समाचार

राष्ट्रिय सभा निर्वाचनमा उमेदवारले ३ लाख ५० हजार मात्रै खर्च गर्न पाउने

राष्ट्रिय सभा सदस्य निर्वाचनमा उमेदवारहरुले ३ लाख ५० हजार मात्रै खर्च गर्न पाउनेछन्। आयोगले बुधबार राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको हो । निर्वाचन आयोगले तेकेअनुसार मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्नेछन्। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उमेदवारहरुले सवारी साधन–घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाउनेछन्। त्यस्तै, कार्यालय संचालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगले जनाएको छ। यसैगरी, गोष्ठी र अन्तरक्रियाका लागि १ लाख, कार्यालय संचालनमा… पुरा पढौ

नवलपुरमा थपिए ११ हजार बढी मतदाता

गण्डकी प्रदेशको नवलपुर (पूर्वी) जिल्लामा ११ हजार बढी मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय नवलपरासी (पूर्व)ले संचालन गरेको फोटो सहितको मतदाता नामावली संकलन अभियानमा ११ हजार ३ सय २५ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका हुन्। गत मंसीर १७ गतेदेखि पुस १९ गतेसम्म मतदाता संकलनसम्बन्धी विशेष अभियान संचालन गरेको थियो। जसअन्तर्गत ११ हजार ३ सय २५ जनाले नाम दर्ता गराएका ह्न्। जसअन्तर्गत गैँडाकोट नगरपालिकामा २ हजार ९ सय २३ जना, देवचुली नगरपालिकामा १ हजार ६ सय ७७, मध्यविन्दु नगरपालिकामा २… पुरा पढौ

गण्डकी प्रदेश लगायत पश्चिम नेपालमा वर्षा र हिमपात

गण्डकी प्रदेश लगायत देशका पश्चिमी भेगमा आज (बिहीबार) बिहानदेखि वर्षा र हिमपात हुने क्रम सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशको गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई हल्का वर्षा तथा उच्चपहाडी र हिमाली भेगमा हिमपात सुरु भएको जनाइएको छ। बागमती प्रदेशमा पनि सामान्य बदली रहेको र बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहेको पनि विभागले जनाएको छ। विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी तथा… पुरा पढौ

तनहुँमा लगाए १ लाख ३५ हजार जनाले कोरोना विरुद्धको खोप

तनहुँमा हालसम्म १ लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन्। जिल्लाभर १ लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाको १० पालिकामध्ये ७ वटा पालिकामा कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयको दाबी छ। कोरोनामुक्त हुने १ नगरपालिका र ६ गाउँपालिका छन्। भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी , म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिका कोरोनामुक्त भएका छन्। व्यास नगरपालिकामा ३ र भानु र शुक्लागण्डकीमा १/१ जना गरी ५ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।… पुरा पढौ

बढी शुल्क लिने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्नुः शिक्षा मन्त्रालय

सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो। मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा ‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकाकूनी रुपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम सम्बन्धनको खारेजी गरिने उल्लेख छ। मन्त्रालय र आयोगले… पुरा पढौ

३४७ एम्पुल लागु औषधसहित पोखराबाट ३ जना पक्राउ

कास्की प्रहरीले ३४७ एम्पुल लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ। पोखराको पावरहाउसबाट २ जना र हेमजाबाट १ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ। कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरीका अनुसार मकवानपुर हेटौंडा उपमहानगरापालिका–१ स्थायी घर भएका १९ वर्षीय आशिष अर्याल र पोखरा–१३ काहुँखोला स्थायी घर भएका २५ वर्षीय अनिष खत्री र बागलुङ जिल्लाको बागलुङ नगरपालिका–८, स्थायी घर भएका (नाम परिवर्तन) जी किशोरलाई पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पोखराको हेमजा र पावरहाउसबाट जना गरी… पुरा पढौ

पोखराको विन्ध्यवासिनी मा.वि.७५ वर्षमा, विभिन्न कार्यक्रम गरि हीरक जयन्ती मनाउने

पोखरा । पोखराकै पुरानो विद्यालय विन्ध्यवासिनी मा.वि वाटुलेचौरले विभिन्न कार्यक्रम गरी विद्यालय ७५ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने भएको छ । वि.सं २००४ सालमा स्थापना भएको उक्त विद्यालयले पुस २७ गते हीरक जयन्तीको उद्घाटन गरी चार महिनासम्म विभिन्न कार्यक्रम सहित आगामी २७ गते समापन गरिने वुधवार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा अधिकारी थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्य समिति, २८ सदस्यीय सचिवालय तथा विभिन्न व्यक्तिको संयोजकत्वमा २९… पुरा पढौ

कानून निर्माण मात्र होइन कार्यान्वयनमै केन्द्रीत छौं : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकार कानून निर्माण गर्न तर्फ मात्रै नभई कार्यान्वयनमा समेत केन्द्रीत रहेको बताएका छन् । मूख्य न्यायाधिवक्ताको कार्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा बुधबार भएको गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका कानूनहरुको जानकारी सम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले नेपालको संविधान जारी भएपछि सम्पन्न तीन तहको निर्वाचन पश्चात गठन भएको प्रदेश सरकार तथा प्रदेश सभाले लगभग ४ वर्षको यात्रामा ५०… पुरा पढौ

लक्ष्मी स्मृति पुरस्कारबाट शिक्षाविद् डा.एलियामा जोन सम्मानित

लक्ष्मी स्मृति पुरस्कारबाट शिक्षाविद् प्रा.डा.एलियामा जोन मंगलबार सम्मानित भइन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले डा. जोनलाई नगद पैँतीस हजार,दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । पोखराको शिक्षाको विकासमा अतुलनीय योगदान दिदैँ समाजको रुपान्तरण एवं आधुनिकिकरणमा अमूल्य योगदान पुर्‍याएको कदर गर्दे सो पुरस्कारबाट डा. जोनलाई पृथ्वीधर सिग्देल समाजको परिसरमा सम्मान गरिएको हो । प्रदेश प्रमुख गुरुङले समाजले सही व्यक्ति छनोट गरेर सम्मान गरिएको भन्दै स्व.लक्ष्मीको चर्चा गरे । सम्मानित व्यक्ति डा. एलियामा जोनले आमा नै बालबबालिकाको पहिलो गुरु भएको बताइन्… पुरा पढौ

पड्के रोग नियन्त्रणका लागि गाईलाई खोप अभियान

दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा पड्के रोग नियन्त्रणका लागि गाईलाई खोप लगाउन थालिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले त्यस क्षेत्रमा पड्के रोग नियन्त्रणका लागि खोप लगाउन थालेको हो । याम्पाका किसानले पालेको गाई मर्न थालेपछि विज्ञ केन्द्रले रगतको नमूना परीक्षणका लागि काठमाडौँ पठाएको थियो । ती गाई पड्के रोगका कारण मरेको पुष्टि भएपछि नियन्त्रणका लागि आजदेखि खोप लगाउन थालिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । स्थानीयवासी अजित न्यौपानेको पाँच, गणेश थापाको तीन र काशीनाथ… पुरा पढौ