समाचार

माछापुच्छ्रेका आठ युवाले गरे मर्दी हिमालको सफल आरोहण

पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का आठ युवाले पाँच हजार ५८७ मिटरको मर्दी हिमाल एकैसाथ सफल आरोहण गरेका छन् । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको सो हिमाल पदयात्रासँगै हिमाल आरोहणको प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा क्रियाशील उनीहरुले हिमाल चढेका हुन् । यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि प्रस्थान गरेको २६ सदस्यीय टोलीमध्येका आठ जनाले असोज १७ गते बिहान ९ः३० बजे सफलतापूर्वक हिमाल आरोहण गरी फर्किएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी… पुरा पढौ

‘युवासँग महालक्ष्मी लाईफ’ समिति गठन र शुभकामना आदान प्रदान सम्पन्न

पोखरा । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले 'युवासँग महालक्ष्मी' राष्ट्रिय बिमा जागरण अभियान कास्की समितिको गठन गरेको छ । सो इन्स्योरेन्सको बिहिबार पोखरामा बिजयादशमी तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सन्तोष पराजुलीको संयोजकत्वमा २१ सदस्यीय समिति घोषणा गरिएको हो । उक्त इन्स्योरेन्सका नायब महाप्रबन्धक प्रशान्तराज धमलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न योजनामा योग्यता पुग्ने अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि धमलाले आम सर्वसाधारणमा बिमाबारे जनचेतनाका लागि बिमा जागरण राष्ट्रिय अभियान सन्चालन गरिएको र यसमा युवाहरुको… पुरा पढौ

मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी

बेनी । दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएका थिए । निकासी भएका सबै भेडाच्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए । “स्वास्थ्य परीक्षणमा जम्मा तीन हजार ५६० पुगेको छ, व्यापारीले… पुरा पढौ

हाम्रो सहयोगी बचत तथा ऋण सहकारीद्वारा शुभकामना आदानप्रदान

हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालीहरुको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारीको प्रमुख आतिथ्यतामा सहकारीले शुक्रबार शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा सहभागिहरुले बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वहरुको शुभकामना आदानप्रदान गरेका थिए । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड१९) को जोखिम कायमै रहेकाले सामाजिक दुरी कायम गर्दै मास्क, सेनिटाइजरको आवश्यक्ता अनुसार प्रयोग गर्दै चाँडपर्व मनाउन आग्रह गरे ।… पुरा पढौ

आज मन्त्रिमण्डल विस्तार हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रवार) मन्त्रीपरिषद्लाई विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री बनेको ३ महिनापछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४/४ मन्त्रालय पाउनेछन्। साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले १/१ जना राज्यमन्त्री पनि पाउने छन्। सहमतिअनुसार नेकपा एकिकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति… पुरा पढौ

बन्दीपुर केबलकार परियोजना कोरोनाका कारण २ वर्षपछि धकेलियो

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना २ वर्ष पछाडि धकेलिएको छ। विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार संचालन गर्ने लक्ष्य लिइएपनि कोभिड–१९ को प्रभावका कारण उक्त परियोजना २ वर्ष पछाडि धकेलिएको हो। विसं २०७६ चैत दोस्रो सातादेखि कोभिड–१९ का कारण लकडाउन भएपछि परियोजनाको काम प्रभावित भएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए। अब विसं २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको संपूर्ण काम सकेर व्यावसायिक… पुरा पढौ

नेपालमा पहिलो पटक मातृ मृत्युदरबारे अध्ययन हुँदै

नेपालमा पहिलो पटक मातृमृत्यु दरबारे अध्ययन गर्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दरबारे अध्ययन गर्न थालेको हो। मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ जनगणनासँगै मातृमृत्यु दरबारे अध्ययन गर्न थालेको छ। मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले प्रजनन उमेर समूहका महिलाको मातृ मृत्युदर पत्ता लगाउन र सुरक्षित मातृत्व सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा पहँुचयोग्य बनाउनका लागि अध्ययन गर्न थालिएको जानकारी दिए। उनले मातृ मृत्यु दरको अध्ययनका… पुरा पढौ

अल्फान्जोको तेस्रो वार्षिकोत्सवमा सविन राईको लाइभ कन्सर्ट हुने

पोखरा । पोखराको खपौदीस्थित अल्फान्जो रिसोर्टमा चर्चित गायक सविन राई एण्ड फ्यारो व्याण्डको लाईभ कन्सर्ट हुने भएको छ । रिसोर्टको तेस्रो वार्षिकोत्सवका अवसरमा यहि असोज २३ गते शनिबार साँझ ८ बजेदेखि नेपालकै चर्चित व्याण्ड तथा गायक राई एण्ड फ्यारो व्याण्डको लाईभ कन्सर्ट हुने अल्फान्जो रिसोर्टका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताए । वार्षिकोत्सवकै अवसरमा अल्फान्जोले अत्याधुनिक प्रविधि अनुसारको साहसिक पिङ्, मनोरम फोटोजोन, सुविधायुक्त गेष्ट रुम, ट्री हाउस, स्वीमिङ पुल, प्राइभेट क्लव, प्रशस्त पार्किङ, समूहमा आउने ग्राहकहरुको लागि पोखरा भ्यालीभित्र नि–शुल्क आउने… पुरा पढौ

पोखराको डिहिकोपाटनमा बिहानी बजारको शाखा सञ्चालन

पोखरा । पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा बिहानी बजार संचालनमा आएको छ । बजारको उद्दघाटन गर्दै पोखरा महानगरपालिका ६ का वडाअध्यक्ष जगत पहारीले यस्ता बजारले युवालाई रोजगार दिने बताए । बिहानी बजार जस्ता बजार आएमा बजारमा स्वच्छ प्रतिस्पर्धा हुने बताए । स्वच्छ प्रतिस्पर्धाले मात्र उपभोक्ताले सस्तोमा सामान पाउने धारणा राखे । बिहानी बजार दमौली शाखा संचालक बसुन्धरा खत्रीले पोखारमा मात्र नभएर पर्वतको कुश्मा, लमजुङ लगायतका जिल्लामा छिटो बिहानी बजारको शाखाहरु संचालनमा आउने बताईन । शुभकामना टोल बिकास संस्थाका अध्यक्ष गणेशबहादुर ढकालले… पुरा पढौ

मुख्यमन्त्री पोखरेलद्धारा चरक इन्स्टिच्युट अफ हेल्थ साइन्सको भवन उद्घाटन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी बनाउनुपर्ने बताएका छन् । पोखराको काहुँमा निर्मित चरक इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रालिको भवन बिहीबार उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले यसका लागि प्रदेश सरकारले लगानीको वातावरण बनाइरहेको बताए । प्रदेश समृद्धिको आधार पर्यटन नै भएकाले शिक्षा र स्वास्थ्यलाई पनि सँगै जोडन लैजान सकिने उनको भनाइ थियो । भौगोलिक हिसावले पोखरामा ठूला उद्योग र कलकारखाना स्थापनाको सम्भावना नभएकाले शिक्षा र स्वास्थ्यलाई नै जोड दिइएको मुख्यमन्त्री पोखरेलले बताए । प्राकृतिक… पुरा पढौ