि.क.ले सहकारी क्षेत्रले उत्पादन भन्दापनि उनुत्पादक क्षेत्रमा लगानी बढाएको उल्लेख गरे। कोरोना महामारीकै बीचपनि सहकारीले हासिल गरेको आर्थिक उपलब्धी गर्व गर्न लायकको रहेको मन्त्री बि.क.ले औँल्याए। कार्यक्रममा संस्थाका सल्लाहकार नविन किरण भुषाल, संस्थाका निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, भोजाराज सुवेदी, राधिका शाही योगी, इन्द्रप्रसाद बराल,… पुरा पढौ

ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनिएको अतिरिक्त मात्रा खोप स्थगित

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको थप मात्रा खोप अभियान स्थगित गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रा स्थगित गरिएको जानकारी दिएको हो। सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनेर सोमबार सूचना जारी गरेको थियो। पुरा पढौ

राष्ट्रिय सभा सदस्य निर्वाचनः १९ सिटमा ४३ उम्मेदवार

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाले उमेदवारी दर्ता गराएका छन्। प्राय सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच नै कडा प्रतिस्पर्धा हुनेछ। सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन्। आयोगका अनुसार नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५… पुरा पढौ

तनहुँ जिल्लाभित्र सञ्चालित अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत

तनहुँ। तनहुँ जिल्लाभित्र सञ्चालित अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत रहेका छन् । जिल्लामा सञ्चालित १९ मध्ये दश उद्योगलाई बन्द गराउने निर्णय पश्चात बन्द गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने गरी गठित नदी तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले त्यस्ता उद्योगलाई बन्द गराएको हो । सञ्चालनमा रहेका नौ उद्योग पनि नवीकरणबिना नै सञ्चालन गर्दै आएको जिससका नायव सुब्बा नरबहादुर सार्कीले जानकारी दिए । नवीकरणबिना सञ्चालनमा रहेका ती क्रसर उद्योगलाई पटक–पटक मापदण्डमा आउन निर्देशन दिए पनि अहिलेसम्म निर्देशनको पालना… पुरा पढौ

कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग

मनाङ। कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई मनाङ ङिस्याङ गाउँपालिकाले राहत सहयोग गरेको छ । सङ्क्रमणले गर्दा ज्यान गुमाएका परिवारलाई राहत पुर्‍याउने उद्देश्यले गाउँपालिकाले सहयोग गरेको सो गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार पालिकावासीलाई समाजमा सहज बनाउन राहत प्रदान गरिएको हो । प्रतिव्यक्ति रु. एक लाखका दरले राहत प्रदान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिए । सहयोगले सङ्क्रमणबाट ज्यान गुमाएकाको परिवारलाई थोरै भए पनि राहत मिल्ने उनले बताए। हालसम्म जिल्लाभरमा सङ्क्रमितको २२३ सङ्ख्या पुगेकोमा… पुरा पढौ