पोखरा । सिलिङ्गे महिला चेतना समूहको सकृयतामा पुनर्निमित पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको हुडिकोटस्थित दुई सय वर्ष पुरानो चौतारो आज उद्घाटन गरिएको छ । समूहको पन्ध्रौं वार्षिक साधारणसभाका अवसरमा आयोजित विशेष समारोहकाबीच गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले चौताराको उद्घाटन गरे । कार्यक्रममा मन्त्री कंडेलले प्राचीन सम्पदाको संरक्षण हामीहरूको दायित्व भएको बताउँदै समूहको सकृयतामा दुई शताव्दी पुरानो चौतारो जनस्तरको सहयोगबाट पुननिर्माण गरिनु प्रशंसनीय कार्य भएको बताए । नेपालका वाइसे चौवीसे राजाहरूको समयदेखि अस्तित्वमा आएको…
पुरा पढौ