समाचार

पोखरामा म्याक्सवेलको सम्मेलन,पोखरा र चितवन शाखा पुरस्कृत

पोखरा । अन्तर्राष्ट्रिय मार्केटिङ कम्पनी म्याक्सवेलले पोखरामा भर्चुअल मार्फत वार्षिक सम्मेलन सम्पन्न गरेको छ । कोरोना भाईरसको महामारीका कारण रोकिएको वार्षिक सम्मेलन नेपालका विभिन्न शाखाहरुको उपस्थितिमा आज (मंगलबार) भर्चुअल मार्फत सम्पन्न गरेको हो । सो सम्मेलनमा म्याक्सवेल चितवन शाखा, नेपालगञ्ज शाखा, धरान शाखा, काठमाडौं तथा विराटनगरबाट शाखा प्रमख सहितको उपस्थिति रहेको म्याक्सवेल पोखरा शाखा म्यानेजर रोशन लिम्बुले बताए । म्याक्सवेलको सहसंथापक सञ्जिव मण्डलले होस्ट गरेको जुम मिटिङमार्फत विभिन्न शाखाका कर्मचारीहरु पुरस्कृत भएको लिम्बुले जानकारी दिए । उनका अनुसार म्याक्सवेल पोखरा… पुरा पढौ

गण्डकीमा २७ संक्रमित, २३ कोरोना संक्रमण मुक्त

पोखरा । मंगलबार गण्डकी प्रदेशमा २७ जनामा कोरोना भाइरस संक्रमण हुँदा २३ जना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न प्रयोगशालामा २६२ जनामा गरिएको परीक्षणमा २७ जनामा संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित हुनेमा सबैभन्दा धेरै कास्कीका १३ जना छन् । यस्तै नवलपरासी वर्दघाट सुस्ता पूर्वका ६, बाग्लुङका ४, म्याग्दीका २, तनहुँ र लमजुङका एक–एक जना छन् । यो सहित हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ८६ हजार ६९८ पुगेको छ । ती मध्य… पुरा पढौ

नगद ४५ हजार सहित तनहुँबाट ११ जना जुवाडे पक्राउ

तनहुँ । तनहुँबाट ११ जना जुवाडेलाई नगदसहित प्रहरीले पक्राउ गरेको छ । जिल्लाको म्याग्दे गाउँपालिका ४ फलाम्दीको एक घरमा कौडा खेलिरहेका ११ जनालाई नगद ४५ हजार ३२० रुपैयाँ सहित मंगलबार दिउँसो २ बजे पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । जुवा– तास खेलिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १६ थान कौडा, नगद सहित पक्राउ गरेको हो । उनीहरुमाथी अनुसन्धान भइरहेको प्रहरीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । पुरा पढौ

पोखरामा बन्द गराउँदै हिँड्ने ५ जना पक्राउ

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका क्रममा ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई यातायात सञ्चालनमा अवरोध पु¥याउन खोज्ने तथा पसल बन्द गराउँदै हिडिरहेको अवस्थामा पोखराका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवत्ता सुन्दर तिवरीले जानकारी दिए । उनीहरुलाई साँझ ५ बजेपछि प्रशासन कार्यालयसंगको समन्वयमा निर्णय गरिने उनले बताए । जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई बलियो पार्न ठाउँ ठाउँमा सुरक्षाकर्मी खटाइएको र गस्ती समेत बढाइएको… पुरा पढौ

स्याङ्जाका सन्तोष अभिनित दोस्रो म्यूजिक भिडियो सार्वजनिक

पोखरा । स्याङ्जाका सन्तोष पौडेल अभिनित दोस्रो म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गायिका प्रिती आलेको शब्द स्वरमा ‘नयाँ साथी…’ हालै सार्वजनिक भएको हो । सार्वजनिक म्यूजिक भिडियो गायिका आलेको आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियोमा अभिनय मार्फत उनै सन्तोष जोडिएका छन् । लोक पप शैलीमा तयार पारिएको गीतको म्यूजिक भिडियोमा सन्तोषसंगै गायिका प्रिती आले, रञ्जन पाण्डे, बिबेक क्षेत्री, हरिप्रसाद रेग्मी, बिक्रम गुरुङ, रवि श्रेष्ठ, प्रकाश अधिकारी लगायतलाई देख्न सकिन्छ ।… पुरा पढौ

आठ बन्दकर्ता प्रहरी नियन्त्रणमा

कास्की । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बजारका विभिन्न स्थानबाट शंकास्पद गतिविधिमा सङ्लग्न आठ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयमा राखिएको बताइन्छ । सडकमा बन्दकर्ताको उपस्थिति नरहेकाले निर्वाध सवारी तथा व्यवसाय सञ्चालनको अवस्था रहेको प्रहरीको भनाइ छ । बन्दका क्रममा अप्रिय घटना हुन… पुरा पढौ

सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण

एचआईभी एड्स सङ्क्रमित महिलाको पाठेघरको क्यान्सर निःशुल्क जाँच गर्न सुरु गरिएको छ । भरतपुर अस्पतालको प्रसूति विभागमा उक्त रोगको जाँच गर्न थालिएको हो । एचआईभी सङ्क्रमण पुष्टि भएका २१ वर्षभन्दा माथिका महिलाको पाठेघरको क्यान्सर परीक्षण निःशुल्क सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार एचआईभी भएका महिलामा पाठेघरको मुखमा क्यान्सर हुनसक्ने देखिएकाले यो परीक्षण सुरु गरिएको हो । एड्स हेल्थ केयर फाउण्डेसनका कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाका अनुसार नौ सङ्क्रमित महिलाको निःशुल्क पाठेघरको क्यान्सरको परीक्षण… पुरा पढौ

म्याग्दीका १९ सडक र मोटरेबल पुल अधूरा

म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अधूरा छन् । तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ वटा र सङ्घीय सरकारका आठ वटा छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गत छ वटा सडक र पाँच वटा मोटरेबल पुल ढिलासुस्तीले थलिएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीन वटा प्याकेजका सडक र दुई वटा मोटरेबल पुल निर्माणको काम पनि समयमै पूरा हुन सकेका छैनन् । एक वर्षअघि नै निर्माण सकिनुपर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा सञ्चालित पोखरेबगर–चित्रे सडकको ६० प्रतिशत र… पुरा पढौ

फलेवासका छ हजार कृषकलाई तरकारीको बीउ वितरण

पर्वतको फलेवास नगरपालिकाका छ हजारभन्दा बढी कृषकलाई मौसमी तथा बेमौसमी तरकारीको बीउ वितरण गरिएको छ । नगरलाई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाले सबै वडाका किसानलाई तरकारीको बीउ वितरण गरिएको हो । नगरपालिकाले विगत तीन वर्षदेखि सञ्चालन गरेको बहुआयामिक कार्यक्रम क्लिन फलेवास ग्रीन फलेवास अभियानअन्तर्गत ‘एक घर, एक बगैँचा’ कार्यक्रम र क्लीन हाउस ग्रीन हाउसका लागि बीउ वितरण गरिएको अभियानका संयोजक कमल घिमिरेले जानकारी दिनुभएको छ । नगरपालिकाका प्रत्येक घरधुरीमा रायो, मूला, सलगम, पालुङ्गो, गाँजर र धनियाँलगायत तरकारीका बीउ निःशुल्क वितरण… पुरा पढौ

एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा

नेकपा (एमाले)को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ । एमालेले छानिएका प्रतिनिधिको विवरण आजसम्ममा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो । प्रतिनिधि चयनका लागि देशभर यही कात्तिक २७ गतेको मिति तय गरिएकामा सो दिन अधिकांश जिल्लाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छानिएका थिए भने बाँकी रहेका स्थानमा पनि निर्वाचन पनि सहमतिबाट छानिएर विवरण आउन थालेको छ । पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट… पुरा पढौ