समाचार

फेवा चौतारीको देउसी भैलोमा तीन मन्त्रीको छमछमी

गण्डकी प्रदेशका तीन जना मैन्त्रीहरु एकै मन्चमा छम्छम्ती नाच्नु भएको छ । पोखराको फेवा टेलिभिजनको फेवा चौतारीको सांस्कृतिक टिमले आइतबार भाइटिकाको अवसरमा प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनको निवासमा आयोजना गरेको देउँसी भैलो कार्यक्रममा मन्त्री बराल सहित तीन जना मन्त्रीहरु छम्छम्ती नाच्नु भएको हो । मन्त्री बरालको साथमा प्रदेशका भूमि व्यबस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा र वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा एकै मन्चमा देउँसी भैलो कार्यक्रममा सहभागि हुदै नृत्य प्रर्दशन गर्नु भएको… पुरा पढौ

२० विदेशी पर्यटकको निधारमा सप्तरंगी भाइटिका

पोखरामा यसपटक २० विदेशी नागरिकले टिका ग्रहण गरे। उनीहरुले यस वर्षको तिहारमा हर्ष र उल्लासमय तरिकाले भाइटिका लगाए। कोभिड–१९ को कारण दुई बर्षदेखि रोकिएको महोत्सवले यसपटक १४ औं संस्करणको रुपमा पुनः निरन्तरता पायो। कोरोनाका कारण गत वर्ष सुनसान बनेको तिहारको भाइटिका यस वर्ष भने विदेशी पर्यटकका लागि पनि हर्ष र उल्लासमय बनेको थियो। गत वर्ष कोरोनाका कारण लकडाउन थियो। सबैमा कोरोना सर्छकि भन्ने डर थियो। घुमफिर गर्न र आफन्तजनु भेट्न मुस्किल थियो। तर यस वर्षको तिहारमा भने विदेशी पर्यटकले पोखराको… पुरा पढौ

आज तिहारको भाइटिका, ११ः२ बजे टिकाको उत्तम साइत

आज कार्तिक शुक्ल द्वितिया तिथि, यमपञ्चक (तिहार)को अन्तिम दिन अर्थात भाइटिका । आजको दिन दिदिबहिनीहरुले आफ्ना दाजूुभाईहरुलाई मान सम्मानका साथ विधिपूर्वक पूजाआजा गरेर विशेष उल्लास र महत्वका साथ भाइटिका मनाउने गर्दछन्। आज विहान ११ः०२ बजे भाइटिकाको उत्तम साइत छ। भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको अभिजित् मुहूर्तको समयलाई उत्तम मानिएको छ। यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्नेलाई उत्तम दिशा मानिएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने… पुरा पढौ

पोखरा सांगीतिक कलाकार संघले मौलिकपन जोगाउँदै खेल्यो देउसी भैलो

नेपालीहरुको दोश्रो ठूलो चाँड तिहारको अवसरमा पोखरा सांगीतिक कलाकार संघले देउसी भैलो खेलेको छ । तिहारमा खेलिने मौलिक संस्कृति जोगाउँदै पोखरा सांगीतिक कलाकार संघले देउसी भैलो खेलेका हुन् । बजारमा रेकर्डेड गीतमा नाचगान गर्दै देउसी भैलो खेल्ने चलन बढेको छ । तर पोखरा सांगीतिक कलाकार संघ भने रेकर्डेड गीत पेनड्राइभबाट बजाएर नभई मौलिक रुपमा आफै गाउँदै, नाच्दै देउसी भैलो खेलिरहेको छ । देउसी भैलोको नेतृत्व गरेका छन् संघका अध्यक्ष सुनिल थापाले । देउसी भैलो समूहमा आनन्दराज बज्राचार्य, शान्तराज बज्राचार्य, भाई… पुरा पढौ

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार गैंडाकोटमा भएको शिक्षा सेवा नेपालको चौथो साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा उनले अनुसन्धानले नै शिक्षाको महत्व बढाउने भएकाले त्यसमा लगानी बढाउन जरुरी रहेको भनाइ राखेका हुन् । विदेशका विश्वविद्यालय र शैक्षिक संस्थाहरु अनुसन्धानमा नै केन्द्रित हुने भएकाले शिक्षा प्रभावकारी भएको उनको भनाइ थियो ।उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले शिक्षा सेवा समाज नेपाल स्मारिका २०७८ पनि विमोचन गरे । स्मारिकामा संस्थाका गतिविधिका अतिरिक्त अनुसन्धानमूलक लेखहरु सामावेश छन्… पुरा पढौ

नारायणस्थानमा ठडियो शंखधर साख्वाःको शालिक

पोखरामा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक ठडिएको छ । पोखरा महानगर–३ नदिपुरमा रहेको नारायणस्थान मन्दिर परिषरमा रहेको विरेन्द्र पार्कमा शाख्वाको पूर्णकदको शालिक राखिएको हो । नेपाल सवत ११४२ को प्रारम्भको अवसरमा शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका संगठन विभाग प्रमुख एवं पूर्वउप्रधानमन्त्री गोपालमान श्रेष्ठले शालिकको अनावरण गरे । शंखधर साख्वाःलाई नेपाल संवतको प्रवर्तक मानिन्छ । शालिक अनावरण पछि बोल्दै नेता श्रेष्ठले गरिब जनताको ऋण मुक्त गर्ने साख्वाको योगदानको कदर गदैँ सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको बताए ।… पुरा पढौ

४ क्लबलाई एएफसी क्लब लाइसेन्स

दि फस्र्ट इन्स्टान्ट बडी (एफआइबी)ले बिहिबार नेपालको ४ क्लबलाई एएफसी क्लब लाइसेन्स प्रदान गरेको छ। लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र सशस्त्रको नेपाल एपीएफ फुटबल क्लबले यस सत्रका लागि एएफसी क्लब लाइसेन्स प्राप्त गरेको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको छ। एन्फाले सो निर्णय एएफसीलाई पठाएको पनि जनाएको छ। पुरा पढौ

दक्षिण अफ्रिकी लेखक डामोनलाई बुकर पुरस्कार

यस वर्षको विश्व प्रतिष्ठित बुकर पुरस्कार दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको छ। चर्चित उपन्यासकार तथा नाटककार डाल्गोटको पुस्तक ‘द प्रमिज’का लागि सो पुरस्कार प्रदान गरिएको हो। सो पुस्तकमा गएको ४ दशकको अवधिमा एउटा दक्षिण अफ्रिकी परिवारको पतनको विषयलाई उल्लेख गरिएको छ। यो उनको नवौँ पुस्तक हो। यसअघि, सन् २००३ र सन् २०१० मा पनि उक्त पुरस्कारका लागि उनी मनोनयनमा परेका थिए। तर, पुरस्कार जित्न भने सकेका थिएनन्। उनलाई बुधवार एक समारोहबीच ५० हजार पाउन्डको पुरस्कार प्रदान गरिएको हो।… पुरा पढौ

नेपाल संवत ११४२ सुरू

नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११४२ पनि आजबाट सुरु हुँदैछ। नेवार समुदायले आज (शुक्रबार) विविध कार्यक्रम गरी नेपाल संवतलाई देशभर मनाइँदैछ। राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूवात गराएका थिए। विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो। लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका… पुरा पढौ

नेपाल संवत्लाई प्रवद्र्धन र प्रयोगमा ल्याउन आवश्यक : उपराष्ट्रपति

काठमाण्डौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवत्लाई प्रवद्र्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका छन् । नेपाल संवत ११४२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले आजको दिनले नेपाल संवत्को प्रवद्र्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । नेपाल संवत्का प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रगतिशील सामाजिक रुपान्तरणमा पु¥याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले साख्वाप्रति श्रद्धाञ्जली अर्पण गरे। प्रगतिशील सामाजिक अभियान्ता तथा नेपालका राष्ट्रिय विभूति शङ्खधर… पुरा पढौ