समाचार

तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

तनहुँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । “महत्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ,” घिसिङले भन्नुभयो । सहकार्य गरेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । घिसिङले बाँधको निर्माणकार्य ढिलाइ भएको उल्लेख गर्दै यसलाई प्राथमिकता दिएर काम अगाडि बढाउन निर्देशन दिनुभयो । कार्यकारी… पुरा पढौ

कास्की कांग्रेसले तोक्यो मतदानस्थल र उम्मेद्वार मनोनयन दर्ता मिति

पोखरा । नेपाली काँग्रेसको १४ औं महाविधेशन अन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । अधिवेशनका लागि कास्कीमा निर्वाचन अधिकृतका रुपमा खटिएका रामचन्द्र पौडेल(आरसी पौडेल)ले सोमबार कास्की काँग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेश सभाका सभापतिहरुसँग बैठक गरी मतदानस्थल तोकिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैंठकले जिल्ला, क्षेत्र र प्रेदश सभा अधिवेशनको अघिल्लो दिन उम्मेद्वार मनोनयन दर्ता गर्ने निर्णय गरेको छ । प्रवक्ता सिग्देलका अनुरसार, मंसिर ३ गते हुने… पुरा पढौ

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

स्याङ्जा । स्याङ्जामा गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराती स्याङ्जाको आँधीखोला गाउँपालिका – ५ एकरायको भित्री सडकमा ग १ त ६४४० नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक तनहुँको भानु नगरपालिका – ५ का ३८ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका वर्ष ३४ का रेशम गुरुङ घाइते भएका छन् । उनलाई जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको । पुरा पढौ

स्याङ्जामा बञ्चरो प्रहारबाट एक महिला गम्भीर घाइते

स्याङ्जा । स्याङ्जामा आफ्नै श्रीमानले बञ्चरो प्रहार गर्दा एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको बिरुवा गाउँपालिका – ७ सुरुङ बस्ने वर्ष ४२ का हुमबहादुर थापाले आफ्नै श्रीमती मिनमाया थापा (४०) लाई बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी हुन् । उनको बाँया कुम र ढाडमा चोट लागेको छ । उनलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । पुरा पढौ

संवादमा आउन कानून व्यवसायीहरुलाई प्रधानन्यायाधीशको आह्वान

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् ।जबराले आज एक विज्ञप्ती जारी गर्दै आन्दोलन छोडेर संवादमा आउन आह्वान गरेका हुन् । जबराले वर्तमान परिस्थितीमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको भन्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादमा आउन आह्वान गरेका छन् । प्रधानन्यायाधीश जबराले पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिने बताएका छन् ।उनले कानुन व्यवसायीको जारी आन्दोलनले न्यायपालिकालाई मात्र नभई लोकतन्त्रको… पुरा पढौ

हिमपहिरोमा १२० चौरी बेपत्ता

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिए । “भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्किएका छन्”, उनले भने, “भीम शेरचन र सकेन्द्र गौचनका ६५-६५… पुरा पढौ

मुस्ताङमा अझै हिम पहिरोको जोखिम

मुस्ताङमा फेरि हिम पहिरो जाने जोखिम रहेकाले सतर्क रहन त्यहाँको जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा आइतबार बिहान ११ बजेर २० मिनेटमा निकै ठूलो हिम पहिरो गएको थियो। अझैपनि त्यो क्षेत्रमा बाक्लो हिउँका ढिस्कोहरु रहेकाले फेरि हिउँ पग्लिएर खस्ने खतरा रहेकोले मुस्ताङको जिल्ला प्रशानले सतर्क गराएको हो। हिम पहिरो खस्दा तीव्र गतिमा आउने हावाको वेगले बस्तीमा असर गर्न सक्ने भएकाले सावधानी अपनाइएको प्रशासनको भनाई छ। हिम पहिरो गएर भागदौड मच्चिँदा २ जना… पुरा पढौ

अष्ट्रेलिया पहिलो पटक टी २० विश्वकप क्रिकेट च्याम्पियन

अष्ट्रेलिया पहिलो पटक टी २० विश्वकप क्रिकेट च्याम्पियन बनेको छ। अष्ट्रेलियाले दोस्रो पटक विश्वकप टी २० को फाइनल खेल्दा च्याम्पियन बन्न सफल भएको हो। दुबई इन्टरनेसनल स्टेडियममा खेलिएको भएको रोमान्चक खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै टी २० मा विश्व क्रिकेटको पहिलो पटक च्याम्पियन बनेको हो। अष्ट्रेलियाले जितेको यो पहिलो टी २० विश्वकप हो। न्युजिल्यान्डले चाहिँ फेरि एक पटक विश्वकपको फाइनलमा पुगेर मात्र चित्त बुझाउनु परेको छ। उसले यो पटक पनि अष्ट्रेलियासँग हारेसँगै उपविजेतामै चित्त बुझाएको छ। न्युजिल्यान्डले निर्धारित २०… पुरा पढौ

धनगढी उपमहानगरले जित्यो राष्ट्रिय महिला लिग छनौटको उपाधि

धनगढी उपमहानगरपालिकाले उप मेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा धनगढीले ललितपुर महानगरपालिकालाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। टाइब्रेकरमा ललितपुरको दोस्रो प्रहार मात्र गोलमा परिणत भएको थियो। ललितपुरकी निर्मला बिकले मात्र गोल गरिन्। सम्झना लावतीको प्रहार बाहिरिएको थियो भने आशा कुँवर र रजनी थोकरको प्रहार धनगढीकी गोलकीपर उषानाथले बचाएकी थिइन्। सुरुका २ वटा प्रहारमा गोल गरेको धनगढी तेस्रो प्रहारमा चुकेपनि चौथो… पुरा पढौ

प्रिती आलेको ‘नयाँ साथी….’ (भिडियो सहित)

पोखरा । गायिका प्रिती आलेलेको नयाँ गीत ‘नयाँ साथी…’ सार्वजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गायिका आलेको आधुनिक गीत आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गायिका आलेको शब्द, स्वरमा रहेको गीतमा माया प्रेमको भाव व्यक्त गरिएको छ । गीतको संगित संयोजन बिशाल गुरुङले गरेका हुन् । यस्तै गीतमा मिक्सिङ एचबीएन किस्मत, विमल छिनालले रेकर्ड गराएका हुन् । पोखरा र घान्द्रुकमा गीतको भिडियो छायाङ्कन गरिएको भिडियोमा गायिका आले, सन्तोष पौडेल, राजन पाण्डे, बिबेक क्षेत्री, हरिप्रसाद रेग्मी, बिक्रम… पुरा पढौ