समाचार

रुपामा अपाङ्गता भएकालाई सहयोग सामग्री वितरण

कास्कीको रुपा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई छात्रवृत्ति र सामग्री वितरण गरिएको छ। अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा सगोल कास्कीले अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो। अपाङ्गता भएका १६ छात्रा र १४ छात्र गरी ३० जनाका लागि झोला, कापी, कलम, विद्यालय पोशाक र मास्क सहयोग प्रदान गरेको हो। छात्रवृत्ति प्राप्त गरेका सबै विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट पोशाक सिलाईका लागि प्रतिविद्यार्थी ५ सय रुपैयाँका दरले कूल १५ हजार प्रदान गरेको थियो। त्यस्तै गाउँपालिकाभित्र अपाङ्गगता भएका १५ नागरिकका लागि आवश्यकताअनुसारका सामग्री प्रदान गरिएको छ।… पुरा पढौ

आज सूर्यग्रहण लाग्दै, नेपालबाट देखिदैँन

आज शनिवार सूर्यग्रहण लाग्ने भएको छ । आजको सूर्यग्रहणलाई अंग्रेजी वर्षको अन्तिम सूर्यग्रहण मानिएको छ । बिहान १०ः५९ बजेदेखि दिउँसो ३ः०७ बजेसम्म सूर्यग्रहण लाग्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार नेपाल लगायत दक्षिण एसियाली देशहरुबाट सूर्यग्रहण देखिदैन। यो सूर्यग्रहण पृथ्वीको दक्षिणी गोलार्धका विभिन्न ठाउँबाट देखिने छ। नेपाल पृथ्वीको दक्षिणी गोलार्धमा नभएकाले यो सूर्यग्रहण नेपालबाट नदेखिने भएको हो। अस्ट्रेलिया, दक्षिण अफ्रिका, लेसेथो, नामिबिया, चिली, न्युजिल्यान्ड,  दक्षिण अमेरिका र अन्टार्कटिकामा सूर्यग्रहण देखिने संचार माध्यमहरुले बताएको छ। जब चन्द्रमा… पुरा पढौ

पर्यटकको रोजाइमा घलेगाउँ

लमजुङ। समुन्द्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण दक्षिण एशियाकै नमूना घलेगाउँ यतिबेला पर्यटकको रोजाइमा पर्न थालेको छ । क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आन्तरिक पर्यटकले यहाँ सञ्चालन गरेका घरबास (होमस्टे) भरिभराउ हुन थालेका छन् । गत वर्ष यस समयमा कोरोना सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको घलेगाउँ यस वर्ष भने पर्यटकको आगमन दैनिक बढ्दो छ । यहाँ दैनिक १०० देखि १५० पर्यटक आउने गरेको र शुक्रबार, शनिबार तथा बिदाका समयमा ३०० देखि ४०० आन्तरिक पर्यटक आउने गरेको ग्रामीण… पुरा पढौ

ओमिक्रोनः कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ

वासिङ्टन । अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् ।तर बाइडेनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि परिवर्तन नहुने बताएका छन् । न्यूयोर्क राज्यमा पाँच जनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एकएक जनामा देखिएको छ । अमेरिकामा बुधवार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन सङक्रमण देखिएको थियो। स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन् । उक्त भेरियन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा… पुरा पढौ

मुस्ताङमा हिमपात

गलेश्वर । गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् । लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीयवासी मनबहादुर विकले जानकारी दिए । माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ । मुस्ताङको सदरमुकाम जोमसोम र म्याग्दीको सदरमुकाम बेनी आसपास क्षेत्रमा आज बिहानैदेखि पानी परेको छ । वर्षा, हिमपात, हुस्सु र कुहिराका कारण जोमसोम–पोखरा… पुरा पढौ

कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार कक्षा १२ मा तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये सात हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएको, ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड ल्याएको, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । ‘सी’ प्लस ग्रेड परीक्षार्थी ७५ हजार ८८ जना र… पुरा पढौ

प्रतितोला रु. २०० ले घट्यो सुनः चाँदीको मूल्य स्थिर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले घटेर रु. ९१ हजार ३०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९१ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९० हजार ८०० तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला रु. ९१ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु.… पुरा पढौ

गलेश्वरमा शतबीज रोपण र दीपदान गर्नेको भीड

गलेश्वर । पश्चिम नेपालको पशुपतिनाथका रूपमा चिनिएको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेको भीड लागेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वरधाममा गए रातिदेखि नै टाढाटाढाबाट भक्तजन आएका थिए । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रूपमा लिँदै विशेषगरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन छ । कालीगण्डकी नदीमा स्नान गरी धान, जाैँ तिल, गहुँ, चना, मकै, कागुनोलगायत सातथरिका बीउ छर्न आएका भक्तजनको घुइँचो… पुरा पढौ

पार्टीमा होइन, सरकारको कामकारवाहीमा अर्जुनदृष्टि लगाउन देउवालाई गोपालमानको सुझाव

कांग्रेस पूर्व उपसभापति गोपालमान श्रेष्ठले सभापति देउवालाई आफ्नो अर्जुनदृष्टि सरकारमा लगाउन सुझाव दिएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनको विहीबार पोखरामा उद्घाटन गर्दै उनले भने,‘प्रधानमन्त्रीको जिम्मेवारी भनेको सरकार सफल बनाउनुतिर हुनुपर्छ, म उहाँलाई आफ्नो अर्जुनदृष्टि सरकारतर्फ लगाउन आग्रह गर्छु ।’ प्रधानमन्त्री देउवाले सरकारमा भन्दा पार्टीमा बढी ध्यान दिएको उनको भनाई थियो । उनले पार्टीलाई व्यक्ति व्यक्तिको कांग्रेस बनाउन नहुने बताए । ‘अहिले पार्टीमा शेरबहादुर कांग्रेस, रामचन्द्र कांग्रेस, अर्को कांग्रेस भनेजस्तो देखिएको छ, तर हामीलाई कांग्रेसलाई व्यक्ति व्यक्तिको कांग्रेस… पुरा पढौ

गुट नभनी सक्षम नेतृत्व चयन गर्न कांग्रेस बरिष्ठ नेता पौडेलको अपिल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वले पार्टीलाई सिद्धान्त अनुसार हिंडाउन नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनको विहीबार पोखरामा उद्घाटन गर्दै उनले नेतृत्वले पार्टीलाई कांग्रेसको सिद्धान्त, बिचार र आदर्श अनुसार हिंडाउन नसकेको आरोप लगाएका हुन् । उनले झण्डै ७० प्रतिशत जनमत भएको कांग्रेस २५ प्रतिशतमा खुम्चिएको भन्दै यसो हुनुमा पार्टी सिद्धान्त अनुसार नहिंडेर भएको बताए । उनले पार्टी गुट, उपगुटमा विभक्त बनेको भन्दै यहि कारण पार्टी कमजोर भएको बताए । नत्र नेताचाहिं बलियो अनि पाटीचाहिं… पुरा पढौ