समाचार

धनञ्जय गोत्रीय भण्डारी समाज नेपाल ढिकुरपोखरी दारेगौंडामा कृष्णप्रसाद

धनञ्जय गोत्रीय भण्डारी समाज नेपाल ढिकुरपोखरी दारेगाँैडाको पुजा समितिको अध्यक्षमा कुष्णप्रसाद भण्डारी चयन भएका छन्। समितिको हालै सम्पन्न चौथो अधिबेशनबाट नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा बलराम भण्डारी, गोबिन्द प्रसाद भण्डारी, कुष्ण प्रसाद भण्डारी र ज्ञानु भण्डारी छन्। त्यसैगरि, सचिवमा महेश भण्डारी, कोषाध्यक्ष भुमराज भण्डारी र सह–सचिवमा गणेश भण्डारी छन्। त्यस्तै, सदस्य हरुमा चेतनाथ भण्डारी, बलराम भण्डारी, सोभाखर भण्डारी, सन्तोष भण्डारी, नारायणप्रसाद भण्डारी, कुलप्रसाद भण्डारी, सरिता भण्डारी, गोबिन्दप्रसाद भण्डारी र पबित्रा भण्डारी छन्। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै समितिले स्व. सोभाखर भण्डारीलाई… पुरा पढौ

म्याग्दीमा सकियो पत्रकार क्षमता अभिवृद्धि तालिम

म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीमा संचालित पत्रकारलक्षित क्षमता अभिवृद्धिसम्बन्धी पत्रकारिता तालिम सोमबार सकिएको छ। तीन दिनसम्म संचालित तालिममा म्याग्दी जिल्लामा क्रियाशील स्थानीय तथा राष्ट्रिय संचारमाध्यममा आबद्ध ४० जना पत्रकारको सहभागिता थियो। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा र अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता कृष्णमणि बरालले तालिममा सहजीकरण गरेका थिए। फोटो पत्रकार बरालले फोटोग्राफी, फोटो पत्रकारिता, क्यामेरा, फोटो खिच्ने तरिका, अटो, म्यानुअलको प्रयोग र लेन्सबारे तालिम दिएका थिए । त्यसैगरी, संचार, आमसंचार, पत्रकारिता, समाचार, हार्डन्युज र सफ्टन्युज, समाचारका स्रोत, मूल्य, फिचरलेखन… पुरा पढौ

नेतृ कमला पन्तले राष्ट्रियसभा निर्वाचनमा काँग्रेस गण्डकी प्रदेशबाट उम्मेदवारी दिने

नेपाली काँग्रेसकी नेतृ कमला पन्तले राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् । पन्तले गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिने भएकी हुन्। आगामी माघ १२ गते हुने निर्वाचनका लागि उनले आज (मंगलबार) बिहान केही बेरपछि उम्मेदवारी मनोनयन गराउने कार्यक्रम छ। गोरखा गण्डकी गाउँपालिका वडा नं. २ च्याङ्लीकी पन्त पटक/पटक सांसद भएर काम गरि सकेकी छन्। उनी २ पटक कांग्रेसको केन्द्रीय सदस्य समेत बनेकी थिइन्। पन्त पार्टीको १४ औं महाधिवेशनमा भने सह–महामन्त्रीमा पराजित बनिन्। पुरा पढौ

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीबाट एमाले उम्मेदवार छनोट

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले गण्डकीबाट ३ जना उम्मेदवारले उम्मेदवारी दिने भएका छन्। कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र बागलुङका गोविन्दबहादुर नेपालीलाई एमालेले निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो। माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार २० पुसमा मनोनयनको कार्यक्रम छ। सोमबार बसेको एमाले सचिवालयको बैठकले कास्कीका पौडेललाई खुलातर्फ, नवलपुरकी थनेतलाई महिलातर्फ र बागलुङका नेपालीलाई दलिततर्फ उम्मेदवार बनाउने निर्णय गरेको हो । सचिवालयले सातै प्रदेशका क्लस्टर अनुसार १९ उम्मेदवारको नाम टुंगो लगाएको हो । गण्डकीमा एक… पुरा पढौ

राष्ट्रिय सभा सदस्य निर्वाचनः आज बिहान १० बजेदेखि मनोनयन दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) बिहान १० बजेदेखि उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन्। निर्वाचन आयोगले जारी गरेको चुनावी कार्यतालिकाअनुसार राष्ट्रिय सभामा रिक्त १९ पदका लागि आज उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ। आयोगले उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने सम्बन्धमा सबै तयारी गरिसकिएको जनाएको छ। आयोगका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गरि सक्नुपर्ने निर्वाचन तालिका छ। निर्वाचन भने माघ १२ मा हुनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा दलहरूले भाग लिदैँछन्।… पुरा पढौ

‘प्रचण्ड’कै नेतृत्वमा माओवादी केन्द्र

पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा नेकपा (माओवादी केन्द्र) राजनीति चल्ने भएको छ। हालैमात्र सम्पन्न पार्टीको ८ औं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको बैठकले ‘प्रचण्ड’ लाई पार्टीको सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। दाहालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा कृष्णबहादुर महरा थिए। केन्द्रीय कमिटीले प्रचण्डलाई अध्यक्ष चुनेसँगै पार्टीको महाधिवेशन पनि सकिएको छ। महाधिवेशनपछि ललितपुरको सानेपास्थित हेरिटेज होटलमा बसेको पहिलो बैठकले पार्टीको अध्यक्ष लगायत अन्य पदाधिकारीको पनि टुंगो लगाउने अनुमान लगाइएको थियो। तर, अध्यक्षको पदमा मात्र सर्वसम्मत निर्णय गरेर अन्य पदाधिकारीको टुंगो पुस २५… पुरा पढौ

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसँगै धार्मिक भ्रमण

गण्डकी। नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसँगै धार्मिक भ्रमण गराएको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत वृद्धाश्रमका ४५ जना ज्येष्ठ नागरिकलाई ज्याकेट तथा आवश्यकताअनुसार टोपीका साथै राधाकृष्ण गुरुकुलका २३ जना बटुकलाई टोपी वितरण गरेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । उक्त अवसरमा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई स्याङ्जाको चापाकोट नगरपालिका–६ स्थित केलादीघाट घामको धार्मिक भ्रमण गराइएको थियो । केलादीघाट भ्रमणका क्रममा त्यहाँस्थित वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ… पुरा पढौ

लकडाउनले जुराएको व्यावसायिक कालिजपालन

तनहुँ। लकडाउनको समस्यामा परेका तनहुँका एक युवक गाउँमा फर्किएर व्यावसायिक रुपमा कालिज पाल्न थालेका छन्। बन्दिपुर गाउँपालिका–४ लोहीपाखा निवासी सुनिलकुमार श्रेष्ठले गत वैशाख महिनादेखि कालिजपालन गरेका हुन् । आवश्यक भौतिक संरचना निर्माणलगायतका गरी करिब डेढ करोड लगानीमा श्रेष्ठले कालिज पाल्न थालेका हुन् । काठमाडौँमा बेकरी पसल सञ्चालन गरेका श्रेष्ठले कोरोनाको सङ्क्रमण फैलिएपछि लगाइएको निषेधाज्ञाले बाँच्न गाह्रो बनाएपछि गाउँ फर्किएर कृष्णको ज्ञान एकीकृत कृषि फार्म दर्ता गरी व्यवसाय सुरुआत गरेका हुन् । गाउँमा रहेको करिब नौ रोपनी बाँझो जग्गामा पोखराबाट प्रति… पुरा पढौ

ताराखोला सिले गाउँका घरघरमा खानेपानी

जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए । खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहयोगमा सिलेका घर घरमा पुगेको छ । एउटा धारोबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ । ५७ घर रहेको सो गाउँमा ५७ धारा बनेका छन् । नयाँ धारो निर्माण हुनुभन्दा पहिले… पुरा पढौ

‘बालअधिकार सुनिश्चित गर्न समन्वयात्मक काम गर्नुपर्छ ’

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले बाल अधिकार सुनिश्चित गर्न सबै पक्षले समन्वयात्मक काम गर्नुपर्ने बताउनुभएको छ । लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ लाई बालमैत्री वडा घोषणा गर्दै उहाँले घरभित्र र बाहिर बालअधिकार सुनिश्चित हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो । गण्डकी प्रदेशले हालसम्म ५६ कानुन निर्माण गरेको जनाउँदै उहाँले आगामी दिनमा बालमैत्री कानुन निर्माण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य टुका हमालले अभिभावक एवं विद्यालय र सिङ्गो समाजले गर्ने व्यवहारबाट बालबालिकाको भविष्य निर्धारण गर्ने जनाउनुभयो । जिल्ला समन्वय समिति लमजुङका… पुरा पढौ