समाचार

पोखरा म्याराथनको बिजेताले उपाधि सहित ४ लाख पाउने

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशीमा सतप्रतिशत वृद्धी गरेको छ भने सुजल डेरीको मुख्य उत्पादन सफल दुधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने दिएको छ ।मञ्चले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिंदै खुल्ला ४२.१९५ किमि म्याराथन तर्फ प्रथम पुरस्कार ४ लाख नगद पु¥याइएको घोषणा गरेको हो । यो पुरस्कार राशी गत वर्षको १५ औं सस्करण भन्दा दोव्वर हो । आगामी फागुन १९ गते पोखरामा आयोजना हुने १६ औं संस्करणको पोखरा म्याराथनतर्फ हुने… पुरा पढौ

प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी

प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी निर्वाचित भएका छन् । बुधबार सम्पन्न प्रेस सेन्टरको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको होे । समितिको उपाध्यक्षमा दिनानाथ बराल र सोभा बराल(महिला), सचिवमा पुष्पराज दाहाल, सह-सचिवमा, सुरेसराज अधिकारी, सविना राना थापामगर (जनजाती),कोषाध्यक्ष सुशीला क्षेत्री राई निर्वाचित भएका छन् । सदस्यमा लिलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री, विवेक भण्डारी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी र बाबुराम सुवेदी निर्वाचित भएका हुन् । प्रेस सेन्टर पोखरा महानगरको संयोजकमा शिवराज… पुरा पढौ

सहारा एकेडेमीको अभिभावकत्व व्यावसायिक घराना केसी परिवारले लिने

सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ ।पोखरामा आज एक कार्यक्रमका बीच स्व।केसीकी धर्मपत्नी प्रेम कुमारी केसी, छोराहरु प्रकाश केसी, किरण केसी र रोशन केसीको उपस्थितीमा सहारा क्लवका अध्यक्ष हरि गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।एकेडेमीको जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ। क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ। सम्झौता अनुसार वार्षिक केसी परिवारले एकेडेमीको लागि वार्षिक १५… पुरा पढौ

न्यूनदृष्टियुक्त व्यक्तिले फूलखेतीबाट मनग्य आम्दानी गरे

तनहुँ । बन्दिपुर गाउँपालिका–१ का ४० वर्षीय न्यूनदृष्टियुक्त अमृत शाहीले फूलखेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन् । उनी सो वडाका वडासदस्य पनि हुन् । शारीरिक रुपमा उनी अपाङ्गता भएका व्यक्ति भएपनि सपाङ्ग व्यक्तिभन्दा जोसजाँगरमा कमी छैन् । वडासदस्यको जिम्मेवारी बहन गर्दै शाही पछिल्लो समय व्यावसायिक रुपमा सयपत्री फूलखेतीतर्फ आर्कर्षित भएका छन् । न्यूनदृष्टियुक्त व्यक्ति उनी आफूले सकेको काम आफै गर्ने र आफूले गर्न नसक्ने काम घरपरिवारलाई गर्न लगाउने उनको स्वभाव रहेको शाहीको श्रीमती गङ्गा शाहीले बताइन् । गतवर्ष थोरै क्षेत्रफलमा लगाएको… पुरा पढौ

तनहुँमा नौ लाखसहित २९ जना पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा रु नौ लाख ११ हजारसहित २९ जना पक्राउ परेका छन् । स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति उनीहरुलाई पक्राउ गरेको हो । ठूलो धनराशिका साथ कौडा खेलिरहेको सूचना पाएपछि प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–८ का भानुभक्त पराजुली, शुक्लागण्डकी–४ का सुरज रामजाली, नीर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, मोहित जुहारचन, राजु पुन, राजु… पुरा पढौ

एकै दिन काग र कुकूर तिहार

यस वर्षको यम पञ्चकमा आज (बुधबार) दुई वटा तिथि एकसाथ परेको छ। कार्तिक कृष्ण त्रयोदशी र कार्तिक चतुर्दशी (नरक चतुर्दशी) एकै दिन परेको छ। कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा काग तिहार र सोही पक्षको कार्तिक चतुर्दशी अर्थात नरक चतुर्दशी (कुकूर तिहार) पनि एकै दिन परेको छ। त्यसैले, यस वर्षको यमपञ्चक अन्तर्गत काग तिहार र कुकूर तिहार मनाउने भएको छ। यस वर्ष कार्तिक कृष्ण त्रयोदशी र कार्तिक कृष्ण चतुर्दशी अर्थात नरक चतुर्दशी एकै दिन परेकोले काग तिहार कुकूर तिहार एकै दिन… पुरा पढौ

आज काग तिहार तिहार मनाइँदै

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा… पुरा पढौ

मानवसेवा आश्रम पोखराको देउसीभैलो झण्डै साढे २८ लाख संकलन

पोखरा । मानवसेवा आश्रम पोखरा शाखाको भवननिर्माण सहयोगका लागि आयोजना भएको बृहद् सांस्कृतिक देउसी भैलो कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । बरिष्ठ हास्य कलाकार मनोज गजुरेल, दोहोरी गायक पशुपति शर्मा, लोक गायक चिरन बराल, देवीस्थान हेम्जा भजन समुह, पोखरा हेम्जा परिवारको खैजडी भजन, मानवसेवा आश्रमका अभियन्ता र बालगोपालहरुको प्रस्तुति रहेको कार्यक्रममा करिब ७०० जनाको सहभागीता रहेको थियो । कार्यक्रमबाट मानवसेवा आश्रम पोखरा शाखाको भवननिर्माणको लागि २८ लाख ४२ हजार २ सय ८९ रुपैया रकम संकलन भएको छ । यसबाहेक… पुरा पढौ

नेकपा एमाले पोखरा २० का नयाँ कमिटिद्वारा सपथ ग्रहण

पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर २० का नया निर्वाचित कार्यसमितिको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन । निर्वाचन मण्डलको संयोजक मनवुजा बिकले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन । उक्त कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागीले नवनिर्वाचित पदाधिकारीहरुले आफ्नो आचरण र व्यवहारलाई ख्याल गरी पार्टीमा लगनशील भएर लाग्न आग्रह गरे… पुरा पढौ

‘टाउकोले टेकेर हिंडेको’ वर्तमान संसदीय व्यवस्थालाई साम्राज्यवादले बोकेर हिंडिरहेको छ : बास्तोला

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको वर्तमान संसदीय व्यवस्था भनेको टाउकोले टेकेर हिंडेको ब्यबस्था भएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले टाउकोले टेकेर हिंडेको वर्तमान व्यवस्थालाई साम्राज्यवादले बोकेर हिंडिरहेको दाबी गरे । उनले भने,‘अहिलेको व्यवस्था भनेको टाउकोले टेकेर हिंडेको ब्यबस्था हो, टाउकोले टेकेको अवस्थामा अर्कैले बोक्नुपर्ने हुन्छ, हो अहिले टाउकोले टेकेको ब्यबस्थालाई साम्राज्यवादले बोकेर हिंडिरहेको छ, त्यसैले यसलाई सच्याएर खुट्टाले टेकेर हिंड्ने बनाउनु प¥यो ।’ नेता बास्तोलाले… पुरा पढौ