समाचार

सडक दुर्घटनामा युवकको मृत्यु

दमौली । तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को १झ ४० नंको विद्युत्को गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग २१ प ३९२६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गुरुङको मृत्यु भएको हो । उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा… पुरा पढौ

विश्व कप टी–२० क्रिकेटः अफगानिस्तानको दोस्रो जित

आइसीसी टी–२० विश्व कप क्रिकेटमा अफगानिस्तानले नामिबियालाई ६२ रनले हराएको छ। आबुधाबीमा अफगानिस्तानले दिएको १६१ रनको लक्ष्य पछ्याएको नामिबिया ९ विकेट गुमाएर ९८ रनमा समेटियो। उसका लागि डेभिड वाइजले सर्वाधिक २६ रन बनाए। बलिङतर्फ अफगानिस्तानका नभीन–उल–हक र हमिद हसनले ३/३ विकेट लिएयसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनायो। उसका लागि मोहम्मद शेहजादले ४५, हजरतुल्लाह जाजाईले ३३ र कप्तान मोहम्मद नाबीले नटआउट ३२ रन बनाए। बलिङतर्फ नामिबियाका लोफ्टी एटन र रुबेन ट्रमप्लेमानले २/२… पुरा पढौ

टी–२० विश्व कप क्रिकेट: भारतमाथि न्युजिल्यान्डको सानदार जित

आइसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले सानदार जित निकालेको छ। दुबईमा गएराति भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो। भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्यान्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो। न्युजिल्यान्डका लागि डार्यल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए भने कप्तान केन विलियम्सनले अविजित ३३ रन बनाए। यस्तै, मार्टिन गुप्टीले २० रन जोडे। भारतका जस्प्रित बुम्राहले २ विकेट लिए। यसअघि, पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन… पुरा पढौ

एएफसी यु–२३ एसियन कपका लागि छानियो इरान

इरान एएफसी यु–२३ एसियन कप फुटबलका लागि छनोट भएको छ। आइतबार घरेलु टोली ताजिकिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै इरान यु–२३ एसियन कपमा छनोट भएको हो। ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा इरानलाई जित दिलाउन कप्तान यासिन सलमानीले ह्याट्रिक पूरा गरे। ताजिकिस्तानका जेइरोभ इस्लोम र एह्सोनी पान्सनबेले १÷१ गोल गरे। जितसँगै समूह ’बी’ को इरानले ३ खेलबाट ९ अंक जोड्दै यू–२३ एसियन कपको यात्रा बनायो। इरान समूह विजेता बन्दै एसियन कपमा छनोट भएको हो। नेपालको निरस लाग्दो ताजिकिस्तान यात्रा यस समूहमा रहेको… पुरा पढौ

‘एट ए साइड भेट्रान्स एट ए साइड फुटबल’को पुरस्कारमा वृद्धी

पोखरा । पोखराको प्रतिष्ठित संस्थाको रुपमा स्थापित बगर भाई खलकले आयोजना गर्ने ‘एट ए साइड भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’को पुरस्कारमा वृद्धी गरेको छ भने भेट्रान्स फुटसल प्रतियोगिताको तयारी थाल्ने घोषणा गरेको छ । “स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने उद्घोषका साथ ११ वर्ष अघि प्रतियोगिताम्क रुपमा ४० वर्ष माथीको भेट्रान्स फुटबल प्रतियोगिता शरु गरेको बगर भाई खलकले नेपालमा नै पहिलो पटक भेट्रान्स फुटसल प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको हो । सो बारे… पुरा पढौ

एएफसी यू–२३ को अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० ले पराजित

पोखरा । नेपाल एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा लेबनानसँग पराजित भएको छ । आइतबार ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल लेबनानसँग ४ –० गोल अन्तरले पराजित भएको हो । समूह ’बी’ मा रहेको नेपाल आजको हारसंगै प्रतियोगितामा जितविहीन रह्यो । यसअघि नेपाल पहिलो खेलमा इरानसँग चार–शून्य गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो । पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना निको हुनेभन्दा संक्रमित हुने बढी

पोखरा । गण्डकी प्रदेशमा गत साता कोरोनामुक्त हुने भन्दा संक्रमितको संख्या बढेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आइतबार अपरान्ह कोभिड–१९ सम्बन्धी विवरण सार्वजनिक गर्र्दै यस्तो जानकारी दिएको हो । निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गत साता ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १८९ जना संक्रमणमुक्त भएका छन् । २ हजार ४१४ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । सोही अवधीमा संक्रमणका कारण विभिन्न जिल्लाका ५ जना संक्रमितको मृत्यु भएको छ । यस्तै, आइतबार पनि प्रदेशमा… पुरा पढौ

कास्कीमा देउसी भैलो राती १० बजेसम्म खेल्न पाइने

पोखरा । तिहारको अवसरमा खेलिने देउसी भैलो राती १० बजेसम्म खेल्न जिल्ला प्रशासन कास्कीले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले नजिकिँदै गरेको नेपालीहरुका महान् पर्व शुभ–दिपावली, तिहार, छठ लगायतको अवसरमा आइतबार एक सूचनामार्फत यस्तो आग्रह गरेको हो । प्रशासनले कोभिड–१९ संक्रमणको दर अपेक्षितरुपमा घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएको भन्दै सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । प्रशासनले देउसी–भैलो, नाचगान जस्ता कार्यक्रमहरु शान्तिपूर्णरुपमा राती १० बजेसम्म सञ्चालन गर्न आग्रह गरेको छ… पुरा पढौ

एन व्याब्सनको दुई दिने प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको उक्त गोष्ठी एन प्याब्सनमा आवद्ध विद्यालयका अग्रेजी, गणित र विज्ञान विषयका शिक्षक गरी १ सय २० जनाको सहभागिता रहेको एन प्याब्सन परीक्षा उपसमितिका कार्यवहाक संयोजक सञ्जय पौडेलले जानकारी दिए । गोष्ठीको सहजीकरण डा.वेदप्रसाद ढकाल, रमेश भट्टराई, शान्ताराम लामिछाने र बामदेव पौडेलले गरेका थिए । कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठ र… पुरा पढौ

नेलम्बो नेपालद्वारा विरेठाँटीमा निःशुल्क शिविर

पोखरा ४ ग्रह्रापाटनमा रहेको नेलम्बो नेपाल र अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ८ मा रहेको विरेठाँटी मा.वि मा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । स्थानिय विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई लक्षित गरेर निःशुल्क दन्त शिविर आयोजना गरिएको हो । शिविरमा निःशुल्क रुपमा दाँतको चेक जाँच, औषधी उपचार, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको जरै देखि उपचार, दाँत सफा गर्ने, दाँतको एक्सरे, गिजाको उपचार आदि जस्ता मुख तथा दाँत सम्बन्धी औषधी उपचार गरिएको नेलम्बो… पुरा पढौ