समाचार

४६९ सङ्क्रमित थपिए, तीन जिल्लामा शून्य सङ्क्रमण

काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १० हजार २८७ मा कोरोना परीक्षण गर्दा ४६९ सङ्क्रमित थपिएका हुन् । सोमबार ५३३ जनामा सङ्क्रमण देखिएको थियो । देशभर सक्रिय सङ्क्रमित नौ हजार १७४ रहेका छन् । नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन् । तीन… पुरा पढौ

प्रदेशको नामकरण पहिलो प्राथमिकताः मुख्यमन्त्री राई

काठमाण्डौं । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । मुख्यमन्त्री पदको शपथ ग्रहण समारोहपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान सरकारको पहिलो प्राथमिकता रहने छ भने। मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी पनि दिए । उनले सरकार सञ्चालनका लागि गठबन्धन दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरिने जानकारी दिदैं गठबन्धन दलबीच छलफल पछि पुनः बजेट ल्याउन सकिने… पुरा पढौ

प्रधानमन्त्री देउवा र श्रीलङ्काका राष्ट्रपति राजपाक्षेबीच भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेबीच द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा भाग लिन गएका उनीहरुबीच आज ‘साइडलाइन’ भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए । दुवै देशबीच सुमधुर सम्बन्ध छ । उनीहरुबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने, द्विपक्षीय संस्कृति मजबुत बनाउनेलगायत विषयमा कुरा भएको… पुरा पढौ

साहसिक खेलप्रेमीको रोजाइमा ‘क्यानोनिङ’

पोखरा । पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेसँगै क्यानोनिङ गर्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ । कास्कीको माछापुच्छ«्रे गाउँपालिका–९ मा रहेको झरनामा क्यानोनिङ गर्ने बढ्न थालेको सञ्चालक राम गुरुङले जानकारी दिए । दसैँ–तिहारको बिदामा पोखरा घुम्न आउने साहसिक खेलप्रेमी पर्यटकले क्यानोनिङप्रति राम्रो रुचि देखाउनु भएको छ, अहिले दैनिकजसो १५-२० जना आउँछन्”, उनले लामो समय कोरोनाका कारण बन्द रहेको क्यानोनिङ सञ्चालनमा आएसँगै खेलको मज्जा लिनेको सङ्ख्या पनि बढ्दै गएको बताए । कोरोनाका कारण एउटै दिनचर्यामा समय व्यतित गरिरहेका अधिकांशले क्यानोनिङ… पुरा पढौ

पुरानै लयमा फर्कंदै पर्वतीय सङ्ग्रहालय

कोरोना महामारीका कारण लामो समयसम्म प्रभावित पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । महामारी क्रमशः कम हुँदै गएको र सर्वसाधारणका लागि प्रवेश टिकट खुल्ला गरेपछि अध्ययन अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएसँगै पुरानैलयमा फर्कंने सङ्केत मिलेको छ । विश्वव्यापी रुपमा पैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लामो समयदेखि बन्द सङ्ग्रहालय यही भदौ महिनाको २३ गतेदेखि खुल्ला गरिएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताएका छन्। नेपाल पर्वतारोहण सङ्घको ४८औँ स्थापना दिवसका अवसरमा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा उहाँले… पुरा पढौ

सुन तोलाको रु. ९२ हजार

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २०० ले बढेर रु ९२ हजार कायम भएको छ। पहेँलो धातु सोमबार प्रतितोला रु. ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ५०० रहने छ जसको मूल्य सोमबार प्रतितोला रु. ९१ हजार ३०० तोकिएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर एक हजार… पुरा पढौ

सामलिङ्ग पावर कम्पनीको आइपिओ बाँडफाँट

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २१ लाख ९८ हजार ७६४ जनाले दुई करोड ५२ लाख १९ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये नौ हजार ९८६ जनाको आवेदन रद्द भएको र बाँकी २१ लाख ८८ हजार ७७८ योग्य… पुरा पढौ

धवलागिरि अस्पतालमा जीवनजल अभाव

गलकोट । धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ । झाडावान्ता भएपछि छोरालाई अस्पताल ल्याएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गरीन् । शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ । केही दिनदेखि जीवनजल अभाव भएको अस्पतालका फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताए। “समयमै औषधि ल्याउन खरिद ऐन नै परिवर्तन गर्नुपर्छ, तत्कालै हामीले औषधि खरिद गर्न मिल्दैन”, उनले भने “स्वस्थ्य बिमाले सबै औषधि दिनु भन्छ, तर खरिद ऐन… पुरा पढौ

यस वर्षको यमपञ्चक (तिहार) आजदेखि सुरु हुँदै

आज कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन। हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ। आज बेलुका यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भएपनि काग र कुकुर तिहार भने भोलि परेको छ। आजको बेलुका यमदीपदान सुरु हुन्छ। यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। भोलि बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ।… पुरा पढौ

आइसीसी टी–२० विश्वकपः श्रीलंकालाई हराउँदै इङ्यान्ड सेमिफाइनलमा

इङ्ल्यान्ड आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। श्रीलंकालाई २६ रनले हराउँदै इङ्यान्ड यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम समेत बनेको छ। जारी आइसीसी टी–ट्वान्टी विश्वकपमा ४ खेल खेलेको इङ्यान्ड एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो। सारजहामा गएराति भएको खेलमा इङ्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रनमा समेटियो। यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। समूह एकमा… पुरा पढौ