समाचार

तिहारको चौँथो दिन, गाई, गोरु, गोवद्र्धन र हलि पूजा गरी मनाइँदै

काठमाण्डौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको… पुरा पढौ

निर्मलपोखरीमा माओवादीको टोल कमिटी गठन, अध्यक्षमा गिरी

पोखरा । नेकपा (माओवादी केन्द्र) ले निर्मलपोखरीको गिरी गाउँमा दोस्रो टोल समिति गठन गरेको छ । पोखरा –२१ निर्मलपोखरीस्थित गिरी गाउँमा भएको भेलाले बिपशा गिरीको नेतृत्वमा १९ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा सिवन गिरी, सचिवमा शोनिस गिरी, सह–सचिबमा रिना गिरी, कोषाध्यक्षमा खेम कुमारी गिरी चयन भएका छन् ।यस्तै सदस्यहरुमा ईन्द्र नेपाली, गजराज गिरी, चन्द्र बहादुर थापा, अनिसा गिरी, बिक्रम गिरी, पुर्णकला गिरी, तुलसी थापा मगर, तिल ब. गिरी, शुसिला गिरी, वसन्त भण्डारी ,लालुमाया गिरी छन् । कार्यक्रममा… पुरा पढौ

राष्ट्रपति कार्यालयको आँगनमा देउसीभैलो

काठमाण्डौं । राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा ती कलाकारले देउसीभैलोसहित नेपालका विभिन्न क्षेत्र र भू–भागका लोकसंस्कृति प्रस्तुत गरेका थिए । त्यसक्रममा सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका देउसीसहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, टप्पा, रोयला, असारे महिनाजस्ता लोक–सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरी बालमन्दिरका बालबालिकाले पनि देउसीभैलो प्रस्तुत गरेका थिए । राष्ट्रपति भण्डारीले देउसीभैलो प्रस्तुत गर्ने कलाकार टोलीलाई… पुरा पढौ

एमालेलाई सिध्याउने सपना नदेखे हुन्छ : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीलाई एमाले सिध्याउने सपना नदेख्न आग्रह गरे । मध्यपुरथिमि नगरपालिकाले दुई पोखरीमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा ‘गन्तव्य मध्यपुरथिमि’ पुस्तकको विमोचन कार्यक्रममा उनले कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने उल्लेख गरे । अध्यक्ष ओलीले भने, “कसैले कुरु क्षेत्र बनाउँछु भनेका छन्, कोहीले भ्याकुम लगाएर एमाले बढार्छौं भनेका छन् रे, भक्तपुरमा आएर कुर्लनु पर्दैन, त्यस्ता सपना नदेखे हुन्छ ।” नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई गणतन्त्र बिरोधी भनेको सन्दर्भ… पुरा पढौ

प्रजातन्त्रका सेनानी स्व. राजेन्द्रको स्मृतीमा प्रकाशित कृतिको लोर्कापण

पोखरा । समााजीक व्यक्तित्व एवं प्रजातन्त्रका सेनानी स्वर्गीय राजेन्द्र प्रसाद त्रिपाठीको स्मृतीमा प्रकासित स्मृती ग्रन्थको पुर्व सभामूख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले बिहीबार एक समारोहका वीच लोकार्पण गरेका छन् । शैक्षिक, सामाजिक, राजनीतिक र विकासप्रेमी नेताका रुपमा आफ्नो छवी वनाएका राजेन्द्रप्रसादको ८३ वर्षको उमेरमा २०७७ वैशाख ३० गते आफ्नै निवास पोखरा २८ कालिकामा निधन भएको थियो । स्वर्गीय त्रिपाठीले गरेको संघर्ष राजनीतिक एवं सामाजिक कार्यहरुको ईतिहासलाई जीवन्त राख्न सममाजसेवी ऋषिराम त्रिपाठीको संयोजकत्वमा स्व राजेन्द्र प्रसाद त्रिपाठी स्मृती ग्रन्थ प्रकाशन… पुरा पढौ

नेकपा एमाले पोखरा ३३ भरत पोखरीमा शुभकामना आदान प्रदान

पोखरा । नेकपा एमाले पोखरा ३३ भरत पोखरीले बिहिबार नेपालिहरुका विभिन्न चाडपर्व बिजया दशमी ,तिहार ,छठ तथा नेपाल सम्बत को अवशरमा शुभकामना आदान प्रदान एबम चियापान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथी कास्की क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई अधिकारिले देशको प्रमुख समस्या गरिबी नै भएको भन्दै नेकपा एमालेले मात्रै देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने दाबी गरिन्। उनले संस्कारयुक्त राजनितिक गतिबिधी नेपालको टड्कारो आवश्यकता भएको उल्लेख गर्दै श्रमजिबी जनताका सरोकारलाई अनुसासित राजनितिले मात्रै सम्बोधन… पुरा पढौ

पोखरामा शनिबार भाइटिका महोत्सव हुँदै

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आगामी शनिवार १४ औं भाइटिका महोत्सव २०७८ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै जारी कोभिड महामारी विच पनि पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । कोभिड १९ का कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुबेदीले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन प्रबद्र्धनमा महोत्सवले सघाउने विश्वास व्यक्त गरे ।… पुरा पढौ

नगद रु. १५ लाख सहित जुवाको खालबाट ११ जना पक्राउ

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिकाबाट प्रहरीले रु. १५ लाख नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । माछापुच्छ«े–२ तातोपानी स्थित तातोपानीईन होटलमा बुधबार जुवा (तास) खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरीले उनीहरुलाई तास खेल्दै गरेका अवस्थामा रु. १५ लाख २४ हजार ७० नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेहरुमा स्याङ्जाको हरिनाश गाउँपालिका–३ स्यानोकान्लाका २८ वर्षीय कमल भण्डारी, पोखरा–१७ ड्यामसाईडका २३ वर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतलीबजार–०२ ज्यामिरेका २८ वर्षीय दीपेश गुरुङ, अर्घाखाँची भूमिकास्थान नगरपालिका–२… पुरा पढौ

पोखरेली तीन युवाकोे व्यावसायिक फूलखेती

पोखरा । तिहारको रमझम सुरु भएको छ । मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरुले सहर बजारका चोकचोक र गल्लीमा फूलका थुङ्गा र माला निकै आकर्षकरूपमा सजाएका छन् । हरेक वर्ष अत्यधिक माग हुने सयपत्री फूलको आयातलाई केही हदसम्म भए पनि रोक्न पोखरा र चितवनका तीन युवाले यस वर्ष पनि व्यावसायिक फूल खेती गरेका छन् । समृद्धि कृषि क्रान्तिबाट सम्भव छ भन्ने सोचका साथ कृषिकर्ममा लाग्नुभएका तीन युवाले तनहुँको फिरफिरेमा सयपत्री फूलको व्यवसायमा निरन्तरता दिएका हुन्… पुरा पढौ

यमपञ्चकको तेस्रो दिन, आज लक्ष्मी पूजा

आज यमपञ्चकको तेस्रो दिन, कार्तिक कृष्ण औँसी अर्थात लक्ष्मी पूजाको दिन। ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदैछ। साँझ लक्ष्मीपूजा गर्नुअघि घर सफासुग्घर र लिपपोत गर्ने मान्यता छ। सफा नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वासका आधारमा आज बिहानै घर सफासुग्घर गर्ने चलन छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाई गरी दीपावली गरिन्छ। सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र… पुरा पढौ